Skip to main content

किराती समुदायबाट पहिलो आइजिपि जिबि याक्थुम्बा


किराती समुदायबाट नेपाल प्रहरिको पहिलो आइजिपि हुन सफल ब्याक्तित्व, प्रजातन्त्रको लडाइमा उल्लेखनिय योगदान गर्नुभएका क्रान्तिकारी योद्दा र कुटनीति क्षेत्रका एक कुशल हस्ति जिबि याक्थुम्बा (ज्ञान बहादुर बनेम) को बारेमा संक्षिप्त परिचय बुदागत रुपमा यसप्रकार रहेको छ। 
  • सन १९२० मार्च १७ को दिन् पिता मकरजङ वनेमको र माता मोतीदेवी हेम्ब्याको कोखबाट एक्लो सन्तानको रुपमा उहा बर्मामा जन्मनु भएपनि उहाको पुर्खेउलि घर भने पाचथरको दोरम्बा अमरपुर हो। उहाले ब्रिटानि फौजको तर्फबाट दोस्रो युद्द लड्नु भएको थियो। 
  • सन १९४८ मे २० मा उहाको अगुवाइमा जनमुक्ती सेनाको गठन भएको थियो। 
  • सन १९४८ जुनमा जनमुक्ति सेना कार्यदलको बरिस्ठ उपाध्यक्षमा नियुक्त हुनुभयो। 
  • अन्तरिम सरकारको पहिलो बैठकले उहालाइ इलामको बडाहाकिमको रुपमा नियुक्त गरेको थियो। 
  • सन १९५२ जनवरीमा प्रधानमन्त्री मात्रिका प्रसाद कोइराला द्वारा उहालाइ डिआइजिको रुपमा नियुक्त गर्नुभएको थियो। 
  • सन १९५३ डिसेम्बर देखि सन १९५५ अगस्ट ( बि स २०१०/०८/२२ देखि २०१२ भदौ) सम्म नेपाल प्रहरीको आइजिपी हुनुभएको थियो। 
  • सन १९५७ देखि सन १९६० सम्म दक्षिणपुर्बि एसियमा राजदुतको भएर काम गर्नुभएको थियो। 
  • सन १९६१ देखि सन १९६५ सम्म ल्हासाको कन्सुलरको रुपमा नियुक्त हुनुभएको थियो। 
  • सन १९६५ मा लाओस, मलेसिया, कम्बोडिया, थाइलेन्ड र इन्डोनेसिया हेर्ने जिम्बेवारीको साथ पुन बर्माको राजदुतमा नियुक्त हुनुभएको थियो। यहि समयमा उहाले सिंगापुर र हङकङको पनि कुतनैतिक मामिला हेर्नुहुन्थ्यो। 
  • सन १९७० मार्च १ उहाको देहबासन भएको थियो। 
  • उहाको साहित्यप्रेमी पनि हुनुहुन्थ्यो। उहाले जनमुक्ति सेनाको निम्ति बिशेस गीत 'जय मातृभुमि जननि जय' आफैले रचना गर्नुभएको थियो। 
  • बि स २०३० साल फागुन १२ गते शिक्षा दिबसको अवसरमा इन्दिरा याक्थुम्बाद्वारा उहाको स्म्रितिमा ज्ञानोदय बालबाटिका स्कुलको स्थापना गर्नुभएको थियो। 

Comments