Skip to main content

Posts

Showing posts from April, 2020

यस्तै छ मेरो देशको परिबेस

खै कहाबाट सुरु गरौ  यी इमान हराएका नीदालीहरुको फेहरिस्त  जसले जनताको माझ आफुलाइ  ली क्वान र महाथिर हु भने  लेलिन, मार्क्स र माओको सिद्दान्तहरु पढाए  गान्धि, मण्डेला र लिंकनको उदाहरणहरु दिए   आफूभने स्टालिन र हिट्लरको पदचाप अनुसरण गरे एक्काइसौं शताब्दिको किम जोङको नक्कल गरे।  खै कुन शब्दले खेद प्रकट गरौ  यी जनताको दुखमा बासुरी फुक्ने नेरोहरुको  जसले आफ्नो इमान बेचे  देशको स्वाभिमान बेचे  बालुवाटार बेचेको त के कुरा गरौ  गोकर्ण बेचेको त के कुरा गरौ  भ्रष्टाचार गरेको त के कुरा गरौ  यीनिहरुले यहा आमा बेचिसके  अब आफै बिचार गर्नुहोस  आफ्नो जन्मदिने आमा बेचिसकेपछि अरु बाकी बेच्न केनै रहन्छ होला र ? खै के नामले पुकारौ  यी टुप्पोमा बसरे फेद काट्ने कालिदासहरुलाइ   जसले रामराज्यको सपना देखाए जसले बुद्धभुमि बनाउछु भ ने    आज ती कलियुगका महापुरुषहरुले  जनतालाइ गुम्राहमाहमा पारेका छन  सहिदको रगतले होली खेलेका छन  गरिबको पसिनाले प्यास सुझाएका छन  न पिडितले न्याय पाउछ  न भोका पेटले खाननै पाउछ  आज सगरमाथाको शिर झुकेको हुनुपर्छ  बुद्धको

Nepali National Song - नेपाली रास्ट्रिय गीत

सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली  सार्बभौम भइ फैलिएका मेचि महाकाली।  प्रकृतिका कोटि कोटि सम्पदाको आचल  बीरहरुका रगतले स्वतन्त्र र अटल।  ज्ञानभुमि, शान्तिभुमि, तराइ, पहाड, हिमाल  अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल।  बहुल जाति ,भाषा, धर्म, संस्क्रिती छन बिशाल  अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। 

Mother's Day Special Poem

तिमि चोमोलोङ्मा हौ आमा  जहा भगवानहरुको मात्र बास हुन्छ  खै कसरी सम्झौ आमा तिमीलाइ   तिम्रा हरेक कुरा बिशेस लाग्छ  सधै म नोस्टाल्जिक हुने गर्छु तिम्रो ती दुखहरुलाइ सम्झिदा हरे तिमिलाइ कति शान्ति मिल्थ्यो होला  तिम्रो काबिल सन्तान बन्न सके   स्वर्गलाइनै म स्पर्स गर्ने गर्थे  तिम्रो त्यो काखमा निदाउदा खेरि   तिमि यो दुनियाँबाट अल्पिगएर के भयो त?   महशुस गर्नलाइ तिम्रो आकृति छ हृदयभरी   तिम्रो त्यो महानताको गरिमा गाउन    शब्दकोषका शब्दहरुनै लाज मान्छ तिमिले दिएका ती आशिर्बादहरुले  पाइलाहरु सार्नलाइ सधै प्रेरणा दिन्छ

किराती समुदायबाट पहिलो आइजिपि जिबि याक्थुम्बा

किराती समुदायबाट नेपाल प्रहरिको पहिलो आइजिपि हुन सफल ब्याक्तित्व, प्रजातन्त्रको लडाइमा उल्लेखनिय योगदान गर्नुभएका क्रान्तिकारी योद्दा र कुटनीति क्षेत्रका एक कुशल हस्ति जिबि याक्थुम्बा (ज्ञान बहादुर बनेम) को बारेमा संक्षिप्त परिचय बुदागत रुपमा यसप्रकार रहेको छ।  सन १९२० मार्च १७ को दिन् पिता मकरजङ वनेमको र माता मोतीदेवी हेम्ब्याको कोखबाट एक्लो सन्तानको रुपमा उहा बर्मामा जन्मनु भएपनि उहाको पुर्खेउलि घर भने पाचथरको दोरम्बा अमरपुर हो। उहाले ब्रिटानि फौजको तर्फबाट दोस्रो युद्द लड्नु भएको थियो।  सन १९४८ मे २० मा उहाको अगुवाइमा जनमुक्ती सेनाको गठन भएको थियो।  सन १९४८ जुनमा जनमुक्ति सेना कार्यदलको बरिस्ठ उपाध्यक्षमा नियुक्त हुनुभयो।  अन्तरिम सरकारको पहिलो बैठकले उहालाइ इलामको बडाहाकिमको रुपमा नियुक्त गरेको थियो।  सन १९५२ जनवरीमा प्रधानमन्त्री मात्रिका प्रसाद कोइराला द्वारा उहालाइ डिआइजिको रुपमा नियुक्त गर्नुभएको थियो।  सन १९५३ डिसेम्बर देखि सन १९५५ अगस्ट ( बि स २०१०/०८/२२ देखि २०१२ भदौ) सम्म नेपाल प्रहरीको आइजिपी हुनुभएको थियो।  सन १९५७ देखि सन १९६० सम्म दक्षिणपुर्बि एसियमा राजदुत

किनकि म आफ्नो मलामी आफै जान सक्दिन

यदि ईतिहास जित्नेको मात्र नलेखिएको भए यदि हार्नेहरु प्रति पनि थोरै सदासयता देखाएको भए मेरो  ईतिहास पनि स्वर्ण अक्षरहरुले कोरिने थिए मैले  पनि तिमि जस्तै छाति चौडा गरेर हास्ने थिए मेरा तस्बिरहरु पनि सिंहदर्बारमा भेटिने थिए   तर आज मैले आफैलाइ चिन्न मेरो अस्तित्वको खोजिमा छु मेरो पहिचानको खोजिमा छु मेरो इतिहासको खोजिमा छु एउटा युद्द छेडिरहेकोछु। तिम्रो श्रीपेचको साख बचाइराख्न मलाइ अर्काको गुलामि गर्न बाध्य पार्यौ मलाइ तिम्रो पैतालामुनि कुल्चिरहन मलाइ शिक्षाबाट बन्चित गरायौ मेरा सम्बेदना बोकेका संबाहकहरुलाइ बिनाकसुर सुलिमा चढायौ निर्मम हत्य गर्यौ म लाचार बनि सहिरहे तर तिमि कायर हौ बराबरीको लडाइ लड्न नसक्ने तिमिलाइ हेक्का हुनुपर्ने हो यो देश बनाउनमा हाम्रो पनि तिम्रो समान योगदान छ भनेर। तिम्रो झुटो आस्वसनको खातिर मेरा जातिहरु नजाने कति सहिद बने मैले छातिमा गोलि थापिरहे तिमिले मेरो भावना माथि खेलिरहेयौ तिम्रो नानाथरि परिबर्तनको नाममा म तिम्रो ढाल बनिरहे समयसँगै तिमि शासक बनेयौ म फेरि शासित बने। मैले तिम्रो नुनको सोझो गरे बापत तिमि आज सत्ता उन्मादमा छौ

My All Time Favorite Five Songs

1. Mero Pyaro Okhaldhunga - Narayan Gopal 2. Kun Mandirma Janchhau Yatri - Rabin Sharma 3. Jaha Chhan Buddhakaa Akha - Bhaktaraj Acharya 4. Sapana Bhulai Sara - Yogesh Baidhya 2. Bihana Uthne Bitikai -  Ram Krishna Dhakal

युरोपमा रेसिजमको पराकास्ट

हिजो युकेको मेडस्टोनमा केहि अतिबादी गोराहरुले ढुङ्गामुडा गरी राम कुमार लिम्बुको गाडिमा क्षति पुर्याएको खबर सार्बजनिक भएको छ। प्राराम्भिक अध्ययन अनुसार यो कोरोनाभाइरसको काराणले गर्दा एसियन मुलप्रतिको बढ्दो घृणाको आक्रोस हुनसक्ने बताइएको छ।  करिब एक महिना अगाडि पोर्चुगलका लिस्बनको मार्तिम मोनिजमा पनि यस्तै खालको घटना घटेको थियो। जुनबेला मेरो बुढिले केबाब खाने इच्छा गरिन र उनि केबाब पसल गइन। पसलेले भने मेरो बुढिको अनुहार हेरेरनै परबाटनै छैन भनेर फर्काएको थियो।  दुइसाता अगाडि मैले आफैले पनि यस्तै दुर्ब्यबहार सहनुपरेको थियो लिस्बनको साल्दान्हामा। म केहि सामान किन्नको लागि त्याहास्थित पिङ्गो दोस पसल अगाडि लाइनमा उभिरहेको थिए। मसँगै लाइनमा बसेको एक पोर्तुगिस बुढोले मलाइ उसकै भाषामा अपशब्दहरुको प्रयोग गर्दै कुट्न खोजेको थियो।त्यो बुढोको आक्रोस अझ पराकास्टमा पुग्ने स्थितिमा थियो यदि पसलभित्र रहेका पोलिस र सेकुरिटि गार्ड बाहिर नआएको भए। पसलभित्र पनि बुढोको हाउभाउहरु त्यस्तै थियो। मैले चाहि उसलाइ त्यति वास्ता गरिन। नत्र पारिस्थितिले अर्कै मोड लिन सक्थ्यो। 

किनभने मिसाइलले कोरोना ढल्दैन रहेछ

यो कथित आधुनिक शहरमा एउटा भयानक बिल्डिङको कोठाभित्र उकुसमुकुस बन्दि जीबन बिताइरहेको छु बाहिर भाइरसको सन्त्रास छ सामाजिक संजालहरुमा जताततै संक्रमित र मर्नेहरुको समाचार छ म चाहि बडो अन्योलमा छु अनिश्चित ती भोलिहरु सम्झेर। हिजोको त्यो कहिले ननिधाउने शहर आज सर्बत्र सुनसान छ हिजोका ती ब्यास्त सडकहरु आज अनायसै खाली देखिन्छन् अपबादको रुपमा घरिघरि झ्यालहरुबाट एम्बुलेन्सको अप्रिय साइरन बज्छ लाग्छ कोहि मृत्युको संघारमा छ। यो कस्तो समय हो भेटघाट गर्ननै डराउनुपर्ने सामान्य शिस्टाचार पनि निभाउन नमिल्ने मानौ ट्रम्पले किम जोङलाइ भेट्दैछ न बिरामिको आँशु पुछ्न पाइन्छ न मृतकको मलामीनै जान सकिन्छ हिजोका ती श्रीपेचभित्रका आडम्बरहरु आज निरिह प्राय छन मानौ आज सोभियत युनियन पुन ढलिरहेछ किनभने मिसाइलले कोरोना  ढल्दैन  रहेछ।

माछाकमा गर्दा फलाकिने हाम्रो हैडिबुङ्छा चाम्लिङ भाषाका शब्दहरु

माछाकमामो सै आले दुँ  वामादा आले खाना माछाकमा खोमैने को आले खाना माछाकमा ज्याकोमा टोमा खावामा टोमा खाना माछाकमा साकेलुङ हुइलुङ मादा जाहिङिनो चिपचिलुङ हुइलुङ मादा जाहिङिनो खावा होर्दिका चादिम होर्दिका खिया होर्दिका सारोमो दुँ दिका कोबुँमा दुँ  दिका टोया होर्दिका निरुँ होर्दिका आमे दाका काडण होचाली होर कुँ मुदा मुनो बाको खाना वादोला दाता मुनाको आसे दाका खावा बुलि लोमा मुना सोनाको नैचि मो वोचिमो मिम दे हं। दुँ वामा दा भनेकोइ भैलि चन्दि दुँ लाछेरापा भनेको सरादे पुर्नेमा ईर्वर्डलिमा (माछाकमा गर्दा पुर्ने मार)

Veer Zaara Poem Recited By Shahrukh Khan

Main qaidi number 786 jail ki salaakhon se bahar dekhta hoon Din mahine saalon ko yug mein badalte dekhta hoon Is mitti se mere bauji ke kheton ki khusboo aati hai Yeh dhoop meri maati ki thandi chaas yaad dilati hai Yeh baaruish mere saawan ke jhoolon ko sang sang laati hai Yeh sardi meri lodi ki aag sek kar jaati hai Woh kehte hain yeh mera des nahin Phir kyon mere des jaisa lagta hai? Woh kehte hai main us jaisa nahin Phir kyon mujh jaisa woh lagta hai? Main kedi number 786 jail ki salakhon se bahar dekh ta hoon sapno ke gawn se utri ek nani pari ko dekh ta hoon kehti hai khud ko Saamiya aur mujh ko Veer bulati hai hai bilkul begani paar apno si zid woh karti hai uski sachi baaton se phir jeene ko maan karta hai uske kaasmon vado se kuch karne ko maan karta hai Woh khete hai ko woh koi nahi teri phir kyun mere liye dunya se woh larti hai woh khwta hai ke mein us jaisa nahi phir kyun mujh jaisi woh lagti hai Main kedi number 786 jail ki salakhon se bahar dekh ta hoon mere gawn k

बिश्वभरिमा नेपालिहरु कोरोनाभाइरसबाट मर्नेको संख्या १५ पुग्यो

एनआरएनको तथ्याङ्क अनुसार बिश्वभरिमा नेपालिहरु मर्नेको संख्या १५ पुगेको छ।तथ्याङ्क यसप्रकार रहेको छ।  देश       संक्रमित       मृत्यु  अमेरिका  ५००+         ५ युके       १००+          ८ जर्मनी    १८+         पोर्चुगल  २२ अस्ट्रिया  ९ युएइ     १०               १ साउदी अरेबिया  ४ कुबेत       ५             १ जापान      १ मलेसिया    १ हङकङ      १ नेपालमा भने हालसम्म १२ जना यसभाइरसबाट संक्रमित भएका छन। जसमध्ये एकजना निको भैसकेका छन। 

खाल्डेली हैदिबुङ्छा चाम्लिङ राइ

हामी खाल्डेली हैदिबुङ्छा चाम्लिङ राइहरु खोटाङको हलेसीबाट आएर बसेका हौ भन्ने कुरा हाम्रो बाजे बराजुबाट सुन्दै आएका छौ। खोटाङको हलेसीमा एउटा हैदी खोला रहेको र त्यहि खोलाको नामबाट हैदिबुङ्छा पाछा रहन गएको भन्ने गरिन्छ। अहिलेसम्म जानेसुने अनुसार हार्मो पहिलो पुर्खा अर्थराज राइ हुनुहुन्थ्यो भनिन्छ। उहाको ३ भाइ छोराहरु जीतबिरा, जैबिरा र जसवन्त हुनुहुन्थ्यो। तीनभाइमध्ये हाम्रो पट्टिको पुर्खा जैबिराको पनि तीनभाइनै छोराहरु रानादल, बाघदल र बिरदल हुनुहुन्थेछ। यी तीनभाइ पुर्खाहरुमध्ये माहिला बाघदल चाहि बसाइ सरेर पाचथर जिल्लाको यसोकको खाल्डे आउनुभएछ। उहाको चार भाइ छोराहरु रत्नबिर, जोरकन्ठ, बर्ण सिं र कान्छा जसपट्टिको सन्तानहरु खाल्डेमा हुनुहुन्न। सिंहाङका हैदिबुङ्छा राइहरुले हामी कान्छा पट्टिका हौ भन्नुभएतापनि ठोस प्रमाण भने आजसम्म जुटेको छैन। बाघदल पुर्खाकै छोराहरुबाट जेठा, माइला र साइला हाचहरु बनेका रहेछन। बाघदल पुर्खादेखि अहिलेको भर्खर जन्मेको बच्चाहरुसम्म आइपुग्दा हामीहरु खाल्डेमा ८ औ पुस्तामा चलिरहेकै छौ। जसलाइ सरदरमा हिसाब गर्दा करिब ५६० बर्ष जति पर्न आउछ। हाम्रो बंशावलीहरु अध्ययन गर्न के

रत्न कुमार बान्तवा

२०३५ साल चैत २७ गते, ४१ बर्ष अगाडि आजकै दिन यहि समय म तानाशाही, फासिस्ट, निरङ्कुश पञ्चायती व्यवस्थाका हत्यारा शासनका सिपाहीहरूद्वारा धेरिएको थिए। शुशिला श्रेस्ठको अगाडि रत्न कुमार वान्तवाको गोली लागेको शरिर छटपटी रहेको थियो। केहि समय पछि वहाँले प्राणत्याग गर्नु भयो। फासिष्ट पंचायती व्यवस्था द्वारा मारिनु भएका अमर शहीद क. रत्नकुमार बान्तावाकाे ६९ औ  जन्माेत्सव तथा ४१औ  स्मृति दिवसको सन्दर्भमा भावपूर्ण श्रदान्जली कमरेडलाइ।

भुपि शेरचनको कबिता 'हो हामी मानिस कम बर्ता गोटि हौ'

भुपि शेरचनले २०१७ सलमा लेख्नुभएको, बरिस्ठ न्युरो सर्जन स्व उपेन्द्र देभकोटाले २०२६ सालमा पढ्नुभएको र फाएर साइडमा समसामयिक बिसयमा बाचन गर्नुभएको कबिता 'हो हामी मानिस कम बर्ता गोटि हौ'  हामी आफु खुशि कहिले मिल्न नसक्ने  कसैले मिलाइदिनुपर्ने  हामी आफु खुशि कहिले छुट्टिन नसक्ने  कसैले छुट्याउनुपर्ने  हामी आफु खुशि कहिले अगाडि बढ्न नसक्ने  कसैले पछडिबाट हिर्काउनुपर्ने, हिडाउनुपर्ने  हामी रंग रोगन छुट्टिएका टुटेको फुटेको  पुरानो क्यारामबोर्डको गोटि हौ  एउटा खेलाडिमाथि आश्रित  आफ्नो गति हराएका  एउटा स्ट्राइकरद्वारा संचालित  हो हामी मानिस कम बर्ता गोटि हौ। 

चन्द्र अंकललाइ सम्झनुपर्दा

तपाइ मेरो एउटा प्रेरणाको श्रोत पनि हुनुहुन्छ अंकल। तपाइबाट मैले धेरै कुराहरु सिकेको छु। सानोमा तपाइसँग धेरै गोठाला गरेकोछु। अझैसम्म तपाइहरुको तिल्कु गाइ र हाम्रो ध्यानु गाइ बिर्सेको छैन। अनि गोठाला गर्दा साझे छेउमा तपाइले रेडियोमा सुन्नुभको सफल तिम्रो त्यो जिन्दगिलाइ प्रकास श्रेस्ठको गीत अहिले जस्तो लाग्छ। अनि चाडवाडमा घरबाट माथिल्लो पट्टि निस्केर आज जाउलोको भात मासु खाइयो है भनेर कराउनुभएको पनि अहिले जस्तो लाग्छ। काठमाडौँबाट फर्केर आउनुभएर तपाइले पालोघर माथि छानामा झुण्ड्याएर राख्नुभको क्याप दिनुभको पनि अहिले जस्तो लाग्छ। अनि मेरो आमा खस्नुभएपछि पहिलो चोटि मकै बेच्न बजार जादा हातिछाप चप्पलको फित्ता चुट्टिएको बेला बजारमा गासिदिनुभको र थुक्पा किनिदिनुभको पनि अहिले जस्तो लाग्छ। अंकलले इलाम क्याम्पस पढ्नुहुदा छुट्टीमा घर आउनुहुदा मलाइ इङ्लिस ग्रामर पढाउनुभएको थियो। जुन मेरो जिबनको टर्निङ पइन्ट थियो मेरो जिबनको मेरो इङ्लिसमा लागि। अनि एसएलसिमा मैले तपाइलाइ चिठ्ठि लेखेको थिए बिज्ञान बिसयको गेस पेपर पठाइदिन। तपाइको पनि त्यो बेला के कस्तो स्थिति थियो। तर मलाइ पठाइदिनुभएको थियो। म धेरै आभ

खाल्डेली हैदिबुङ्छा चाम्लिङ साइला हाचको बंशावली

१ पहिलो पुर्खा अर्थराज राइ र उहाका छोराहरु  जेठा जितबिरा राइ, माइला जैबिरा राइ र कान्छा  जसवन्त राइ २ जैबिरा बाजेको छोराहरु  जेठा रानादल राइ, माइला बागदल राइ र कान्छा बिरदल राइ (बागदल राइ बाजे पहिलो खाल्डे बसाइ आउनुहुने) ३ बागदल राइ बाजेको छोराहरु  जेठा रत्नबिर राइ, माहिला जोरकन्ठ राइ र सहिला बर्ण सिं राइ (यहाबाट हाचहरु छुटिन्छ बाजेहरुको जन्म क्रम अनुसार) ४ बर्ण सिं राइ बाजेको छोराहरु  जेठा बलिलाल राइ, माहिला रबिलाल राइ, साइला अटल कुमार राइ, अन्तरे दशरथ राइ, जन्तरे लक्षुमन (अचल बहादुर राइ) र खन्तरे श्याम शम्शेर राइ यो बंशावली उपलब्ध गराउनुहुने रामचन्द्र पासिबेलाइ धेरै धेरै धन्यबाद। यधपी अझै यसपछिका पुर्ण बिबरण लिन भने बाकिनै छ।   

हामी खाल्डेली हैदिबुङ्छा चाम्लिङ राइको बंशावाली

हाम्रा पुर्खाहरु धेरैले खोटाङको हलेसीबाट आउनुभएको र केहिले खोटाङको मातेम्माबाट आउनुभएको भन्ने गर्नुहुन्छ। अहिलेसम्म जानेबुझे अनुसार हाम्रो पहिलो चाहि पुर्खा चाहि अर्थराज राई हुनुहुन्थ्यो। उहाका छोराहरू जेठा जीतवीरा, माहिला जैबिरा र कान्छा जसिवन्त थिए। हार्मो बंशावालीमा पर्नुहुने पुर्खा माहिला जैबिराका छोराहरू जेठा रानदल, माहिला बागदल र  बिरदल  थिए । जैबिरा पछिका अर्का हाम्रो बंसवालीका पुर्खा माहिला बाघदल या बागदल हलेसीबाट बसाइ सरेर पाचथर जिल्लाको पहिलेको यासोक गाबिस अन्तर्गत खाल्डे या अहिलेको कुम्मायक गाउपालिका १ आउनुभयो। उहाका छोराहरु जेठा रत्नवीर, माहिला जाेरकण्ठ, साहिला वर्ण सिंह र कान्छाको नाम खोजिकोनै बिसय रहेको छ, हुनुहुन्थ्यो। पाचथरको सिंहाङमा पनि हइदिबुङ्छा चाम्लिङहरु रहेको र उनिहरुले हामि पनि बाघदलकै सन्तान हौ भनेर दाबि गर्दै आएका छन बाउबाजे खलकहरुबाट सुनिन्छ। उनिहरुले हामि चाहि कान्छाको सन्तानहरु हौ भन्ने गर्छन भन्ने सुनिन्छ। यसमा पनि यथेस्ट प्रमाणहरु जुटाउन सकिएको छैन। जसबाट हाचहरु बनेका थिए। जुन अहिलेसम्म बिधमान छ। माहिला हाच अन्तर्गत हाम्रो पुर्खा जाेरकण्ठ छोराहरू जेठा

खाल्डेली हैइदिबुङ्छा राइहरुको बंशावाली

हाम्रा पिता पुर्खाले भनेअनुसार हाम्रो पिता पुर्खाहरु करिब ४०० बर्स पहिले खोटाङको हलेसिबाट बसाइसरेर खाल्डे आउनुभेको रे। अहिलेको हाम्रो छैटौ पुस्ता चलिरहेको भन्ने मैले देउराली नानाबाट थाहा पाए। यधपी हाम्रो बंशावालिको बारेमा गहिरो अध्यन गर्न भने बाकिनै रहेको छ। खाल्डेमा सबैभन्दा सुरुमा आउनुभएको हाम्रो बाजे अर्थात कोपा बाघदल हुनुहुन्थ्यो रे। उहाको चार भाई छोराहरु हुनुहुन्थ्यो रे। चार भाई मध्ये कान्छा भाई चाहि बिबाह नगरिकननै बित्नुभएछ। बाकि तीन भाइको जन्मको क्रम अनुसार हाचहरु जेठा माइला र साइला छुट्टीएछन। जेठा र माइला बाजेहरु खाल्डेमानै बस्नुभए पनि साइला भने बसाइ सरेर लुम्फाबुङ जानुभएछ। यसरिनै पुस्ताहरु हस्तान्तरण हुदै मेरो बराजुको नाम प्रिथ सिं राइ, मेरो बाजेको नाम कुलबहादुर, मेरो बाबाको नाम लक्ष्मि प्रसाद राइ र मेरो नाम सफल चाम्लिङसम्म आइपुगेको छ। मेरो बराजुको बिहे खाम्जेना भन्ने ठाउमा देउसाली राइसग भएको थियो रे। मेरो कोकु चाहि धनकुटा शिखरपुरको कोयु राइ हुनुहुन्थ्यो। उहाको नाम रुपलक्षि राइ थियो। मेरो आमा भने त्यहि खाल्डेकै बिराछा चाम्लिङ राइ हुनुहुन्थ्यो।  हाम्रो हैदिबुङ्छा प

कुम्मायक गाउपालिका बडा नं ५ का बुद्धबल चेम्जोङ को २ घर जलेर खरानि

देश यतिबेला कोरोनाभाइरसको कारणले लकडाउनको स्थितिमा छ।अझै कतिदिनसम्म लम्बिने हो भन्ने कसैलाइ यकिन छैन।यहि स्थिति रहेको अबस्थामा पाचथर जिल्ला कुम्मायक गाउपालिका बडा नं ५ का स्थायी बासिन्दा बुद्धबल चेम्जोङ को २ घर जलेर खरानि भएको छ। यो घटना २०७६/१२/२० का दिन भएको थियो।उहाको यो दुखद घडिमा मलपट्टि गर्ने काम नेपाल आदिबासि जनजाति महासंघ समन्वय समिति कुम्मायक गाउपालिकाको तर्फबाट भएको छ। उक्त सस्थाको तार्फबाट खाध्यन्न,लताकपडा र नगद राहत वितरण उहाको घरमानै पुगेर पुर्व अध्यक्ष तारानाथ सुब्बा, जनजाति हितकोष संरक्षण समिति संयोजक गणेश चेम्जोङ, दुर्गा बम्जन, तेजेन्द्र चेम्जोङ , कमलक्ष्रेष्ठ, स्थानिय पत्रकार पदम दुखि सम्बामहाङ्फे लगाएतको टोलिबाट २०७६/१२/२३ मा हस्तान्तरण भएको छ।  स्रोत: सेमिक लिम्बु 

कस्लाइ असल मान्छे भन्ने?

असल मान्छे बन्नु र हुनु सबैको आकांक्षा हुन्छ होला। सानोमा बाजे बोजुले असल र ठुलो मान्छे बन्नु भनेर आशिर्बाद दिनेगर्नुहुन्थ्यो। तर असल र ठुलो बिचमा पनि धेरै भिन्नताहरु होलान। यदि असल र ठुलोको बिचमा तादम्यता मिल्यो भने मात्र मान्छे सफल दरिन्छ होला। कसैले मलाइ यी दुइबिचमा एक छान्नुपर्ने बध्याता परेमा म चाहि असलतिर ढल्किन्थे होला। अब यहा प्रश्न उठ्छ असल मान्छे कस्लाइ भन्ने त। यसको मापदण्डहरु केके हुन त। हुनत यसका परिभाषाहरु पनि अनेक होलान।  म चाहि तपाइहरुलाइ मलाइ मनपर्ने असल मान्छेको दुइवटा उदाहरणहरू दिन्छु।  गाउघरमा एउटा उखान छ, आगो ताप्नु मुडाको कुरो सुन्नु बुढोको। सितिमिति उखानहरु त्यतिकै बन्दैनन। प्रत्येक उखानटुक्कामा अकाट्य तथ्यहरू लुकेको हुन्छ। कुनैदिन म इन्डियाका भेटेरान लेखक सलिम खानको इन्टरभियु युटुबमा हेर्दैथे। प्रश्नकर्ताले सोधे, असल मान्छेको पहिचानहरु के के हुन। उहाको जवाफ यस्तो थियो। मलाइ चाहि सारै उहाको बिशेषण मनमा लागेको थियो।  १ असल मान्छे त्यो हो जसको पुरानो साथि हुन्छ।  २ असल मान्छे त्यो हो जसको घरमा पुरानो नोकर हुन्छ।  मलाइ चाहि असाध्यै उहाको बिशेषण 

Sub Castes Of Rai - राइको थरहरु

१ बान्तवा  २ चाम्लिङ  ३ कुलुङ  ४ थुलुङ  ५ बाहिङ  ६ खालिङ  ७ साम्पाङ  ८ नाछ्हिरिङ  ९ लोहोरुङ  १० मेवाहाङ  ११ छिन्ताङ  १२ तिलुङ  १३ लम्बिहाङ  १४ छिलिङ  १५ जेरुङ  १६ बाम्बुले  १७ आठपरिया  १८ याम्फु  १९ पुमा  २० दुमि  २१ दुङ्माली  २२ फङ्दुवाली  २३ साम  २४ बेलहारे  २५ लिन्खिम  २६ कोयु  २७ देवास  २८ बुङ्लावा  २९ सोताङ  ३० लाङ्छोङ   ३१ चुक्वापोहिङ्  ३२ लाम्बिछोङ  ३३ उसुचौरासे  ३४ देवान  ३५ सुनुवार  ३६ दनुवार  ३७ याखा ३८ लुलाम  ३९ राजमाली  ४० तेनछिपा 

Khalde Gau In Nutshell - खाल्डे गाउँ संक्षिप्त परिचय

Khalde Gau खाल्डे  भनेको  एउटा  सुन्दर  गाउँ  हो  जुन  रानिभिरको  काखमा  व्यबस्थित  छ।  यसको  पुच्छारमा  सावा  र  छरुंगा  खोलाको  संगमस्थल  वा  दोभान  रहेको  छ।  यो  पाचथर  जिल्ला  अन्तर्गत  पहिलेको  यासोक  गाबिस  र  अहिलेको  कुम्मायक  गाउपालिकाको  १  मा  पर्दछ।  यहा  बिशेस  गरेर  राइ,  क्षेत्रि,  मगर,  बिश्वकर्मा  र  नेपालिहरुको  बसोबास  रहेको  छ।  अन्नबालीमा  मुख्यतय  मकै,  धान,  कोदो,  जुनेलो,  गहु,  बदाम  आदि  पर्दछन।  यो  गाउमा  अत्याधिक  उब्जनि  हुनेहुदा  यसलाइ  अन्नको  भण्डार  पनि  भनिने  गरिन्छ।  यो गाउको शीर अर्थात रानिभिरमा र पुच्छारमा अर्थात छरुङ्गा खोलासँगै रानिगुफा र चमेरेगुफा रहेको छ। परापुर्व कालदेखिको कथन अनुसार यि दुइ गुफाहरु एक अर्कासँग जोडिएका छन भन्ने मान्यता रहदै आएको छ। अर्को शब्दमा भन्नुपर्दा यी दुइ गुफाहरु एकार्कासँग सूरुङमार्ग भएर जोडिएको छ भन्ने गरिन्छ।  धेरै बर्स पहिले राजारानी रानिगुफामा बस्ने गरेको र उनिहरुकै आदेश अनुसार उक्त सुरुङमार्ग बनाइएको हाम्रा पुर्खाहरुको मुखबाट सुनिने गरिन्थ्यो। सोहि सुरुङमार्ग प्रयोग गरेर राजारानिहरु चमेरेगुफाबाट खोलामा नुह