Skip to main content

Gurupurnima Special

नतमस्तक बनी सधै झुक्दछ मेरो शीर
ज्ञानको दिप जगाउने ती महान गुरुहरु प्रती।
जीबनका हरेक मोडमा मार्गदर्शन गरेर
हौशला दीने ती मन्दिरहरुको गर्दछु सधै आरती।
म कहाँ मान्छे बन्थे होला र
तिम्रो आशिर्बाद नभइदिएको भए।
अन्योलमानै जिबन बित्थ्यो होला
आँखा खोलिदिने तिमी नभैदिए।
तिम्रो त्यो कुशल कालिगरिमा
म पत्थरबाट एउटा सुन्दर मूर्ति बने।
तिम्रो सधै त्यो छत्रछायाँ पाएर
जिबन र जनतको रहस्यलाई बुझे।
जिबनका हर मुस्किलसँग सामना गर्न सिकाउने
तमाम ती मेरा गुरुहरुको चरणामा स्पर्स गर्दछु।
गुरु पुर्णिमाको यो अबसरलाई उपयोग गरी
मेरा कुनै भुल गरेको भए माफि पनि माग्दछु।

Comments