Skip to main content

Mother's Day Special Poem


तिमि चोमोलोङ्मा हौ आमा 
जहा भगवानहरुको मात्र बास हुन्छ 
खै कसरी सम्झौ आमा तिमीलाइ  
तिम्रा हरेक कुरा बिशेस लाग्छ 

सधै म नोस्टाल्जिक हुने गर्छु
तिम्रो ती दुखहरुलाइ सम्झिदा हरे
तिमिलाइ कति शान्ति मिल्थ्यो होला 
तिम्रो काबिल सन्तान बन्न सके  

स्वर्गलाइनै म स्पर्स गर्ने गर्थे 
तिम्रो त्यो काखमा निदाउदा खेरि  
तिमि यो दुनियाँबाट अल्पिगएर के भयो त?  
महशुस गर्नलाइ तिम्रो आकृति छ हृदयभरी  

तिम्रो त्यो महानताको गरिमा गाउन   
शब्दकोषका शब्दहरुनै लाज मान्छ
तिमिले दिएका ती आशिर्बादहरुले 
पाइलाहरु सार्नलाइ सधै प्रेरणा दिन्छ

Comments