गोर्खा सत्याग्रह आन्दोलनका अध्यक्ष ज्ञानराज राईसँग मेरो ३ मागहरु जुन मेरो मात्र नभएर सबै आम नेपालको हुनुपर्छ भन्ने लाग्छ। यी कुराहरुलाई जतिसक्दो चाडो संबोधन गर्न पहल गरिदिनुहुन आग्रह गर्दछु।
१) बृटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति गर्ने बिधिबत प्रक्रियामा सुधार गर्न पहल गरियोस। बर्षेनी लाहुरे लाग्ने आकांक्षीहरुको संख्या २०,००० को हाराहारीमा भएपनि भर्ती चाहि एभरेजमा बल्ल ३५० जना लाग्न सफल हुन्छन्। भर्तीको प्रक्रिया पनि ज्यादै लामो छ। लगभग ६ महिना जति लाग्ने गर्दछ। यसरी गर्दा भर्ती लाग्नेहरुको त जेनेतेने करिअर बनियो, तर नलाग्नेहरुको करिअर चौपट हुने गर्दछ। न यताको न उताको।
२) एजुकेसनको परिक्षा प्रणालीमा सुधार गरियोस। नेपाल भनेको अधिकांश गाउले भरिएको देश हो। गाउँ भन्नु बितिकै आर्थिक हिसाबले कमजोर मानिसहरू बस्ने ठाउँ हो। अहिलेको एजुकेसनको मोडालिटि हेर्दा त भर्ति लाग्न पनि बोर्डिङ स्कुल पढेको हुनुपर्ने देखिन्छ।
३) भर्तीको नाममा खोलिएका ट्रेनिङ सेन्टरहरु तुरुन्त बन्द गर्न पहल गरियोस। एकातिर यो ट्रेनिङ सेन्टरको परिपाटीले गरिबहरुलाईनै मारमा पारिरहेको छ भने अर्कोतिर ट्रेनिङ सेन्टरहरुले बिभिन्न बहानामा सोझा भाईहरुलाई लुट मच्चाइरहेका छन्। यो अत्यान्तै महंगो र नाफामुखि पनि छ। त्यस्तै यसले समाजमा विकृति पनि ल्याईरहेको छ।
See Less
Comments
Post a Comment