Skip to main content

Haiku & Muktak For Love


हाइकु
तिम्रो काखमा
सपना देख्न पाए
केहि चाहिन्न।
जिबन झुठो
मृत्यु सास्वत सत्य
के फुर्ति गर्नु।
मुक्तक
सुर्यको पराक्रमलाइ त बादलले पनि छेक्न सक्छ।
समुन्द्रको गहिराइलाइ त गाणितले पनि नाप्न सक्छ।
यो स्निग्ध हृदयले तिमीलाइ गरेको माया,
न कुनै बादलले छेक्न सक्छ न कुनै गाणितले नाप्न सक्छ।
आज फेरि अनायासै तिमीसँग धरानमा पहिलोपल्ट भेटेको याद आयो।
बिजयपुर डाडाको चौतारीमा बसि तिमीसँग सुस्ताएको याद आयो।
मंसिरको २५ गते तिमीलाइ रातो सारीमा रातै घुम्टो ओडाइ,
तिम्रो सिउदोमा सिन्दुर भरी, सधैको लागि आफ्नो बनाएको याद आयो।

Comments