Skip to main content

मेरो पहिलो काफिया गजल 'मन'


चाहाना त थियो मेरो पनि तिमिलाइ नारायणहिटिमानै राख्ने
चाहेर मात्र के गर्नु, झरिमा म रोएको कसैले बुझ्दैन रहेछ। 

यो शहरमा हरेक दिन तिम्रो खुशिहरु किन्न भौतारिरहन्छु 
भौतारिएर मात्र के गर्नु, लड्दा उठाउने कोहि भेटिन्न रहेछ।   

तिम्रा सारा अभिलाषाहरुलाइ सम्बोधन गरौ भनेर सोच्छु 
सोचेर मात्र के गर्नु, उडेर चन्द्रमा छुन सकिन्दैन रहेछ। 

तिमिलाइ कहिल्यै नदुखाउ भनेर सधै आफै बाचा गर्छु 
बाचा गरेर मात्र के गर्नु, भगवानै बन्न त सकिन्न रहेछ। 

Comments