जय बहादुर चेम्जोङ
हाम्रो गाउपालिका कुम्मायक गाउपालिकाको प्रमुख आदर्निय दाइ जय बहादुर चेम्जोङ दाइ ज्यु र एक नम्बर क्षत्रका अध्यक्ष देबेन्द्र लावती ज्युले यस क्षेत्रमा धेरैनै राम्रो काम गरिरहनुभएको छ। जय दाइलाइ चाहि म रार्मोसँग चिन्छु। उहा धेरै सरल मान्छे हुनुहुन्छ। हामीले पिपलबोटे स्कुलमा एउटा सानो प्रोग्राम गर्दा, उहा, त्यो बेलाको स्याबरुम्बा गाबिसको उपाध्य्क्ष र अध्यक्षलाइ अतिथिको रुपमा निमन्त्रणा दिएको थियौ। उहा हाम्रो निमन्त्रणालाइ सहर्स स्विकार गनुभै हाम्रो कार्यक्रममा आइदिनुभएको थियो भने अध्यक्ष ज्यु चहि कुनै जानकारी नदिएरनै अनुपस्थित हुनुहुन्थ्यो। उहा पहिलेदेखिनै धेरै डाउन टु अर्थ टाइपको ब्याक्ति हुनुहुन्थ्यो।
रानिगुफा
सबैलाइ सर्बबिदितै छ, खाल्डेको सिरानमा अबस्थित रानिभिरमा रानिगुफा रहेको छ। लिम्बु भासामा यसलाइ हाङ्मा फुकु भनिन्छ। यो गुफामा परापुर्व कालमा चेक्तेहाङ राजा र चेक्तेहाङमा रानि बस्ने गर्थे रे। अर्थात यसलाइ चेक्तेहाङ राजा र चेक्तेहाङमा रानिको दरबार पनि भन्न सकिन्छ। त्यसैले होला यो भिरको नाम पनि रानिभिर रहन गएको। मलाइ पनि त्यति धेरै कुराहरु यो बारेमा त थाहा छैन। किंबदन्ति अनुसार यो गुफाको सुरुङ भने खाल्डेको पुच्छारमा, छरुङा खोलासँगै रहेको चमेरे गुफामा टुङ्गिन्छ भन्ने रहेको छ। यहि सुरुङ भएर राजा रानि छरुङा खोलामा नुहाउन झर्थे रे। यधपी यो सबै गहिरो खोजिको बिसय रहेको छ। जे भएपनि गाउपालिकाले यसको संरक्षणको निम्ति चार लाख बजेट छुट्याएर एतिहासिक काम अबस्य गरेको छ। यो कार्यको लागि जनताहरुले उचित मुल्यांकन त अबस्यनै गर्नेनै छन्। अझ बढि भाबि पुस्ताले यस कार्यको लागि सम्झिरहने छन।
पद्मसुन्दर लावती
नया युगका महापुरुषहरुले पुर्बमन्त्रि पद्मसुन्दर लावतीलाइ जति गालि गरेपनि यासोक र पुरै पाचथर बनाउने श्रेय भने उहालाइनै जान्छ। उहाकै पालामा यासोकमा स्कुल, स्वास्थ्या चौकि, बिजुली, टेलिफोन र अन्या बिबिध सेवाहरु यासोकमा आएको थियो। म जहा गएपनि मेरो परिचय गराउनु पर्दा म पद्मसुन्दर लावतीको गाउको मान्छे हो भन्दा मलाइ थप परिचयको आबश्यकता पर्दैन। मेरो बाबाले भन्नुभए अनुसार उहाको अद्भुत स्मरण गर्ने क्षमता थियो रे। उहाले एकचोटि चिनेको मान्छे कहिल्यै बिर्सनुहुन्न थियो रे।
Comments
Post a Comment