Khalde Gau |
खाल्डे भनेको एउटा सुन्दर गाउँ हो जुन रानिभिरको काखमा व्यबस्थित छ। यसको पुच्छारमा सावा र छरुंगा खोलाको संगमस्थल वा दोभान रहेको छ। यो पाचथर जिल्ला अन्तर्गत पहिलेको यासोक गाबिस र अहिलेको कुम्मायक गाउपालिकाको १ मा पर्दछ। यहा बिशेस गरेर राइ, क्षेत्रि, मगर, बिश्वकर्मा र नेपालिहरुको बसोबास रहेको छ। अन्नबालीमा मुख्यतय मकै, धान, कोदो, जुनेलो, गहु, बदाम आदि पर्दछन। यो गाउमा अत्याधिक उब्जनि हुनेहुदा यसलाइ अन्नको भण्डार पनि भनिने गरिन्छ।
यो गाउको शीर अर्थात रानिभिरमा र पुच्छारमा अर्थात छरुङ्गा खोलासँगै रानिगुफा र चमेरेगुफा रहेको छ। परापुर्व कालदेखिको कथन अनुसार यि दुइ गुफाहरु एक अर्कासँग जोडिएका छन भन्ने मान्यता रहदै आएको छ। अर्को शब्दमा भन्नुपर्दा यी दुइ गुफाहरु एकार्कासँग सूरुङमार्ग भएर जोडिएको छ भन्ने गरिन्छ। धेरै बर्स पहिले राजारानी रानिगुफामा बस्ने गरेको र उनिहरुकै आदेश अनुसार उक्त सुरुङमार्ग बनाइएको हाम्रा पुर्खाहरुको मुखबाट सुनिने गरिन्थ्यो। सोहि सुरुङमार्ग प्रयोग गरेर राजारानिहरु चमेरेगुफाबाट खोलामा नुहान जाने गर्थे भनाइहरु पनि सुन्ने गरिन्थ्यो। त्यसैले कुनै समयमा रानिभिरमा राजारानी बस्ने भएको कारणले गर्दा यो भिरको नाम रानिभिर रहन गएको भन्ने गरिछ।
यो गाउमा पहिले एउटामात्र प्राबि स्कुल रहेको थियो। जसबाट १ र ९ का बासिन्दाहरु लावान्दित बन्दै आएका थिए। प्राथामिक तहको अध्ययन पुरा गरिसकेपछि करिब डेढ घण्टाको बाटो हिडेर कि यासोक वा कि पिपलबोटे जानुपर्ने बाध्यता रहंदै आएको थियो। तर अहिले गाउकै प्राबि माबि बनेपछि भने यहाका स्थानिय बासिन्दाहरु लावान्दित बनिरहेका छन। तर पढाइको स्तर भने अन्य स्कुलको तुलनामा केहि कमजोर रहेको छ भन्ने गुनासोहरु यदाकदा सुन्दै आइरहेको छ।
पहिले यो गाउमा प्रसस्तै पानिका मुहानहरु रहेता पनि पछिल्लो समयमा काकाकुलको अबस्थामा गुज्रिरहेको थियो। तर अहिले तमोर लिफ्टिङ खानेपानि योजना पुरा हुने क्रमसँगै गाउलेहरु यो समस्याबाट छुटकारा पाउने कुरामा आशाबादि रहेका छन। त्यसैगरि पहिले यो गाउलाइ बिकट गाउको रुपमा चित्रित गरिन्दै आइएतापनि अहिले गाउबाटनै गाडिका बाटाहरु फुलेपछि भने यसको पहिलेको द्रिस्टिकोणमा बिस्तारै परिबर्तन आएको छ। खाशगरि यासोकबाट यहि गाउँ हुदै धरानको बाटो फुलेपछि पहिले बिरामिहरुलाइ डोकोमा बोकेर शहर लानुपर्ने बाध्यताबट यहाका जनताहरुले मुक्ति पाएका छन।
शिक्षाको हिसाबले पन्चायतकालमानै स्कुल खुलेको र यहि गाबिसबाट प्रतिनिधित्व गर्नुहुने स्व श्री पद्मसुन्दर लावति रहनुभएको जो ग्रिहमन्त्रि सहित १२ पटकसम्म बिभिन्न मन्त्रालयहरु सम्हाल्नुभएको कारणले गर्दा पनि यहाका मानिसहरुमा शिक्षाको महत्वलाइ पहिलेदेखिनै राम्ररी बुझेका थिए। त्यसैले यो गाउ एक शिक्षित ठाउ हो भन्नुमा कुनै अत्युक्ति नहोला।
यहाका सबै अधिकांस मानिसहरु कृषिमानै निर्भर रहेपनि पछिल्लो समय अन्य युबाहरुजस्तै यहाका युबाहरुको बिदेश जाने लहरसँगै यहाका खेत बारिहरु बाझिदै गएका छन। अब सरकारले देशमानै रोकेर केहि गर्ने युबाहरुलाइ बाताबरण नबनाए यो गाउको मात्र होइन देशनै युबाबिहिन र अनुत्पादक बन्ला भन्नुमा कुनै अतिसयुक्ति नहोला।
यहाको कृषि सिजनल जस्तो रहेको छ। बारिमा अन्नबालि लगाउनलाइ बर्साको सिजन पर्खनुपर्छ भने, खोलाको खेतिभने बार्है महिना गर्न सकिन्छ। यहाका मानिसहरु कृषिसँगै पशुपालन पनि गर्दछन। जसले यहाका मानिसहरुलाइ आफ्नो जिवनस्तर उकास्न र दैनिक आबश्यकताहरु परिपुर्ति गर्नमा ठुलो मद्दत गर्नेगर्दछ।
मोटामोटि यहिनै हो खाल्डे गाउको परिचय। कसै कसैलै राम्रो त पेरिस, लन्डन, सिङापुर या न्युयोर्क लाग्ला तर हामिलाइ खाल्डे गाउँ प्यारो लाग्छ।
Comments
Post a Comment