हिजो युकेको मेडस्टोनमा केहि अतिबादी गोराहरुले ढुङ्गामुडा गरी राम कुमार लिम्बुको गाडिमा क्षति पुर्याएको खबर सार्बजनिक भएको छ। प्राराम्भिक अध्ययन अनुसार यो कोरोनाभाइरसको काराणले गर्दा एसियन मुलप्रतिको बढ्दो घृणाको आक्रोस हुनसक्ने बताइएको छ।
करिब एक महिना अगाडि पोर्चुगलका लिस्बनको मार्तिम मोनिजमा पनि यस्तै खालको घटना घटेको थियो। जुनबेला मेरो बुढिले केबाब खाने इच्छा गरिन र उनि केबाब पसल गइन। पसलेले भने मेरो बुढिको अनुहार हेरेरनै परबाटनै छैन भनेर फर्काएको थियो।
दुइसाता अगाडि मैले आफैले पनि यस्तै दुर्ब्यबहार सहनुपरेको थियो लिस्बनको साल्दान्हामा। म केहि सामान किन्नको लागि त्याहास्थित पिङ्गो दोस पसल अगाडि लाइनमा उभिरहेको थिए। मसँगै लाइनमा बसेको एक पोर्तुगिस बुढोले मलाइ उसकै भाषामा अपशब्दहरुको प्रयोग गर्दै कुट्न खोजेको थियो।त्यो बुढोको आक्रोस अझ पराकास्टमा पुग्ने स्थितिमा थियो यदि पसलभित्र रहेका पोलिस र सेकुरिटि गार्ड बाहिर नआएको भए। पसलभित्र पनि बुढोको हाउभाउहरु त्यस्तै थियो। मैले चाहि उसलाइ त्यति वास्ता गरिन। नत्र पारिस्थितिले अर्कै मोड लिन सक्थ्यो।
Comments
Post a Comment