Rupalakshi Rai & Kul Bahadur Rai |
सेमुना, नमस्कार, सेवाढोग सबैजनालाइ अनि मान्यजनहरुमा शिर झुकाएर चरोणस्पर्स गर्न चाहान्छु। म सफल चाम्लिङ्, लक्ष्मि प्रसाद चाम्लिङ र जगमाया राइको माइलो छोरो, कुलबहादुर राइ र रुपलक्षि राइको नाति र मेरो मावलि कर्मिघर। मेरो मावली कोपाको नाम रत्न बहादुर राइ तर कोकुको नाम चाहि थाहा भएन। उहालाइ गाउमा कर्मिघर साइलाको नामले पनि चिनिन्छ। हाम्रा पिता पुर्खाहरु कहा कहाबाट आउनुभयो त्यो त आ - आफ्नो सबैलाइनै जानकारिनै होला। मलाइ थाहा भए अनुसार र मेरा बाउ बाजेले भन्नुभए अनुसार मेरो पुर्खाहरु चाहि खोटाङको हलेसिबाट आउनुभएको रे। जहासम्म थाहा भए अनुसार हाम्रो पहिलो पुर्खा चाहि बाघदल हुनुहुन्थ्यो रे। पछि उहाकै छोराहरुबाट सायद जेठा, माइला, साइला र कान्छा जस्ता हाच अथबा हागाहरु बने होलान। यो मेरो नितान्त ब्याक्तिगत धारणा मात्र हो।यधपी यो खोजिकोनै बिसय रहेको छ। मेरो आपाले भन्नुभए अनुसार मेरो बाजेको पनि बाजेको नाम चाहि जोरकण्ठ थियो रे। सायद उहाको यो गाउघरमा बोलाउने नाम हुनुपर्छ। बास्तबिक नाम भने मलाइ थाहा भएन।
Laxmi Prasad Rai, Me & Jagmaya Rai |
राइहरु भित्र पनि ३२ प्रकारका राइहरु हुन्छन्। तर खाल्डेलाई थातथलो बनाएर बसोबास गरिरहेका सबै राइहरु चाम्लिङ राइहरु राहेका छन। चाम्लिङ भित्र पनि धेरै पाछाहरु वा हागाहरु हुन्छन्। तर यहा जम्माजम्मी ३ देखि ४ प्रकारका चाम्लिङहरु मात्र रहेका छन। जसमा हैदिबुङ्छा, सुङ्पुङ्छा, बिराछा र बाडाछा पर्दाछन। यहा करिब ३० देखि ४० घर राइहरुको हुनुपर्छ। अबपबादमा चेलिपटिबाट एक घर साङ्पाङ राइको पनि रहेको छ।
हामि पाँचथर यासोक खाल्डेमा जन्मिएर, आफ्नो जिबन जिउने क्रममा बसाइ सर्दै नेपालका बिभिन्न ठाउदेखि लिएर बिदेशहरुसम्म पुगेउ।यसक्रममा प्रदेशभित्र कोहि झापा, मोरङ, सुनसरि, काठमाण्डौ इत्यादि ठाउहरुमा भने बिदेशतिर ईन्डिया, भुटान, युरोप, अमेरिका इत्यदि ठाउसम्म पुगेउ। रोजिरोटि र पेशागत हिसाबले कोहि के भए होलान त कोहि के। तर अब भने सबैले एक अर्कालाइ चिन्ने बेला र अबसर जुरेको छ सामाजिक सन्जालको माध्यमबाट। त्यसैले खाल्डेली राइ भन्ने फेसबुक ग्रुप बनाएको छु, सकेसम्म सबैजना ग्रुपमा आइदिनुहोला। आ-आफ्नो कुराहरु राख्नुहोला अनि सबैजना चिनजान गरौला। तपाइहरुले पनि चिनेको जानेको सबैजनालाइ ग्रुपमा एड गर्दै जानुहोला।
अन्त्यमा सबैलाइ भुइसोरि नमस्कार।
Comments
Post a Comment