Skip to main content

Posts

Showing posts from 2020

Message From The Lives Of Maradona & Pele

  Pele married Marcia Aoki at 76, meanwhile Diego Maradona passed away at 60. It means Pele is still enjoying his life to the fullest. The moral is that don’t play with life.

Who Is Kamala Harris - Vice President Of The USA

Kamala Harris has become the first South Asian and the second African descendent Vice - President of America. Her mother moved to the United States in 1958 to pursue her education at the University of California from Tamilnadu, India. She later married Donald J. Harris who was the professor of Stanford University. Her both parents have the Doctor of Philosophy Degree. She was born on 20 October 1964 in Oakland California. She has done her graduation of Juris Doctor from the University of California.

मलाई पनौती लागेको छ

आजभोली खै किन हो मलाइ अलच्छिनी लागेको छ घरको धुरिमा बसेर बिहानै पोथी बासेको सुन्छु छेवैको रुखको सुकेको हागामा बसेर काग रोएको देख्छु बाटोमा हिड्दै गर्दा कालो बिरालोले अगाडीबाटनै बाटो काट्छ मलाइ अजिब भैरहेको छ। आजभोली मेरा दिनहरु आफ्नै बसमा छैनन् साह्रै न्यास्रो लाग्छ कहिलेकाहि खाना बनाउदा तिउनमा नुन हाल्नै बिर्सन्छु सपना पनि नानाथरी देख्छु आफ्नै मलामी आफै जादै गरेको पश्चिमबाट घाम उदाएर दिउसै दिन ढलेको महसुस गर्छु केहि गर्न खोज्यो नौ नारी गलेर आउछ म ताक्छु मुडा बन्चरो ताक्छ घुँडा यसरिनै चलिरहेछ। नियम अनुसार त सत्यको सधै जीत हुनुपर्ने हो तर यहाँ दिनदिनै कैयौ रामहरु हारिरहेछन् भस्मासुरहरु निर्बस्त्र बनेर यहा सर्बशक्तिमान बनिरहेछन् चित्तामा जलिरहेका लासहरु पुन ब्युतेर जुर्मुराइरहेछन् त्यसैले म आजभोलि युद्धमा हारेको सिपाहिझै आदिमासु बनेर जिइरहेछु हो म बौलाएको छु मलाई पनौती लागेको छ।

जिबनमा कहिल्यै हारेस नखानुहोस - Dr. Sanduk Ruit

सुदुर पुर्ब कंचनजंगाको काखमा अबस्थित ओलाङचुङगोला जस्तो बिकट गाउ जहा आज पनि गाडिको बाटो पुगेको छैन होला, त्यहि  जन्मनु भएका आखाका डा सन्दुक रुइतको जिबनबाट यहि कुरा सिक्न सकिन्छ। उहालाइ God Of Sight को नामले पनि चिनिन्छ। जब उनि सानो हुनुहुन्थ्यो, उहाको गाउमा पढ्नको लागि स्कुलहरु थिएनन्। त्यसैले उनको बुबाले १४ दिनको बाटो हिडाएर  उहालाइ पढ्नको लागि दार्जिलिङ लानुभयो। दार्जिलिङ जाने क्रममा बाटोमा कति रातहरु त ओडारमानै बास बस्दै जानुभयो। छुट्टीमा उहाका सबै साथिहरु घर जान्थे, रुइत भने होस्टेलमानै बस्थे। किनभने उहालाइ घर जान पनि टाढा पर्ने र बुबा पनि गरिबिको कारण उहालाइ लिन आइरहन नसक्नुहुने। यसरिनै उहाको वाल्यकाल र शिक्षा बित्यो। पछि उनि पढाइकै शिलशिलामा काठमांडौ आए। उनि र उनको बहिनी याङ्लासँगै होस्टलमा बस्थे। उनको बहिनी असध्यै मिठो गीत गाउथिन रे। होस्टलमानै उनको बहिनी बिरामी परे। ऊनिहरुसँग औसाधि किन्नलाइ पर्याप्त पैसा थिएन। त्यसैले उनिहरुलाइ उपचार गर्न नसकेर आफ्नै आखाको अगाडी बहिनीको मृत्यु देख्नु उहाहरुको लागि ज्यादै दुखनिय कुरा थियो। अस्पतालमा डाक्टरको मुखबाट अब यीनलाइ हामी केहि गर्न सक्दैन

साईला दाई र भाउजु

रानीभीरझै अटल र स्थिर अनि सावा र छरुङ्गा खोलाझै निरन्तर बगिरहने हाम्रो साईला दाई अनि साईली भाउजु। सम्झनाहरु अनगिन्ति छन्। तर यति भन्न सक्छु, सानोमा उहाहरजको न्यानो काख र छत्रछायाँ पाएको छु। उहाहरुको जोडि यसरीनै उदाहरणीय बनिरहोस, मेरो शुभकामना। दुख सुख त त्यस्तै हो, बिल गेट्सलाई पनि छ र बिनोद चौधरीलाई पनि छ। जे छ त्यसमानै खुशी हुनु सबैभन्दा ठुलो कुरा हो। जुन कुरा मैले उहाहरुसँग सिकेको छु।

गोर्खा सत्याग्रह आन्दोलनका अध्यक्ष ज्ञानराज राइसँग मेरो ३ मागहरु

  गोर्खा  सत्याग्रह  आन्दोलनका  अध्यक्ष ज्ञानराज राईसँग मेरो ३ मागहरु जुन मेरो मात्र नभएर सबै आम नेपालको हुनुपर्छ भन्ने लाग्छ। यी कुराहरुलाई जतिसक्दो चाडो संबोधन गर्न पहल गरिदिनुहुन आग्रह गर्दछु। १) बृटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति गर्ने बिधिबत प्रक्रियामा सुधार गर्न पहल गरियोस। बर्षेनी लाहुरे लाग्ने आकांक्षीहरुको संख्या २०,००० को हाराहारीमा भएपनि भर्ती चाहि एभरेजमा बल्ल ३५० जना लाग्न सफल हुन्छन्। भर्तीको प्रक्रिया पनि ज्यादै लामो छ। लगभग ६ महिना जति लाग्ने गर्दछ। यसरी गर्दा भर्ती लाग्नेहरुको त जेनेतेने करिअर बनियो, तर नलाग्नेहरुको करिअर चौपट हुने गर्दछ। न यताको न उताको। २) एजुकेसनको परिक्षा प्रणालीमा सुधार गरियोस। नेपाल भनेको अधिकांश गाउले भरिएको देश हो। गाउँ भन्नु बितिकै आर्थिक हिसाबले कमजोर मानिसहरू बस्ने ठाउँ हो। अहिलेको एजुकेसनको मोडालिटि हेर्दा त भर्ति लाग्न पनि बोर्डिङ स्कुल पढेको हुनुपर्ने देखिन्छ। ३) भर्तीको नाममा खोलिएका ट्रेनिङ सेन्टरहरु तुरुन्त बन्द गर्न पहल गरियोस। एकातिर यो ट्रेनिङ सेन्टरको परिपाटीले गरिबहरुलाईनै मारमा पारिरहेको छ भने अर्कोतिर ट्रेनिङ सेन्टरहरुले बिभि

अबको चुनाबमा एक यस्तो मान्छे चुनौ

लि क्वान युले सिंगापुर बनाए। महाथिर बिन मोहम्मदले मलेसिया बनाए। एकै जेनेरेसनमा तेस्रो विश्वबाट पहिलो विश्वमा आफ्नो देशलाई पुर्याए। दुबैजना पढाईमा अत्यन्तै अब्बल थिए। ली क्वानले लन्डनको फिट्जविलियम कलेजबाट लमा ग्राजुएसन गरेका थिए। उनी त्यो बेलाका कलेज टपर थिए। त्यसैले उनले Fitzwilliam's Whitlock Prize पनि प्राप्त गरेका थिए। पछि उनी Cambridge मा लका प्रोफेसर बनेका थिए। त्यस्तै, महाथिरले पनि स्कुल लेभलमा अत्यन्तै राम्रो मार्कस ल्याएको कारणले उनका परिवारले एमबिबिएस पढ्न सिंगापुर पठाएका थिए। उनले संगापुरको King Edward VII College of Medicin बाट ग्राजुएसन गरेका थिए। नेपालमा पनि कुलमान घिसिङ एक्लैले कसैले नसोचेको लोडसेडिङ हटाउन सफल भए। उनी पढाईमा अब्बल भएरनै स्कोलरसिप पाएर ईन्डियाबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङमा ग्राजुएसन गरेका थिए। राम्रो, पढेको, दिमाख भएको र भिजन भएको मान्छेको हातमा देश पर्यो भने त देश बन्न त टाईम नलाग्ने रहेछनी। त्यसैले अबको चुनाबमा कस्तो मान्छेको हातमा हाम्रो भबिष्यलाई सुम्पने हो, हाम्रो हातमा छ। केबल एक जना यस्तो मान्छे चुनौ, हाम्रो देश पनि तेस्रो विश्वबाट पहिलो विश्

Nepalese At Heart

I  came across with a really handsome man on my way to work who looks like a super model or an established hero from Bravery Hills. I plucked up my courage to ask him if he was an actor from Hollywood. He gently smiled & answered me back that he was none of them. He was just a Nepalese at heart.

Learn Something From Zyan Malik

The Nepalese people who are residing in the UK must learn something from Zyan Malik. He is also a Pakistani descendent British citizen. Three-fourth of the total population of girls of the world from Bollywood to Hollywood dream about him. Even You have the same platform to do so. Follow your dream & try to catch up that. Zyan is in the relationship with Gigi Hadid who was named International Model of the Year by the British Fashion Council in 2016. Over the span of four years, Hadid has made 35 appearances on international Vogue magazine covers. What an exemplary life he has!

A Tribute Song To My Parents

  शब्दहरु छैनन् मसँग  बर्णन गर्न मेरो बबा र आमालाइ  बाचुन्जेलसम्म दस नङ्ग्रा खियाउनुभयो  हामिलाइ हुर्काउनलाइ  म बिहान घास काट्न जाने बेलामा  आमा गोठमा दुध दुहुदै गरेकि हुन्थिन  फुर्सद  थिएन उहाको आराम गर्नलाइ  त्यहि गोठको जनवारहरुसँग बात मार्थिन    कहा बिर्सन सक्छु र बाबा  महि पार्दै हजुरले दुनाइ पढाउनुभको  घरको दुखहरुलाइ एक्लै सम्हालि  पढ्नलाइ स्कुल पठाउनुभको  आज हामिहरु जहा छौ  हजुरहरुकै देन हो हामिहरुले पाएका सबै कुराहरु  हजुरहरुकै आशिर्बाद हो  

खाल्डेमा किरात राइ यायोख्खा सन्तोस चाम्लिङको नेतृत्वमा गठन

  करिब साढे तीन सय बर्सदेखि पाचथर जिल्ला अन्तर्गत साबिक यासोक खाल्डे र अहिलेको कुम्माएक १ लाइ मुलथलो बनाएर बसिरहेका राइहरुले २०७७/०५/२९ का दिन किरात राइ यायोख्खाको गठन गरेका छन। यस कार्यसमिति भित्रका संरचना यस्तो रहेको छ।  अध्यक्ष: सन्तोस चाम्लिङ  उपाध्यक्ष: श्यामलाल चाम्लिङ  सचिब: दिपेन चाम्लिङ  सह सचिब: एजुन चाम्लिङ  कोसाध्यक्ष: मुस्कान लावती राइ  सदस्यहरु: टेकेन्द्र चाम्लिङ               खगेन्द्र चाम्लिङ               भिम कुमार चाम्लिङ               छगेन्द्र चाम्लिङ               दिल कुमारी राइ               सरिता राइ कार्यसमितिमा रहनुहुने सम्पुर्णलाइ हार्दिक बधाइ तथा शुभकामना। यहाहरुको कार्यकाल सफल बनोस। 

सिंगापुर लाहुरेले यस्तो चिठ्ठि लेखे, आफ्नो श्रीमतीको आत्महत्य पछि

 

म केहि पनि बुझ्दिन हजुर

म त सोझो मान्छे हजुर केहि जान्दिन अनि बुझ्दिन प्रचण्ड ठुलो होकि ओली मेरो भोक ठुलो होकि पार्टी केही पनि जान्दिन हजुर। हिजो खाली खुट्टा हिडने ओलीको आज बालकोटमा दुईवटा दरबार छ रे हिजो सानो बुकरोमा जन्मिएका दउवाको नारायणथानमा भयंकर ठुलो बंगला छ रे म केहि पनि जान्दिन हजुर देउवा ठुलो होकि पौडेल मेरो जिबन ठुलो होकी कुर्षि केहि पनि जान्दिन हजुर। मैले सुनेको अनि पढेको महाकाली,कोशि, टनकपुर सबै यीनैले बेचे अरे फगत आफ्नो स्वर्थको खातिरकैयौ चोटि परायसँग देशको अस्मिताको सौदा गरे रे तिनै आज महाराष्ट्रवादि हु भन्दै हुंकार गर्छन् रे म केहि पनि बुझ्दिन हजुर ज्ञानेन्द्र ठुलो होकी बिध्या देश ठुलो होकी ब्याक्ति केहि पनि बुझ्दिन हजुर। हिजो तिम्रै नेतृत्वमा सत्र हजारले ज्यान गुमाए तिम्रो आकर्षक परिबर्तनको नाराहरुमा नजाने कति सहिद बने प्रजातन्त्र, बहुदल, गणतन्त्र सबै आयो केबल भिन्नता देखियो त तिमीमा तिमी आज आलिसान महलमा छौ म त्यहि झुपडिमा, पापि पेटको लागि संघर्ष गरिरहेछु म केहि पनि जान्दिन हजुर प्रजातन्त्र ठुलो होकी गणतन्त्र जनता ठुलो होकी तिम्रो भत्किएको षिद्दान्त केहपनि जान्दिन हजुर।

आमा कबिता

 राष्ट्र कबि माधब प्रसाद घिमिरेको १०२ बर्षको उमेरमा देबहासन भएको यो दुखद घडिमा, उहा र आजभन्दा करिब  २ ३  बर्ष पहिले मेरो स्वर्गबास हुनुभएको मेरो आमामा समर्पित एउटा  कबिता लेख्ने प्रयास गरेको छु। स्विकारिदिनु होला।    आमा तिमिलाइ मैले नसम्झेको दिनै छैन  कहिले सुखमा सम्झे, कहिले दुखमा सम्झे  परदेशमा ननिदाएका रातहरुमा कोल्टे फेर्दा  तिम्रो न्यानो काखको अभाब महसुस गरे।   तिम्रो दुख त आफैले भोग्दा मात्र थाहा हुदो रहेछ  तिमि त सधै आफ्नो पिडा लुकाएर हास्ने गर्थ्यौ  तिम्रो दुख त त्यहि खेत बारिलाइ मात्र थाहा होला तिमि त सधै हाम्रो खुशिमा साथै रमाउने गर्थ्यौ।   दाउरा घाँस गएर बेलुकि घर फर्कन ढिलो हुदा  केहि भयोकि भन्दै सुर्ताउदै खोज्न जान्थौ  मृत्युसँग तिमी ओछ्यानमा जुध्दै गर्दा पनि  भोलिको हाम्रो भबिस्यलाइ लिएर न्यास्रो मान्थौ।   तिम्रो हातको मिठो खाना साझ खान पाउदा  दिनभरिको थकान पनि मेटिएझै लाग्ने गर्थ्यो जिबनका हर पाइलामा तिम्रो सान्तवना मिल्दा  हारलाइ आत्मसाथ गर्न पनि सहज हुने गर्थ्यो।   

मेरो आपा - एक महापुरुष

  आज नेपालीले श्रद्दा गर्ने दुई युग पुरुषहरु बिपि कोइराला र मनमोहन अधिकारीले आफ्नो जीवन कालमा कति जनता, देश र आफ्नै शिर निहुराउने कार्यहरु गरे होलान, जुन गौण छन् किनभने चन्द्रमाको उज्यालोमा त्यसको दागले खासै महत्व राख्दैन। तर मेरो आपा यस्यो ब्याक्ति हुनुहुन्छ जसले आफ्नो जीबन कालमा कुनै त्यास्तो काम गर्नुभएन जसले आत्म सम्मानमा आच आओस। त्यसैले मेरो लागि उहानै आदर्श र कालजयी ब्याक्ति हुनुहुन्छ। सबै महापुरुषहरुलाई दुनियाले चिनिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन। बस उहा मेरो र हाम्रो लागि हुनुहुन्छ।  मेरो बाजे (कोपा) को ११ जना छ्होराछोरिहरु मध्ये ८ भाइ चाहि छोराहरु हुनुहुन्छ। जसमा मेरो बाबा जन्तरे हुनुहुन्छ। मैले सुने अनुसार जन्तरे र अन्तरेको २०३० साल मंसिर ३० गते एकै लगनमा चेलि र माइतिको छोरिरहरुसँग मागि बिबाह सम्पन्न भयो। जुन बेलामा मेरो आपा १५ बर्सको र मेरो आमा १४ बर्सको हुनुहुन्थ्यो रे।  मेरो आमाको माइति अर्थात मेरो मावलीमा मेरो आमा एक्लो सन्तानको रुप्पमा हुनुहुन्थेछ त्यतिबेलाका मेरो कोपा कोकुको अरुपनि सन्तानहरु भएपनि बिभिन्न कारणले उहाहरुको देहान्त भएछ। मेरो आमा चाहि प्रकुमा अर्थात माहिलि

म यहाको आदिबासी हु

म भलै पिछाडिएको हौला   तर म यो देशको मुलबासी हु  जसले मलाइ गर्बको अनुभुति गराउछ  यो माटोमा मेरो पुर्खाको सुगन्ध आउछ  त्यहि खुश्बुले सिंचिएर, भाग्यहरु लहलाउछ  यहाका  खेत र बारिहरुले   उहाहरुकै पौरखलाइ झल्काउछ।   मेरो देशलाइ मुटुमा राखेर  मेरो आफ्नै संस्कृतिमा रमाउछु  मेरो इतिहासलाइ शिरोपर गर्दै  हिजोको बिरासतलाइ निरन्तर्ता दिन्छु दबाइएका ती मेरा आवाजहरु  फेरि सबैले सुन्ने गरि बुलुन्द पार्नेछु  खोसिएका ती मेरा नासोहरु, फेरि खोज्नेछु  कहिले नबिर्सने गरि धातुमा कुदेर  भोलिको सन्ततिलाइ हास्तान्तरण गर्नेछु।  कुनै काल खण्डमा, युद्दको जमना थियो   मेरा पुर्खाहरु युद्द कलामा माहिर थिए  त्यसैले त किरातिहरुले लामो समय सासन गरेका थिए   आज युग परिबर्तन भएको छ  अब कलमको लडाइ लड्नुछ  आर्टिफिसियल इन्टेलिजेन्ससँग हातेमालो गर्नुछ  दुर दराजमा यो कुरा पुर्याउनु छ  केहि समय त अबश्य लाग्ला  तर म यो लडाइ पनि जित्नेछु   किनभने म यहाको आदिबासी हु।   

खोइ कहा छ तिम्ले भन्ने गरेको रामराज्य?

सरकार तिम्रो शैली देख्दा त मस्तिस्कमा ननभेज कुराहरु अनायासै फुर्न थाल्दछन् मानौ, मेरो बैरि सामुन्ने छ र म वार कि पारको लडाइमा छु। यो बुद्धभुमिमा आज भस्मासुरहरुले राज्य गरिरहेछ कुनै समयको प्रस्ताबित शान्ति क्षेत्रबाट हिट्लर र स्टाइलिनको गन्ध आइरहेछ गरिबहरु भोकले गरिरहेका बेला यहा नेरोले बासुरि फुकिरहेछ जघन्य अपराधिहरु यहा सरकारकै संरक्षणमा स-सम्मान जेलबाट मुक्त भइरहेछन् न्याय बेचिएको छ यहा सबै कानुन भन्दा माथि छन दुख त निर्दोलाइ पो छ त यहा सिंह दरबारको कुर्सिहरुलाइ त न घामले छुन्छ न पानिलेनै। म बुझ्न सक्दिन खै म कुन युगमा बाचिरहेछु यहा जनता सरकारबाट अशुरक्षित छ सरकारले त पिछाडिएका बर्गको उत्थान गर्नुपर्ने हो तर बिडम्बना, तिनै निमुखाका बस्तिहरुमा सरकार बाटनै डोजर चलाएर उनिहरुमो बाच्ने अधिकार खोसिन्छ अनि भन्न मन लाग्छ खोइ कहा छ तिम्ले भन्ने गरेको रामराज्य?

Gurupurnima Special

नतमस्तक बनी सधै झुक्दछ मेरो शीर ज्ञानको दिप जगाउने ती महान गुरुहरु प्रती। जीबनका हरेक मोडमा मार्गदर्शन गरेर हौशला दीने ती मन्दिरहरुको गर्दछु सधै आरती। म कहाँ मान्छे बन्थे होला र तिम्रो आशिर्बाद नभइदिएको भए। अन्योलमानै जिबन बित्थ्यो होला आँखा खोलिदिने तिमी नभैदिए। तिम्रो त्यो कुशल कालिगरिमा म पत्थरबाट एउटा सुन्दर मूर्ति बने। तिम्रो सधै त्यो छत्रछायाँ पाएर जिबन र जनतको रहस्यलाई बुझे। जिबनका हर मुस्किलसँग सामना गर्न सिकाउने तमाम ती मेरा गुरुहरुको चरणामा स्पर्स गर्दछु। गुरु पुर्णिमाको यो अबसरलाई उपयोग गरी मेरा कुनै भुल गरेको भए माफि पनि माग्दछु।

I Witnessed Extra Territorial Activity

While I was doing meditation sitting on the veranda, I felt very shiny light coming down from the sky. Immediately after I opened my eyes up & looked up the sky, there was nothing besides moving white clouds. I wonder if that was so-called UFO. I just wish a blessing from God that the mysteries of the universe would unfold in my lifetime. Namaste to everyone.

Different Perspectives Of Yasok

जय बहादुर चेम्जोङ  हाम्रो गाउपालिका कुम्मायक गाउपालिकाको प्रमुख आदर्निय दाइ जय बहादुर चेम्जोङ दाइ ज्यु र एक नम्बर क्षत्रका अध्यक्ष देबेन्द्र लावती ज्युले यस क्षेत्रमा धेरैनै राम्रो काम गरिरहनुभएको छ। जय दाइलाइ चाहि म रार्मोसँग चिन्छु। उहा धेरै सरल मान्छे हुनुहुन्छ। हामीले पिपलबोटे स्कुलमा एउटा सानो प्रोग्राम गर्दा, उहा, त्यो बेलाको स्याबरुम्बा गाबिसको उपाध्य्क्ष र अध्यक्षलाइ अतिथिको रुपमा निमन्त्रणा दिएको थियौ। उहा हाम्रो निमन्त्रणालाइ सहर्स स्विकार गनुभै हाम्रो कार्यक्रममा आइदिनुभएको थियो भने अध्यक्ष ज्यु चहि कुनै जानकारी नदिएरनै अनुपस्थित हुनुहुन्थ्यो। उहा पहिलेदेखिनै धेरै डाउन टु अर्थ टाइपको ब्याक्ति हुनुहुन्थ्यो।  रानिगुफा  सबैलाइ सर्बबिदितै छ, खाल्डेको सिरानमा अबस्थित रानिभिरमा रानिगुफा रहेको छ। लिम्बु भासामा यसलाइ हाङ्मा फुकु भनिन्छ। यो गुफामा परापुर्व कालमा चेक्तेहाङ राजा र चेक्तेहाङमा रानि बस्ने गर्थे रे। अर्थात यसलाइ चेक्तेहाङ राजा र चेक्तेहाङमा रानिको दरबार पनि भन्न सकिन्छ। त्यसैले होला यो भिरको नाम पनि रानिभिर रहन गएको। मलाइ पनि त्यति धेरै कुराहरु यो बारेमा त था

रदिफगजल 'गोरेनीको बैस'

गोरेनी तिम्रो बैस देखेर आच्छु आच्छु हुन्छु आखिर मेरो पनि मनै न हो आदिमासु हुन्छु। देख्दानै कारेन्ट लाग्ने तिम्रो कामुक शरिरलाई घरिघरि परिकल्पना गरेरनै म भुतुक्कै हुन्छु।  अर्धनग्न शरिरमा ब्लोन्ड हेयरले कसि लगाउदा यी आखाहरुले स्पर्स गरेरनै म मदहोस हुन्छु। लाजलाई पनि मात खुवाउने तिम्रो अदा देखेर  जवानीलाइ शितलता मिलेको महशुसमा हुन्छु। त्यो बडिको सेन्टले मेरो इन्द्रियलाइ दर्शन दिदा मनै हराभरा भएर समाधिको यात्रामा हुन्छु।

मेरो दोस्रो काफिया गजल 'घामछाया'

अनुहारमा गजल 'घामछाया' भगवान तिमिले संसार हेर्नलाइ जिबन त दियौ जिबन सँगै बाच्नलाइ धेरै पिडाहरु पनि दियौ। तिम्रो मर्जि न हो, ओढ्नलाइ आकाश साझा बनाएर  धर्तिमा जिउनलाइ असमान भाग्यहरु पनि दियौ। थोरै खुशिको पार्नलाई बसन्तको कल्पना गरे पनि  निरास पार्नलाइ धेरै उझाड हिउदहरु पनि दियौ । निदाउनलाइ मिठा सपनाहरुको परिकल्पना गरि बेचैनी पारि तड्पाउनलाइ धेरै ऐठानहरु पनि दियौ। हर्षलाइ मनाउन थोरै मुस्कान अनुहारमा राखिदिदा शोक मनाउन आखामा झन धेरै आशुहरु पनि दियौ।

एउटा सार्थक अन्त्य

जिबन एउटा भोगाइ न रहेछ अनेकन संयोगहरुको पुन्ज शिलशिलेवार यो यात्रामा बाटामा कति साथिहरु भेटिन्छन जो सम्झनामा मुस्किलले भेटिन्छन् मस्तिस्कमा रहन्छन् त ती ब्यक्तिहरु  जो त्यसको लायक हुन्छन्। नहुनु सुरुवात भएपछि अन्त्य अबसंभाबी हुदोरहेछ हामीले आश्रय दिने धर्तिको त निश्चित आयु छ हामिले ओढ्ने आकश त एकदिन सकिन्छ हामी त झन केनै हौ र ? दुइ दिनको पाहुना मात्रै कहिलेसम्मको लागि हो कुनै टुंगो नभएको। मानिस न हौ हामी भेट हुदा खुशि लाग्ने रहेछ छुटिदा केहि दुख लाग्ने रहेछ तर तीनै सुरुवातहरुको सुखद अन्त्य हुदा बिदाइ पनि स्वाभाबिक लाग्दो रहेछ जसै सुर्यले आफ्नो धर्म निभाएर बेलुकी अस्ताउदा कुनै आनौठो लाग्दैन सायद त्यसैलाइ भन्छन् होला एउटा सार्थक अन्त्य।

Haiku & Muktak For Love

हाइकु तिम्रो काखमा सपना देख्न पाए केहि चाहिन्न। जिबन झुठो मृत्यु सास्वत सत्य के फुर्ति गर्नु। मुक्तक सुर्यको पराक्रमलाइ त बादलले पनि छेक्न सक्छ। समुन्द्रको गहिराइलाइ त गाणितले पनि नाप्न सक्छ। यो स्निग्ध हृदयले तिमीलाइ गरेको माया, न कुनै बादलले छेक्न सक्छ न कुनै गाणितले नाप्न सक्छ। आज फेरि अनायासै तिमीसँग धरानमा पहिलोपल्ट भेटेको याद आयो। बिजयपुर डाडाको चौतारीमा बसि तिमीसँग सुस्ताएको याद आयो। मंसिरको २५ गते तिमीलाइ रातो सारीमा रातै घुम्टो ओडाइ, तिम्रो सिउदोमा सिन्दुर भरी, सधैको लागि आफ्नो बनाएको याद आयो।

Learn Something From Newly Graduate Dr. Hemanta Rai

बिशेस गरेर हाम्रो समुदायका युबाहरुले लाहुरेमा मात्र आफ्नो करियर देख्ने गर्छन्। उमेरले भ्यायसम्म सबैकुरा त्यागेर भर्ति भिड्छन्। लागिहाले त करियर बन्छ, नलागेको खन्डमा जिबन्लाइ पुन ट्र्याकमा फर्काउन धेरैनै गह्रो हुनेगर्छ। यथार्थ यो पनि होकी लाहुरेमा पनि निश्चित कोटा हुने गर्दछु। अर्थात बर्षमा औसतमा ३०० जना जति मात्र भर्ति लिइन्छ। जसको लागि आकांक्षिहरु बर् सेनी करिब १५,००० हुने गर्दछन्। प्रतिसतमा हेर्ने हो भने, भर्ति हुनलाइ आबेदन दिएकाहरु मध्ये २ % को मात्र सपनाले मुर्तरुप लिने गर्छ। म कुनैबेला लाहुरे भिड्ने भाइहरुलाइ पढाउने गर्थे। यसै शिलशिलामा एकजना होनाहार भाइसँग भेट भयो चाबहिलको बीजिआरटिको ट्रेनिङ सेन्टरमा। उनि नेपालको टप कलेज यूनाइटेड एकेडेमीका उस्का ब्याचका टपर स्टुडेन्ट थिए। हेर्दा पनि ह्यान्डसम, जिउडाल सबै मिलेको र दिमाग पनि त्यस्तै, भाइ सबैकुराको आशिर्बादले भरिपुर्ण थिए। म बिचमा पढाउदा पढाउदै बिदेशिए। पछि थाहा पाए खै के काराणले, त्यस्तो राम्रो भाइ भर्ति हुन असफल भएछन्। मैले त उस्लाइ क्लासमा पनि भन्ने गर्थे, तिमी लाहुरे होइन, तिमी डाक्टर हुनुपर्छ। म यता आएको धेरै पछि फेरि बिचमा

Covers Of My Prototype Manuscripts

  I have nothing to lose in my life because I don't belong to a well to do family for sure. I didn't have sizeable dreams while I was doing my school. My wishes become variable with what I supposed to do in the course of time. I take on that I am the stargazer right from the beginning. I can't stand still being a goof-off, it's my proneness. Meanwhile, I made an effort for many things but there is no reckoning of knife and edge. Along with them, I attempted to be the wordsmiths but my execution might not be up to the mark. Here are the covers of my prototype manuscripts.

मेरो तीनवटा हाइकुहरु लेख्ने पहिलो प्रयास

फुलेर फुल सुगन्ध छर्नुपर्ने वइली झर्यो। पैसाले बैस तौलन मिल्ने भए धनिले किन्थे। झर्दछ आशु तिमीलाइ सम्झेर हरेक साझ।

मेरो पहिलो मुक्तक

सारा दुनियालाइ ढाटेपनि तिमिले।  झुठा कसमहरु खाएपनि तिमिले।  तिम्रो अनुहारमा लागेको दाग त,  ऐनालाइ पुछेर त पुछिन्न रहेछ। 

मेरो पहिलो काफिया गजल 'मन'

चाहाना त थियो मेरो पनि तिमिलाइ नारायणहिटिमानै राख्ने चाहेर मात्र के गर्नु, झरिमा म रोएको कसैले बुझ्दैन रहेछ।  यो शहरमा हरेक दिन तिम्रो खुशिहरु किन्न भौतारिरहन्छु  भौतारिएर मात्र के गर्नु, लड्दा उठाउने कोहि भेटिन्न रहेछ।    तिम्रा सारा अभिलाषाहरुलाइ सम्बोधन गरौ भनेर सोच्छु  सोचेर मात्र के गर्नु, उडेर चन्द्रमा छुन सकिन्दैन रहेछ।  तिमिलाइ कहिल्यै नदुखाउ भनेर सधै आफै बाचा गर्छु  बाचा गरेर मात्र के गर्नु, भगवानै बन्न त सकिन्न रहेछ। 

My Analysis On Present Political Scenario

The statement has been made by Sarita Giri & the position has given to Dr. Baburam Bhattarai in a newly formed political party both are strongly condemnable. Such types of projection, formation & public speech will surely lead to destruction. I wonder how she can say that Kalapani, Limpiyadhura & Lipulekh are not our lands in such a confident manner. If they really want to make an alternative party in Nepal as they have been arguing times & again, they have to give the right position to Bhattarai who has huge political height, vision & capability in Nepal & they have to pull about Sarita Giri straight away. If they can do so, that would be a great worthwhile for the party & the nation what I believe.

सृजना राइमा समर्पित गीत

मैले बाचेको संसार त्यति रंगिन त थिएन तैपनी तिमि यसमा सामिल हुन आइपुग्यौ। खुशिहरु त तिमीलाइ धेरै दिन सकिन होला तैपनि तिमि मेरो परिधिलाइ बुझेर रमायौ। म त दुखलाइ नजिकबाट स्पर्स गरिसकेको मान्छे तिमिलाइ मेरो बाटो अंगाल्न धेरै कठिन भयो होला। तिम्रा प्राय सबै इच्छाहरुसँग सम्झौता गर्नुपर्दा तिमिले धेरैचोटि आँखाका परेलीहरु रुझायौ होला। मैले तिम्रो सबै कुराहरु पुरा गर्न नसके पनि तिमीनै सधै मेरो पहिलो प्राथामिकतामा हुन्छौ। मैले सधै तिम्रो समर्पणको चर्चा नगरे पनि तिमी सधै मेरो हृदयमा बिराजमान हुन्छौ।

आपा र आमाको स्केच

आपा  र  आमाको  मिमीसँग  सँगै  खिचेको  एउटा  पनि  फोटो  रहेनछ।  हुनत  त्यो  बेलामा  खसै  फोटो  खिच्ने  जमना  पनि  थिएन।  त्यसैले  उहाहरुलाइ  सँगै  राखेर  एउटा  स्केच  बनाएको छु।  जहासम्म  मलाइ  लाग्छ,  तस्बिर  राम्राे  बनाएको  छु।  मेरो  आफन्तहरुले  पनि  मेरो  आपा  र  आमालाइ  बिर्सिसक्नुभयो  होला।  बिर्सनुभयो  भनेपनि  यहि  फोटो  हेरेर  नसम्झनु  होला.  मेरो  आपा र  आमा  र  आमामा  समर्पित  यो  स्केच। 

फेरि मेरो खुशि फर्काउनेछु

म शहरमा बसेर मेरो प्यारो गाउँलाइ सधै मिस गरिरहन्छु। म मेरो गाउँमा छदा ताराहरु गन्दै निदाउने मान्छे जुनसँगै पुलकित हुने मान्छे खोलासँगै झंकारित हुने मान्छे बर्खाको झरिसँगै रुझ्ने मान्छे आज खै के प्राप्ति गर्नलाइ मेरो कुनै साइनो नलाग्ने यो बिरानो ठाउँमा गुम्सिरहेछु भन्छन् स्याललाइ दशा लाग्यो भने शहर तिर पस्छ रे। गाउमा भालेको डाकसँगै उठ्ने म घर छोडेदेखि म बेटुङ्गो भएको छु कुनबेला बिहानी मुस्कुराउछ कुनबेला दिनले बिदाइ लिन्छ खै केहि थाहा हुन्न लगाम लगाएको घोडा जस्तै एकोहोरो भएको छु खुशिको त के कुरा गर्नु यहा उदासिनताले बितेका छन कयौ ननिदाएका रातहरु। यो शहरको रमझमले नछोएको मान्छे म एकदिन यी शहरका दुखहरुलाइ छाडेर मेरो त्यहि आफ्नो गाउँ फर्कनेछु त्यहि भिर पाखाहरुसँग रमाउनेछु त्यहि खोलाको पानिले शहरका सारा मैलाहरु पखालेर फेरि मेरो खुशि फर्काउनेछु।