तपाइ मेरो एउटा प्रेरणाको श्रोत पनि हुनुहुन्छ अंकल। तपाइबाट मैले धेरै कुराहरु सिकेको छु। सानोमा तपाइसँग धेरै गोठाला गरेकोछु। अझैसम्म तपाइहरुको तिल्कु गाइ र हाम्रो ध्यानु गाइ बिर्सेको छैन। अनि गोठाला गर्दा साझे छेउमा तपाइले रेडियोमा सुन्नुभको सफल तिम्रो त्यो जिन्दगिलाइ प्रकास श्रेस्ठको गीत अहिले जस्तो लाग्छ। अनि चाडवाडमा घरबाट माथिल्लो पट्टि निस्केर आज जाउलोको भात मासु खाइयो है भनेर कराउनुभएको पनि अहिले जस्तो लाग्छ। काठमाडौँबाट फर्केर आउनुभएर तपाइले पालोघर माथि छानामा झुण्ड्याएर राख्नुभको क्याप दिनुभको पनि अहिले जस्तो लाग्छ। अनि मेरो आमा खस्नुभएपछि पहिलो चोटि मकै बेच्न बजार जादा हातिछाप चप्पलको फित्ता चुट्टिएको बेला बजारमा गासिदिनुभको र थुक्पा किनिदिनुभको पनि अहिले जस्तो लाग्छ। अंकलले इलाम क्याम्पस पढ्नुहुदा छुट्टीमा घर आउनुहुदा मलाइ इङ्लिस ग्रामर पढाउनुभएको थियो। जुन मेरो जिबनको टर्निङ पइन्ट थियो मेरो जिबनको मेरो इङ्लिसमा लागि। अनि एसएलसिमा मैले तपाइलाइ चिठ्ठि लेखेको थिए बिज्ञान बिसयको गेस पेपर पठाइदिन। तपाइको पनि त्यो बेला के कस्तो स्थिति थियो। तर मलाइ पठाइदिनुभएको थियो। म धेरै आभारी छु र रहिरहनेछु अंकल तपाइसँग हमेसा हरेक कुराको लागि। आफुलाइ धेरै भाग्यमानी पनि ठान्छु किनभने तपाइ जस्तो ब्याक्तिको मेरो जिबनमा आशिर्बाद मिल्यो। अनि जिबनमा पहिलोचोटि फोनमा पनि तपाइसँगनै बोलेको छु फिदिमबाट।आज तपाइ हिजोको संघार्सबाट जुन उचाइमा हुनुहुन्छ, हामि सबैलाइ धेरै गर्ब लाग्छ अंकल।
Informative & reliable
Comments
Post a Comment