यो कथित आधुनिक शहरमा
एउटा भयानक बिल्डिङको कोठाभित्र
उकुसमुकुस बन्दि जीबन बिताइरहेको छु
बाहिर भाइरसको सन्त्रास छ
सामाजिक संजालहरुमा जताततै
संक्रमित र मर्नेहरुको समाचार छ
म चाहि बडो अन्योलमा छु
अनिश्चित ती भोलिहरु सम्झेर।
हिजोको त्यो कहिले ननिधाउने शहर
आज सर्बत्र सुनसान छ
हिजोका ती ब्यास्त सडकहरु
आज अनायसै खाली देखिन्छन्
अपबादको रुपमा घरिघरि झ्यालहरुबाट
एम्बुलेन्सको अप्रिय साइरन बज्छ
लाग्छ कोहि मृत्युको संघारमा छ।
यो कस्तो समय हो
भेटघाट गर्ननै डराउनुपर्ने
सामान्य शिस्टाचार पनि निभाउन नमिल्ने
मानौ ट्रम्पले किम जोङलाइ भेट्दैछ
न बिरामिको आँशु पुछ्न पाइन्छ
न मृतकको मलामीनै जान सकिन्छ
हिजोका ती श्रीपेचभित्रका आडम्बरहरु
आज निरिह प्राय छन
मानौ आज सोभियत युनियन पुन ढलिरहेछ
किनभने मिसाइलले कोरोना ढल्दैन रहेछ।
Comments
Post a Comment