Skip to main content

एउटा सार्थक अन्त्य


जिबन एउटा भोगाइ न रहेछ
अनेकन संयोगहरुको पुन्ज
शिलशिलेवार यो यात्रामा
बाटामा कति साथिहरु भेटिन्छन
जो सम्झनामा मुस्किलले भेटिन्छन्
मस्तिस्कमा रहन्छन् त ती ब्यक्तिहरु
 जो त्यसको लायक हुन्छन्।

नहुनु सुरुवात भएपछि
अन्त्य अबसंभाबी हुदोरहेछ
हामीले आश्रय दिने धर्तिको त निश्चित आयु छ
हामिले ओढ्ने आकश त एकदिन सकिन्छ
हामी त झन केनै हौ र ?
दुइ दिनको पाहुना मात्रै
कहिलेसम्मको लागि हो
कुनै टुंगो नभएको।

मानिस न हौ हामी
भेट हुदा खुशि लाग्ने रहेछ
छुटिदा केहि दुख लाग्ने रहेछ
तर तीनै सुरुवातहरुको सुखद अन्त्य हुदा
बिदाइ पनि स्वाभाबिक लाग्दो रहेछ
जसै सुर्यले आफ्नो धर्म निभाएर
बेलुकी अस्ताउदा कुनै आनौठो लाग्दैन
सायद त्यसैलाइ भन्छन् होला
एउटा सार्थक अन्त्य।









Comments