हाम्रा पिता पुर्खाले भनेअनुसार हाम्रो पिता पुर्खाहरु करिब ४०० बर्स पहिले खोटाङको हलेसिबाट बसाइसरेर खाल्डे आउनुभेको रे। अहिलेको हाम्रो छैटौ पुस्ता चलिरहेको भन्ने मैले देउराली नानाबाट थाहा पाए। यधपी हाम्रो बंशावालिको बारेमा गहिरो अध्यन गर्न भने बाकिनै रहेको छ। खाल्डेमा सबैभन्दा सुरुमा आउनुभएको हाम्रो बाजे अर्थात कोपा बाघदल हुनुहुन्थ्यो रे। उहाको चार भाई छोराहरु हुनुहुन्थ्यो रे। चार भाई मध्ये कान्छा भाई चाहि बिबाह नगरिकननै बित्नुभएछ। बाकि तीन भाइको जन्मको क्रम अनुसार हाचहरु जेठा माइला र साइला छुट्टीएछन। जेठा र माइला बाजेहरु खाल्डेमानै बस्नुभए पनि साइला भने बसाइ सरेर लुम्फाबुङ जानुभएछ। यसरिनै पुस्ताहरु हस्तान्तरण हुदै मेरो बराजुको नाम प्रिथ सिं राइ, मेरो बाजेको नाम कुलबहादुर, मेरो बाबाको नाम लक्ष्मि प्रसाद राइ र मेरो नाम सफल चाम्लिङसम्म आइपुगेको छ। मेरो बराजुको बिहे खाम्जेना भन्ने ठाउमा देउसाली राइसग भएको थियो रे। मेरो कोकु चाहि धनकुटा शिखरपुरको कोयु राइ हुनुहुन्थ्यो। उहाको नाम रुपलक्षि राइ थियो। मेरो आमा भने त्यहि खाल्डेकै बिराछा चाम्लिङ राइ हुनुहुन्थ्यो।
हाम्रो हैदिबुङ्छा पाछा भने खोटाङको हलेसिमा रहेको हैदि खोलाबाट रहन गएको भन्ने पुर्वानुमान रहेको छ। चाम्लिङहरुको आधिकारिक सस्था चाम्लिङ खाम्बातिमको अनुसार चाम्लिङ राइ भित्र ४७ पाछाहरुको अभिलेख भएको छन। पहिले ४१ पाछाहरु मात्र दर्ता भएपनि अहिले ४७ पुगेको हो। राइहरुबाट प्रथम सगरमाथा आरोहि देउराली चाम्लिङका अनुसार पहिले हाम्रो हैदिबुङ्छा पाछा पनि चाम्लिङ खाम्बातिममा दर्ता थिएन। उहाकै पहलमा अहिले हाम्रो पाछा पनि दर्ताहुन सफल भएको छ।
चाम्लिङहरु भित्र पनि आ आफ्नै पाछाहरुसँगै सामैहरु हुने गर्दछन। हाम्रो पिता पुर्खाका अनुसार हाम्रो हैदिबुन्छाको पाछाको सामै भने होइदुली हुइङ्मा बराबुङ वापुङ्मा बाबुलि कुरुपाछा रहेको छ।
हाम्रो बंशावलि अझै खोजिक्रममै छ। अपडेट गर्दै जानेछु।
Comments
Post a Comment