सानैदेखि सुन्दै आएको
मेरो देश सतिले सरापेको रे
यहा एक पछि अर्को परिद्रिश्यहरुले
त्यहि कुराको पुस्टि गरेझै लाग्छ
यो लाससँग राजनिति गर्ने देशमा
मलाइ कुनै आश्चर्य लागेन
भर्खरै औसधि खरिदमा अनियमता भएको सुन्दा
उहाहरुको लागि कोरोना संकट होइन
भगवानले प्रदान गरेको अबसर हो
सायद हरेक दिन प्रार्थना गर्दाहुन
यस्तो महामारी आइरहोस
इतिहासका पानाहरु पल्टाउछु
देशलाइ बदल्न के चाहि गरिएन छ
प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र
ब्यवस्था परिबर्तनहरुका नाममा
हजारौ मानिसहरु पटक पटक
सहिद भए, अपाङ्ग भए अनि बेपत्ता बनाइए
तर पात्रहरु उहि रहिरहे
सोच र चरित्र बदलिएनन्
बरु राजतन्त्रको अबसानपछि
च्याउझै श्री ५ हरु जन्मिए
सिंगापुर र स्वीजरल्यण्ड बनाउने पनि धेरै निस्के
तर आफ्ना नातागोताहरु मात्र किर्नासरी पोस्सिए
हिजोको गाउका बुकुराबाट कहा पुगे
बिभिन्न बादहरुको नममा
यहा देशको अश्मिता बेचिरहियो
अनेकन लोकप्रिय नाराहहरुमा
जनताहरुलाई अपमान गरिरह्यो
यहाका स्कुल र कलेजहरु
युबालाइ बिदेशिनेको पठाउने तालिम केन्द्र बने
तिनै चाणक्याहरुले बडो कुटिल आवाजमा
लालित्यमय बिकासको गीतहरु घन्काइरहे
जनताहरु त्यहि ललिपपमा पुलकित बनिरहे
यहा हार्नेहरुले प्राय जिते
निर्दोशिहरु अक्सर दोशि बने
सजाय निरिहहरुले मात्र पाए
सम्माननियहरु कानुन भन्दा माथि रहिरहे
निर्मला पन्तहरु बलात्कृत बनिरहे
अनि जनतामा प्रश्न उठ्छ
आखिर कहा छ सरकार?
Comments
Post a Comment