Skip to main content

हामी खाल्डेली हैदिबुङ्छा चाम्लिङ राइको बंशावाली


हाम्रा पुर्खाहरु धेरैले खोटाङको हलेसीबाट आउनुभएको र केहिले खोटाङको मातेम्माबाट आउनुभएको भन्ने गर्नुहुन्छ। अहिलेसम्म जानेबुझे अनुसार हाम्रो पहिलो चाहि पुर्खा चाहि अर्थराज राई हुनुहुन्थ्यो। उहाका छोराहरू जेठा जीतवीरा, माहिला जैबिरा र कान्छा जसिवन्त थिए। हार्मो बंशावालीमा पर्नुहुने पुर्खा माहिला जैबिराका छोराहरू जेठा रानदल, माहिला बागदल र बिरदल थिए। जैबिरा पछिका अर्का हाम्रो बंसवालीका पुर्खा माहिला बाघदल या बागदल हलेसीबाट बसाइ सरेर पाचथर जिल्लाको पहिलेको यासोक गाबिस अन्तर्गत खाल्डे या अहिलेको कुम्मायक गाउपालिका १ आउनुभयो। उहाका छोराहरु जेठा रत्नवीर, माहिला जाेरकण्ठ, साहिला वर्ण सिंह र कान्छाको नाम खोजिकोनै बिसय रहेको छ, हुनुहुन्थ्यो। पाचथरको सिंहाङमा पनि हइदिबुङ्छा चाम्लिङहरु रहेको र उनिहरुले हामि पनि बाघदलकै सन्तान हौ भनेर दाबि गर्दै आएका छन बाउबाजे खलकहरुबाट सुनिन्छ। उनिहरुले हामि चाहि कान्छाको सन्तानहरु हौ भन्ने गर्छन भन्ने सुनिन्छ। यसमा पनि यथेस्ट प्रमाणहरु जुटाउन सकिएको छैन। जसबाट हाचहरु बनेका थिए। जुन अहिलेसम्म बिधमान छ। माहिला हाच अन्तर्गत हाम्रो पुर्खा जाेरकण्ठ छोराहरू जेठा नरजित र कान्छा पृथसिंह हुनुहुन्थ्यो रे। नरजित बाजेको चाहि दुइजना छोराहरु थिए रे। जसमा जेठा बैधार सनक सिं र कान्छा चाहि सानैमा बित्नुभएको रहेछ। यता पृथसिंह बाजेको चाहि दुइजना बोजुहरु हुनुहुन्थे छ। जेठिपटिको बोजुबाट काजिमान र निर्मल छोराहरुको जन्म भएछ र कान्छिपटिबाट एकजना मात्र  छोरा कुल बहादर जन्म भएछ। काजिमान बाजेबाट दुइ छोराहरु पहलमान र डिल्लेको जन्म भएछ। पहलमान बाजेको अहिले दुइजना छोराहरु उदयचन्द्र राइ र रबिन्द्र राइ हुनुहुन्छ। निर्मल बाजेले चाहि ४ जना बोजुहरु बिहे गर्नुभएको रहेछ। उहाका छोराहरु पद्मजङ, इन्द्रजङ, मोहन, पर्शुराम, शेर बहादर  र चन्द्र हुनुहुन्छ। कुलबहादुर बाजेको चाहि ८ भाइ छोराहरु र ३ बहिनि छोरिहरुको जन्म भएछ। उहाका ८ भाइ छोराहरु राम प्रसाद, क्रिश्न प्रसाद, हरि प्रसाद, हेमन्त, दुर्गा, लक्ष्मि प्रसाद, देबेन्द्र राज र सन्तोस हुन। ८ भाइ मध्ये मेरो आपा चाहि जन्तरे हो। उहाको नाम चाहि लक्ष्मि प्रसाद राइ हो। उहाको बिबाह २०३० साल मंसिर २९ मा गाउमानै कर्मिघर साइला रत्न राइको छोरि जगमाया राइसँग भएको थियो। मेरो मावलि  कोकुको माइति चाहि एक्ले घर होकोकुको माइति अर्थात कोप्पाको नाम चाहि टठ बहादुर राइ र उहाको श्रीमती अर्थात कोकुको नाम चाहि कुलमाया राइ थियो रे।मेरो मावली कोपा चाहि रत्न राइ र मेरो कोपाको भाइको नाम चाहि बुद्दिमान राइ हो।मेरो दुइजना कोकुहरु मध्ये जेठि कोकुको नाम नरलक्षि राइ र कान्छि कोकुको नाम चाहि आइतरानी लग्थियो रे। मेरो कोकु पट्टिको चाहि मेरो आमा। उहाहरुबाट हामिहरु ५ जना छोराछोरिहरु बिना चाम्लिङ, सुशिल चाम्लिङ, सफल चम्लिङ, सस्कार चाम्लिङ र सफिन चाम्लिङको जन्म भयो।

हाम्रो बंशावलिमा अहिले  ४ हाचहरु मात्र रहेका छन। यधपी सिंहाङका राइहरुले आफुहरु कान्छा हाचको रुपमा दाबि गर्दै आएका छन। तर यसमा गहिरो अध्ययनको आबश्याकता देखिन्छ। तथ्य र प्रमाणहरु बिना अहिलेनै यसलाइ मान्न नसकिने हाम्रा बाउबाजेले जिकिर गर्दै आउनुभएको छ। अहिले बिधमान जेठा हाचमा नर्कटे घर, ठुलोघर, साधुघर, राजेम्पा घर, चुवाबोटे घर र रिकुटे घरहरु पर्दछन। त्यसैगरि माइला हाचमा मुख्या घर, कटहरबोटे र बैधार घरहरु पर्दछन। साइला हाचमा भने डाडाघर, जन्तरे घर, अन्तरे घर, कार्किगाउ, जैशिघर र बाटेम्पा घरहरु पर्दछन। काइला हाच पटिका भने हिंखोलातिर हुनुहुन्छ भन्ने सुनिन्छ। काइला हाचका केहि दाजुभाइहरु सम्पर्कमा पनि हुनुहुन्छ रे।

गाउमा हैदिबुङ्छाको बहुल्यता रहेपनि अरु पाछाका चाम्लिङ राइहरु पनि छन। जसमा एक्लेघर पित्रुंछा जुन मेरो बुढो मावाली पर्नुहुन्छ। कर्मिघर र सिमलिबोटे बिराछा पर्नुहुन्छ जुन मेरो आफ्नै मावलि पर्नुहुन्छ। त्यस्तै जानेघर, गुरुङघर सुँपुँछा हुनुहुन्छ। दिकुलिछामा सिब्राइघर र सिकारिथानको बिश्ने दाइ पर्नुहुन्छ। पोकेसुङ्छामा लक्षमन दाइ (श्याम दाइहरु) र छेउघरे दाइ पर्नुहुन्छ। पहिले बाटोघर माथि एक घर नैना सिं राइको थियो रे उहा चाहि नाम्बोछा पाछाको हुनुहुन्थ्यो। अहिले उहाहरु राजारानि हुदै धरान बसाइसर्नु भएको छ।

गाउमा चाम्लिङ बाहेकका दुइ अर्का थरी राइहरु पनि हुनुहुन्छ। जसमा धारापानि श्यालजुङ थुलुङ हुनुहुन्छ। त्यस्तै माथि ठुलोघर नजिकै एक घर सूर्य राइ साङपाङ हुनुहुन्छ। त्यस्तै धारापानिमा लाखतिम्मा भन्ने अग्लि कदको कोकु हुनुहुन्थ्यो रे। उहालाइ केर्खाको साइला कोप्पाले बिहे गर्नुभयो भन्ने सुनिन्छ।

खाल्डे बाहेक हैदिबुङ्छाहरु सिंहाङ र रानिटारको याङ्सुबामा पनि हुनुहुन्छ रे। सिंहाङको हैदिबुङ्छाहरुसग त बिबाह र मरनमा निम्तो र जूठो बाराबार हुन्थ्यो रे पहिले। तर उहाहरु हार्मो बाघदल बाजेसँगै बसाइ सरेर आएका हुन या हाम्रा अन्या हाचका सन्तानहरु हुन यो चाहि सबै पक्ष बसेर छलफलबाटनै टुङ्गो लाग्ला। पहिले रानिटारको याङ्सुबामा हाम्रइ पाछाको  नामुद फाटे धामि हुनुहुन्थ्यो रे। उहालाइ हाम्रो बाजेहरुले मर्दापर्दा उहालाइ  गाउमा ल्याउनुहुन्थ्यो रे। पछि उहा पनि झापा बसाइ झर्नुभयो रे भन्ने सुनियो।
 त्यस्तै केहि अन्य हैदिबुङ्छा पाछाका मान्छेहरु पनि सम्पर्कमा आउनुभेको भन्ने सुनियो दमकमा। उहाहरु पेल्टिमारिको हुनुहुन्थ्यो रे। त्यस्तै इलममा बस्नुहुने चन्द्र अंकलले पनि पाचथरकै एकजना पुलिसमा भर्ति भएकालाइ हैदिबुङ्छा राइ भेट्नुभएको कुरा पनि सूनियो। यसैगरी मैले पनि हाम्रो पाछासँग झण्डै मिल्ने एकजना भाइ यहा पोर्चुगलमा भेटेको छु। उसले भन्दा हाम्रो आफन्तहरु पाचथरको यासोकमा हुनुहुन्छ रे भन्ने सुनेको भन्यो। उसले मलाइ यहा दाजुजस्तै मान्छ। त्यसैगरि हाम्रो पाछाको आफन्तहरु सिक्किमको खार्साङ तिरनि हुनुहुन्छ रे भनेको सुने। त्यसैले खोजि गर्न भने धेरै बाकि छ।

सबैजनासँग सोधिखोजि गर्दा हाम्रो सामै चाहि हुदुली हुइङमा बाराबुङ मुहिङमा वाबुलि कुरिप्पा भन्ने पत्ता लगाइयो। यधपी यसमा पनि सबैमा केहि मतभिन्नताहरु देखियो। कसैले मातेम्बु तेम्बामु बाराबुङ मुहिङमा वाबुलि कुरिप्पा पनि भन्नुभयो। तर बिरेन्द्र दाइले एकजना चाम्लिङ इतिहासको जानकारसग कुरा गर्नुहुदा खासमा सामै यति लामो त नहुनुपर्ने हो भन्नुभयो रे। उहालेनै सामैको बिसयमा बुझ्नुहुदा सामै भनेको आफु बसेको ठाउको सकेलासँग सम्बन्धित हुन्छ रे।

मैले आज दिनभरि मैले जानेसम्मको जानकार आफन्तहरुसग कल गरेर यतिसम्मको बंशावाली तयार पारेको छु। तर म यो भन्दिनकि यो नै अन्तिम सत्य हो। अझै खोजि गर्नुपर्ने धेरै छ। यधपी त्यतिनै भएपनि हाम्रो बंशको लागि यो मेरो खोज कोशेढुङ्गा साबित हुनेछ भन्ने मलाइ लागेको छ। सधुघरमा भएको बंशावाली अझै मसम्म आइपुगेको छैन। चाडैनै हाता पर्नेमा म बिश्वस्त छु। त्यसपछि अझ हाम्रो बंशको बारेमा बुझ्न सजिलो पर्नेछ। यधपी त्यो बंशवलि पनि पुर्ण छैन रे भन्ने सुनेको छु।

यो बंशावली तयार पार्न सहयोग गर्नुहुने आफन्तहरु:
मन्जित राइ (प्यारिम्पा पातिपो, दमक)
दुर्गा प्रसाद राइ (अन्तरे पातिपो, दमक)
गणेश राइ (दाइ, कदम)
अनिश्चित राइ (चन्द्र पासिबे, इलाम)
बिरेन्द्र राइ (दाइ, दमक)
देउराली चाम्लिङ (नाना, काठमाडौँ)
सपोज चाम्लिङ (बिनु भाइ, काठमाडौँ)

Comments

Popular posts from this blog

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  T...

The Kirat Dynasty

Nepal's very first recorded or discovered history began with the Kiratis, who arrived in the 7th or 8th century BCE from the east to the Kathmandu valley (now the capital of Nepal). Little is known about them, other than their deftness as sheep farmers and great fondness for carrying long knives. The Kirats ruled for about 1225 years (800 BCE-300 CE), their reign had a total of 29 kings during that time. Their first and best-remembered king was Yalambar, who is referenced in the epic Mahabharata. In the chronicle of Bansawali William Kirk Patrick mentions that the Kirat rule existed from about 900 BCE to 300 CE. During this long period altogether 29 Kirat Kings ruled over the country. The 29 Kirat Kings were; 1. Yellung Hang or Yalambar 2. Pari Hang 3. Skandhar Hang 4. Balamba Hang 5. Hriti Hang 6. Humati Hang 7. Jitedasti Hang 8. Galinja Hang 9. Oysgja Hang 10. Suyarma Hang 11. Papa Hang 12. Bunka Hang 13. Swawnanda Hang 14. Sthunko Hang 15. Jinghri Hang ...

मेरो नया कबिता 'यथार्थ'

महापुरुष त हु भन्छौ तिमि  खै के तिमिले त्यस्तो कर्म गर्यौ।  सारा दुनियालाइ मुफ्तमा हसाएर  खै के आफ्नो कद बढायौ।  अहंकार पाल्नु राम्रो होइन  उभिनलाइ धर्ति टेक्नै पर्छ।   जितको स्वाद थाहा पाउन  कैयौ पटक हारेको हुनैपर्छ।  मानिस त्यो भगवान बन्छ  जसले अरुको दुखलाई बोध गर्छ।   बुद्धत्व त्यतिकै प्राप्त हुन्न  त्यसका निम्ति तपस्य गर्नैपर्छ।  तिमीमा अभिमान धेरै भए तिमी अन्त्य अबस्य हुन्छ।   बासको वृक्षले गगनै चुमे पनि  आखिर एकदिन भुइतिर झुक्नैपर्छ।