म त सोझो मान्छे हजुर
केहि जान्दिन अनि बुझ्दिन
प्रचण्ड ठुलो होकि ओली
मेरो भोक ठुलो होकि पार्टी
केही पनि जान्दिन हजुर।
हिजो खाली खुट्टा हिडने ओलीको
आज बालकोटमा दुईवटा दरबार छ रे
हिजो सानो बुकरोमा जन्मिएका दउवाको
नारायणथानमा भयंकर ठुलो बंगला छ रे
म केहि पनि जान्दिन हजुर
देउवा ठुलो होकि पौडेल
मेरो जिबन ठुलो होकी कुर्षि
केहि पनि जान्दिन हजुर।
मैले सुनेको अनि पढेको
महाकाली,कोशि, टनकपुर सबै यीनैले बेचे अरे
फगत आफ्नो स्वर्थको खातिरकैयौ चोटि परायसँग
देशको अस्मिताको सौदा गरे रे
तिनै आज महाराष्ट्रवादि हु भन्दै हुंकार गर्छन् रे
म केहि पनि बुझ्दिन हजुर
ज्ञानेन्द्र ठुलो होकी बिध्या
देश ठुलो होकी ब्याक्ति
केहि पनि बुझ्दिन हजुर।
हिजो तिम्रै नेतृत्वमा
सत्र हजारले ज्यान गुमाए
तिम्रो आकर्षक परिबर्तनको नाराहरुमा
नजाने कति सहिद बने
प्रजातन्त्र, बहुदल, गणतन्त्र सबै आयो
केबल भिन्नता देखियो त तिमीमा
तिमी आज आलिसान महलमा छौ
म त्यहि झुपडिमा, पापि पेटको लागि संघर्ष गरिरहेछु
म केहि पनि जान्दिन हजुर
प्रजातन्त्र ठुलो होकी गणतन्त्र
जनता ठुलो होकी तिम्रो भत्किएको षिद्दान्त
केहपनि जान्दिन हजुर।
Comments
Post a Comment