हामी खाल्डेली हैदिबुङ्छा चाम्लिङ राइहरु खोटाङको हलेसीबाट आएर बसेका हौ भन्ने कुरा हाम्रो बाजे बराजुबाट सुन्दै आएका छौ। खोटाङको हलेसीमा एउटा हैदी खोला रहेको र त्यहि खोलाको नामबाट हैदिबुङ्छा पाछा रहन गएको भन्ने गरिन्छ।
अहिलेसम्म जानेसुने अनुसार हार्मो पहिलो पुर्खा अर्थराज राइ हुनुहुन्थ्यो भनिन्छ। उहाको ३ भाइ छोराहरु जीतबिरा, जैबिरा र जसवन्त हुनुहुन्थ्यो। तीनभाइमध्ये हाम्रो पट्टिको पुर्खा जैबिराको पनि तीनभाइनै छोराहरु रानादल, बाघदल र बिरदल हुनुहुन्थेछ। यी तीनभाइ पुर्खाहरुमध्ये माहिला बाघदल चाहि बसाइ सरेर पाचथर जिल्लाको यसोकको खाल्डे आउनुभएछ। उहाको चार भाइ छोराहरु रत्नबिर, जोरकन्ठ, बर्ण सिं र कान्छा जसपट्टिको सन्तानहरु खाल्डेमा हुनुहुन्न। सिंहाङका हैदिबुङ्छा राइहरुले हामी कान्छा पट्टिका हौ भन्नुभएतापनि ठोस प्रमाण भने आजसम्म जुटेको छैन। बाघदल पुर्खाकै छोराहरुबाट जेठा, माइला र साइला हाचहरु बनेका रहेछन। बाघदल पुर्खादेखि अहिलेको भर्खर जन्मेको बच्चाहरुसम्म आइपुग्दा हामीहरु खाल्डेमा ८ औ पुस्तामा चलिरहेकै छौ। जसलाइ सरदरमा हिसाब गर्दा करिब ५६० बर्ष जति पर्न आउछ।
हाम्रो बंशावलीहरु अध्ययन गर्न केहि बर्ष पहिले एक समिती बनेपनि उक्त समितीको संयोजकनै बिरामी हुनुभएको कारणले गर्दा उक्त समिती निस्क्रिय प्राय अबस्थामा रहेछ। म पनि हार्मो बंशावली प्रति धेरैनै अभिरुचि राख्ने भएको र केहि दिन पहिले देउराली नानासग यहि र अन्य बिबिध बिषयमा छलफल गर्ने मौका मिल्यो। उहामार्फतनै हाम्रो बंशावलीको बारेमा केहि अध्ययन भइसकेको पनि जानकारी पाए। त्यसैले मैले थप अनुसन्धान अगाडि बढाउने जमर्को गरे र अग्रजहरु मार्फत हौसला पनि प्राप्त गरे।
म जोरकण्ठ आर्थात् माहिला हाच पट्टिको भएकाले गर्दा, मैले आफ्नै हाचको बारेमा अध्ययन गर्ने निर्णय गरे। यो मिसनलाइ पुरा गर्न इलामबाट चन्द्र र चार पैनिबाट रामचन्द्र पासिबेहरु लगाएत अरु आफन्तहरुले पनि थप हौसला दिनुभयो। तिनै हौसलाहरु र आशिर्बादहरुलाइ आत्मसाथ गर्दै मैले कनिकुथि अहिलेको नया जन्मिएका पुस्ताहरुलाइ समेत समेटेर नामहरु संकालन गर्ने काम पुरा गरेकोछु। अब बाकि रहेको साइला हाचको अध्ययन रामचन्द्र पासिबेले गर्नुहुनेछ भने जेठा हाचको अध्ययन भने रिकुटे घर दिपक दाइले गर्नुहुनेछ। त्यसपछि हाम्रो सम्पुर्ण बंशावलि एउटा पुस्तकको रुपमा तपाइहरुमाझ आउनेछ। जसको निमित्त तपाइहरुको साथ र सहयोगको जरुरत हमेसा पर्नेछ। उक्त पुस्तकमा हाम्रो मछामा र माछाक्मा गर्दा हाम्रो भाषामा फलाक्नुपर्ने वाक्यहरु र हाम्रो भाषा अनुसार हाम्रो नातेदारहरुलाइ के के भन्निन्छ भन्ने कुराहरु पनि समाबेस गरिनेछ।
हाम्रो भबिस्यको योजना भने खाल्डेको पिपलेमा एउटा साकेला थानको निर्माण गरेर प्रत्येक बर्ष उधौली उभौली धुमधामसँग मनाउने। एकजना साकेला सिल्लि र भाषा जानेको मान्छे लगेर गाउमा सबैलाइ ट्रेनिङ दीने र यसलाइ पुस्तान्तरण गर्दै जाने रहेको छ। साथै पिपलेलाइ बजारको रुपमा बिस्तार गर्दै लाने भन्ने पनि रहेको छ।
अन्त्यमा अब सबैले हाम्रो भाषा अनुसार साइनो लगाउनुहोला। हाम्रो भाषा अनुसार साइनो यसरी लगाइन्छ।
नाना - दिदि
दाइ - दाजे
ज्वाइ - तल्मि
बुहारी - तल्मा
बाजे बोजु - कोपा कोकु
बाउ - आपा, पापा
मामा - चुका, दिकु (आमाको दाइ)
काका बाडाबा - पासिबे पातिपो
फुपु फुपाजु - माक्से पुसाइ / तिम्मा तिप्पा (आपाको दिदि भएमा)
जेठा जेठि - सिब्राइ सिम्मा
माइला माइली - प्रकुप्पा प्रकुमा
साइला साइली - लिन्डुक्पा लिन्डुमा
काइला काइली - छालिक्पा छालिमा
कान्छा कान्छि - खुसेक्पा खुसे
जेठि काकी, माइलि काकी, साइलि काकी, काइली काकी कान्छि काकी - माजेठि, मामाइली, मासाइली, माकाइली, माकान्छि

Comments
Post a Comment