आज नेपालीले श्रद्दा गर्ने दुई युग पुरुषहरु बिपि कोइराला र मनमोहन अधिकारीले आफ्नो जीवन कालमा कति जनता, देश र आफ्नै शिर निहुराउने कार्यहरु गरे होलान, जुन गौण छन् किनभने चन्द्रमाको उज्यालोमा त्यसको दागले खासै महत्व राख्दैन। तर मेरो आपा यस्यो ब्याक्ति हुनुहुन्छ जसले आफ्नो जीबन कालमा कुनै त्यास्तो काम गर्नुभएन जसले आत्म सम्मानमा आच आओस। त्यसैले मेरो लागि उहानै आदर्श र कालजयी ब्याक्ति हुनुहुन्छ। सबै महापुरुषहरुलाई दुनियाले चिनिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन। बस उहा मेरो र हाम्रो लागि हुनुहुन्छ।
मेरो बाजे (कोपा) को ११ जना छ्होराछोरिहरु मध्ये ८ भाइ चाहि छोराहरु हुनुहुन्छ। जसमा मेरो बाबा जन्तरे हुनुहुन्छ। मैले सुने अनुसार जन्तरे र अन्तरेको २०३० साल मंसिर ३० गते एकै लगनमा चेलि र माइतिको छोरिरहरुसँग मागि बिबाह सम्पन्न भयो। जुन बेलामा मेरो आपा १५ बर्सको र मेरो आमा १४ बर्सको हुनुहुन्थ्यो रे।
मेरो आमाको माइति अर्थात मेरो मावलीमा मेरो आमा एक्लो सन्तानको रुप्पमा हुनुहुन्थेछ त्यतिबेलाका मेरो कोपा कोकुको अरुपनि सन्तानहरु भएपनि बिभिन्न कारणले उहाहरुको देहान्त भएछ। मेरो आमा चाहि प्रकुमा अर्थात माहिलि पर्नुहुन्थेछ। त्यसरि एउटै मात्र सन्तान भएकोलाइ पनि बिदा गर्नुपर्दा कोपा कोकुको कति चित्त दुख्यो होला। कल्पना मात्र गर्न सकिन्छ, महसुस गर्न सकिन्न।
कलिलै उमेरमा बिबाह त भयो, अगाडि भबिस्य डल्लै बाकिनै छ। बिबाह गरेकोमा केहि बर्स पश्चात उहाहरुले छुट्टिएर अलग्गै गरि खाने निर्णय गर्नुभएछ। यधपि चुनौतिहरु धेरै थिए होलान त्यो बेलामा। त्यहि पनि अपरिपक्व उमेर। कोपाको गाउमा धेरैनै जग्गा जमिन भएपनि कोपाको चाहाना बिपरित हाम्रो आपा आमा छुट्टिएको हुदा सुरुवाति दिनहरुमा केहि दुखहरु झेल्नुभएछ। तर मावलीको एक्लो सन्तान भएकोमा हुदा, मावलीबाट धेरैनै सहयोगहरु पाउनुभएछ। मेरो मावलीको दुइ ठाउमा बारिहरु छ। एउटा घरकै वरिपरि छ भने एउटा चाहि अलिक तल छ, जुन मेरो आपा आमा छुट्टिएर पहिले बसेको नजिकै छ। जसलाइ तल्लो बारि पनि भन्ने गरिन्छ, त्यो चाहि मेरो आमाको नाममा थिएछ। छुट्टिएको सुरुवाती दिनहरुमा त्याहाको मकै सबै मावाली कोपाले छोरि ज्वाइको घरमा लेइदिनुहुन्थ्यो रे।
पछि मेरो आपाको अंश अर्कै ठाउमा पर्यो र, कटहरबोटेतिर झर्नुभएछ। जुन खाल्डेको पुच्छारमा पर्दछ। त्यहि हाम्रो जन्म भयो। पछि मेरो मावली कोपालाइ छोरा नभएको कारण अरु दाजुभाइले हेप्ने भएकाले, मेरै आमाको सल्लाह बमोजिम कोपाले दोस्रो बिबाह गर्नुभएछ। कान्छि कोकुबाट ४ जना छोराहरु अर्थात मामाहरुको जन्म भयो। मेरो कोपा र आमा पाट्टिको कोकुको अल्पायुमानै स्वर्गबास भयो। कान्छि कोकु अझै हुनुहुन्छ। हाम्रो आमाको पनि ४० बर्सको कलिलो उमेरमानै स्वर्गबास भयो। आमाको मृत्यु पछाडि घरमा केहि दुखहरु भए। म लगाएत भाइहरु सानै थियौ। कमेरो आमाले भन्ने गर्नुहुन्थ्यो रोटेपिङको पिरा कहिले माथि पुग्छ त कहिले तल। त्यसरिनै बिस्तारै हाम्रो पनि राम्रो दिनहरु शुरुभयो। हामिहरु धरान झार्यौ। पहिलेको मावलीले लगाएको गुनलाइ बिर्सन नसकि हाम्रो बारिको आम्दानी सबै मावलीलाइ जाने प्रबन्ध मिलाइदिनुभयो। आमाको नामको तल्लोबारिको जग्गा पनि मामाको नाममा नामसारि गरिदिनुभयो आपाले। हुनत आमाको पनि इच्छा थियो होला त्यो जग्गा माइतिकै नाममा नामसारि गरिदिने। किनभने माइतिले पछि दुख पाउछ भनेर। मेरो आपाले सो कुरा पुरा गरिदिनुभयो। यी सबै कुराहरु गरिसकेर मेरो आपाको पनि ५७ बर्सकै अल्पायुमा निधन भयो। तर उहाले आफ्नो स्वाभिमान र मर्यादा माथि कहिल्यै कसैलाइ पनि अउला उठाउने ठाउँ दिनुभएन।
आज मान्छे सम्पतिको लागि आफ्नो बिरानो भन्दैन। जे पनि गर्न तत्पर रहन्छ। तर मेरो आपाले अनैतिक सम्पतिको लागि आफ्नो धर्म कहिल्यै बेच्नुभएन। घरमा आपा आमा पालै पालो बिरामी हुनुभयो। उपचारको खातिर नेपालको बिभिन्न शहरहरु जानुभयो। तर कसैको एक रुपैया रिण लिनुभएन। त्यसैले मेरो आपा एक आदर्श पुरुष मात्र नभएर मेरो लागि संसारकै महापुरुस हुनुहुन्छ। बाचुन्जेलसम्म सधै म मेरो आपाको पदचापलाइ पछ्याइरहनेछु। र मेरो छोराछ्होरिहरुलाइ पनि सोहि कुरा सिकाउनेछु। मेरो आपा आमालाइ धेरै धेरै माया अनि श्रद्दा।
Comments
Post a Comment