तिमि चोमोलोङ्मा हौ आमा
जहा भगवानहरुको मात्र बास हुन्छ
खै कसरी सम्झौ आमा तिमीलाइ
तिम्रा हरेक कुरा बिशेस लाग्छ
सधै म नोस्टाल्जिक हुने गर्छु
तिम्रो ती दुखहरुलाइ सम्झिदा हरे
तिमिलाइ कति शान्ति मिल्थ्यो होला
तिम्रो काबिल सन्तान बन्न सके
स्वर्गलाइनै म स्पर्स गर्ने गर्थे
तिम्रो त्यो काखमा निदाउदा खेरि
तिमि यो दुनियाँबाट अल्पिगएर के भयो त?
महशुस गर्नलाइ तिम्रो आकृति छ हृदयभरी
तिम्रो त्यो महानताको गरिमा गाउन
शब्दकोषका शब्दहरुनै लाज मान्छ
तिमिले दिएका ती आशिर्बादहरुले
पाइलाहरु सार्नलाइ सधै प्रेरणा दिन्छ
Comments
Post a Comment