देश यतिबेला कोरोनाभाइरसको कारणले लकडाउनको स्थितिमा छ।अझै कतिदिनसम्म लम्बिने हो भन्ने कसैलाइ यकिन छैन।यहि स्थिति रहेको अबस्थामा पाचथर जिल्ला कुम्मायक गाउपालिका बडा नं ५ का स्थायी बासिन्दा बुद्धबल चेम्जोङ को २ घर जलेर खरानि भएको छ। यो घटना २०७६/१२/२० का दिन भएको थियो।उहाको यो दुखद घडिमा मलपट्टि गर्ने काम नेपाल आदिबासि जनजाति महासंघ समन्वय समिति कुम्मायक गाउपालिकाको तर्फबाट भएको छ। उक्त सस्थाको तार्फबाट खाध्यन्न,लताकपडा र नगद राहत वितरण उहाको घरमानै पुगेर पुर्व अध्यक्ष तारानाथ सुब्बा, जनजाति हितकोष संरक्षण समिति संयोजक गणेश चेम्जोङ, दुर्गा बम्जन, तेजेन्द्र चेम्जोङ , कमलक्ष्रेष्ठ, स्थानिय पत्रकार पदम दुखि सम्बामहाङ्फे लगाएतको टोलिबाट २०७६/१२/२३ मा हस्तान्तरण भएको छ।
स्रोत: सेमिक लिम्बु
Comments
Post a Comment