Skip to main content

Learn Something From Newly Graduate Dr. Hemanta Rai


बिशेस गरेर हाम्रो समुदायका युबाहरुले लाहुरेमा मात्र आफ्नो करियर देख्ने गर्छन्। उमेरले भ्यायसम्म सबैकुरा त्यागेर भर्ति भिड्छन्। लागिहाले त करियर बन्छ, नलागेको खन्डमा जिबन्लाइ पुन ट्र्याकमा फर्काउन धेरैनै गह्रो हुनेगर्छ। यथार्थ यो पनि होकी लाहुरेमा पनि निश्चित कोटा हुने गर्दछु। अर्थात बर्षमा औसतमा ३०० जना जति मात्र भर्ति लिइन्छ। जसको लागि आकांक्षिहरु बर्सेनी करिब १५,००० हुने गर्दछन्। प्रतिसतमा हेर्ने हो भने, भर्ति हुनलाइ आबेदन दिएकाहरु मध्ये २ % को मात्र सपनाले मुर्तरुप लिने गर्छ।

म कुनैबेला लाहुरे भिड्ने भाइहरुलाइ पढाउने गर्थे। यसै शिलशिलामा एकजना होनाहार भाइसँग भेट भयो चाबहिलको बीजिआरटिको ट्रेनिङ सेन्टरमा। उनि नेपालको टप कलेज यूनाइटेड एकेडेमीका उस्का ब्याचका टपर स्टुडेन्ट थिए। हेर्दा पनि ह्यान्डसम, जिउडाल सबै मिलेको र दिमाग पनि त्यस्तै, भाइ सबैकुराको आशिर्बादले भरिपुर्ण थिए। म बिचमा पढाउदा पढाउदै बिदेशिए। पछि थाहा पाए खै के काराणले, त्यस्तो राम्रो भाइ भर्ति हुन असफल भएछन्। मैले त उस्लाइ क्लासमा पनि भन्ने गर्थे, तिमी लाहुरे होइन, तिमी डाक्टर हुनुपर्छ। म यता आएको धेरै पछि फेरि बिचमा भाइसँग फेसबुकमा कुरा भयो, भाइले म फिलिपिन्समा डक्टर पढ्दैछु भन्यो। सुनेर धेरै खुशि लागेको थियो। आज धेरैपछि फेरि उनको BS, MD, EAC-SOM सकेर ग्राजुयट भएको फोटो सहित फेसबुकमा स्टाटस हेर्न र देख्न पाइयो। खुशिको कुनै सिमानै बाकि रहेन। धेरै धेरै बधाइ तथा शुभकामना डा हेमन्त राइ भाइ। आउने दिनहरुमा पनि यस्तै प्रगतिको समचारहरु निरन्तररुपमा पढ्न, सुन्न र देख्न पाइयोस। अब तिमीले हाम्रो समाजमा पैसाको अभाबमा रोग पालेर बर्सौदेखि मृत्युलाइ कुरेर बसेका मानिसहरुको लागि डा. सन्दुक रुइत र डा. गोबिन्द केसि जस्तै भगवान बन्नुपर्छ।


मेरो बिचारमा हेमन्त भाइबाट हाम्रो समुदायका युबाहरुले धेरै कुरा सिक्न सक्नुपर्छ जस्तो लाग्छ। लाहुरे पनि एउटा राम्रो करीयरको च्वाइस भएतापनि अरु पनि धेरै त्यो भन्दा राम्रा बिकल्पहरु छन। अब तपाइहरुले आफ्नो रुचि र सामर्थ्यालाइ मुल्यांकन गरेर अगाडि बढ्नुहोला। सबैमा मेरो शुभकामना।

Comments

Popular posts from this blog

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  Thank you ALL!

A brief summary of Yashok and its pictures

Yashok is small in size yet it is very beautiful. It is in the west of Panchthar district. It is the second famous place after Phidim in Panchthar.  Recently, it was connected with roads. If you wanna go Yashok, there are 4 ways to get; one from Ranke, another from Phidim, next one from Mauwa and last one from Tehrathum. There are two internationally renown holly places namly Kusayak and Kumayak. It is considered as one of the sacred places in Nepal as Pathivara Mandir in Taplejung. It is also the center of many vdcs. It is also famous for Trishala Mela. It happens in the interval of every three years periods for three days. At this time, many progarams are organized. People not only come here from inside Nepal but also people come from all over the world at that time and they especially, worship Kusayak and Kumabayak at that time. In short,  it is the landmark of Panchthar. People love its eternal untamed beauty and we love its prosperity. Up with Yashok B

Unsafe Nepalease Sky

Cpt. Paras Kumar Rai So shattered by the news of plane crash at Lukla Tenzing Hilary airport in Solukhumbu. In which plane crash, pilot Paras Rai and co-pilot  Srijan Manandhar of Goma Air cost their lives and air hostess Pragya Maharjan was injured to death. My heartfelt condolences go to Cpt Paras Rai and co-pilot Srijan Manandhar and pray for the rapid recovery of Pragya Maharjan. Co-Pilot Shrijan Manandhar Every year, we have been losing couples skillful pilots by buying the second handed planes and helicopters from the European countries. Not only we lose the pilots but also we lose the crews of the plane s and helicopters and its boarded passengers. Many surveys have shown that the sky of Nepal is not safe for the flight. But the government has not made any concrete plan for it yet. Air Hostess Pragya Maharjan It's very expensive to study the pilot course for the students who want to do it. For this, we need to go abroad because we don´t have this