सरकार तिम्रो शैली देख्दा त
मस्तिस्कमा ननभेज कुराहरु
अनायासै फुर्न थाल्दछन्
मानौ, मेरो बैरि सामुन्ने छ
र म वार कि पारको लडाइमा छु।
यो बुद्धभुमिमा आज
भस्मासुरहरुले राज्य गरिरहेछ
कुनै समयको प्रस्ताबित शान्ति क्षेत्रबाट
हिट्लर र स्टाइलिनको गन्ध आइरहेछ
गरिबहरु भोकले गरिरहेका बेला
यहा नेरोले बासुरि फुकिरहेछ
जघन्य अपराधिहरु यहा सरकारकै संरक्षणमा
स-सम्मान जेलबाट मुक्त भइरहेछन्
न्याय बेचिएको छ यहा
सबै कानुन भन्दा माथि छन
दुख त निर्दोलाइ पो छ त यहा
सिंह दरबारको कुर्सिहरुलाइ त
न घामले छुन्छ न पानिलेनै।
म बुझ्न सक्दिन
खै म कुन युगमा बाचिरहेछु
यहा जनता सरकारबाट अशुरक्षित छ
सरकारले त पिछाडिएका बर्गको
उत्थान गर्नुपर्ने हो
तर बिडम्बना, तिनै निमुखाका बस्तिहरुमा
सरकार बाटनै डोजर चलाएर
उनिहरुमो बाच्ने अधिकार खोसिन्छ
अनि भन्न मन लाग्छ
खोइ कहा छ तिम्ले भन्ने गरेको रामराज्य?
Comments
Post a Comment