यदि ईतिहास जित्नेको मात्र नलेखिएको भए
यदि हार्नेहरु प्रति पनि थोरै सदासयता देखाएको भए
मेरो ईतिहास पनि स्वर्ण अक्षरहरुले कोरिने थिए
मैले पनि तिमि जस्तै छाति चौडा गरेर हास्ने थिए
मेरा तस्बिरहरु पनि सिंहदर्बारमा भेटिने थिए
तर आज मैले आफैलाइ चिन्न
मेरो अस्तित्वको खोजिमा छु
मेरो पहिचानको खोजिमा छु
मेरो इतिहासको खोजिमा छु
एउटा युद्द छेडिरहेकोछु।
तिम्रो श्रीपेचको साख बचाइराख्न
मलाइ अर्काको गुलामि गर्न बाध्य पार्यौ
मलाइ तिम्रो पैतालामुनि कुल्चिरहन
मलाइ शिक्षाबाट बन्चित गरायौ
मेरा सम्बेदना बोकेका संबाहकहरुलाइ
बिनाकसुर सुलिमा चढायौ
निर्मम हत्य गर्यौ
म लाचार बनि सहिरहे
तर तिमि कायर हौ
बराबरीको लडाइ लड्न नसक्ने
तिमिलाइ हेक्का हुनुपर्ने हो
यो देश बनाउनमा हाम्रो पनि
तिम्रो समान योगदान छ भनेर।
तिम्रो झुटो आस्वसनको खातिर
मेरा जातिहरु नजाने कति सहिद बने
मैले छातिमा गोलि थापिरहे
तिमिले मेरो भावना माथि खेलिरहेयौ
तिम्रो नानाथरि परिबर्तनको नाममा
म तिम्रो ढाल बनिरहे
समयसँगै तिमि शासक बनेयौ
म फेरि शासित बने।
मैले तिम्रो नुनको सोझो गरे बापत
तिमि आज सत्ता उन्मादमा छौ
म आफ्नै घरमा बिरानो भएको छु
मैले आफ्नो अधिकार माग्दा
कहिले मलाइ जातिबादि भन्यौ
कहिले मलाइ बिखन्डनकारीको संज्ञा दियौ
कहिले मलाइ देशद्रोहिको बिल्ला भिरायौ
त कहिले अराजक तत्व भन्यौ
तिमि भने पानि मुनिको ओभानो बनिरहेयौ
तिमि जस्तो छेपारोहरुलाइ के थाहा
महाकाली बेच्दा कति म रोए भनेर।
आज मेरा बोलि बोल्नेहरु
अनेकन मोहमा बेचिन बाध्य भएका छन
त्यसैले ममा धेरै चुनैतिहरु छन
मैले मेरो मुन्धुम खोज्नु छ
मैले मेरो भाषा सिक्नु छ
मैले आफ्नो लिपि पढ्नु छ
मैले नलेखिएको मेरो इतिहसलाइ खोजेर
भोलिको पुस्तालाइ हस्तान्तरण गर्नु छ
मैले मेरो यलम्बरलाइ चिन्नु छ
मैले मेरो सुम्निमा, पारुहाङ अनि युमालाइ बुझ्नु छ
मेरो धर्मबारे गहन अध्ययन गर्नु छ
हो म यतिबेला साच्चिकै निर्बिकल्पित छु
किनकि म आफ्नो मलामी आफै जान सक्दिन।
Comments
Post a Comment