असल मान्छे बन्नु र हुनु सबैको आकांक्षा हुन्छ होला। सानोमा बाजे बोजुले असल र ठुलो मान्छे बन्नु भनेर आशिर्बाद दिनेगर्नुहुन्थ्यो। तर असल र ठुलो बिचमा पनि धेरै भिन्नताहरु होलान। यदि असल र ठुलोको बिचमा तादम्यता मिल्यो भने मात्र मान्छे सफल दरिन्छ होला। कसैले मलाइ यी दुइबिचमा एक छान्नुपर्ने बध्याता परेमा म चाहि असलतिर ढल्किन्थे होला। अब यहा प्रश्न उठ्छ असल मान्छे कस्लाइ भन्ने त। यसको मापदण्डहरु केके हुन त। हुनत यसका परिभाषाहरु पनि अनेक होलान।
म चाहि तपाइहरुलाइ मलाइ मनपर्ने असल मान्छेको दुइवटा उदाहरणहरू दिन्छु।
गाउघरमा एउटा उखान छ, आगो ताप्नु मुडाको कुरो सुन्नु बुढोको। सितिमिति उखानहरु त्यतिकै बन्दैनन। प्रत्येक उखानटुक्कामा अकाट्य तथ्यहरू लुकेको हुन्छ। कुनैदिन म इन्डियाका भेटेरान लेखक सलिम खानको इन्टरभियु युटुबमा हेर्दैथे। प्रश्नकर्ताले सोधे, असल मान्छेको पहिचानहरु के के हुन। उहाको जवाफ यस्तो थियो। मलाइ चाहि सारै उहाको बिशेषण मनमा लागेको थियो।
१ असल मान्छे त्यो हो जसको पुरानो साथि हुन्छ।
२ असल मान्छे त्यो हो जसको घरमा पुरानो नोकर हुन्छ।
मलाइ चाहि असाध्यै उहाको बिशेषण मनमा लागेको थियो। तपाइहरुलाइ पनि मनपर्छ होला सायद।
Comments
Post a Comment