म भलै पिछाडिएको हौला
तर म यो देशको मुलबासी हु
जसले मलाइ गर्बको अनुभुति गराउछ
यो माटोमा मेरो पुर्खाको सुगन्ध आउछ
त्यहि खुश्बुले सिंचिएर, भाग्यहरु लहलाउछ
यहाका खेत र बारिहरुले
उहाहरुकै पौरखलाइ झल्काउछ।
मेरो देशलाइ मुटुमा राखेर
मेरो आफ्नै संस्कृतिमा रमाउछु
मेरो इतिहासलाइ शिरोपर गर्दै
हिजोको बिरासतलाइ निरन्तर्ता दिन्छु
दबाइएका ती मेरा आवाजहरु
फेरि सबैले सुन्ने गरि बुलुन्द पार्नेछु
खोसिएका ती मेरा नासोहरु, फेरि खोज्नेछु
कहिले नबिर्सने गरि धातुमा कुदेर
भोलिको सन्ततिलाइ हास्तान्तरण गर्नेछु।
कुनै काल खण्डमा, युद्दको जमना थियो
मेरा पुर्खाहरु युद्द कलामा माहिर थिए
त्यसैले त किरातिहरुले लामो समय सासन गरेका थिए
आज युग परिबर्तन भएको छ
अब कलमको लडाइ लड्नुछ
आर्टिफिसियल इन्टेलिजेन्ससँग हातेमालो गर्नुछ
दुर दराजमा यो कुरा पुर्याउनु छ
केहि समय त अबश्य लाग्ला
तर म यो लडाइ पनि जित्नेछु
किनभने म यहाको आदिबासी हु।
Comments
Post a Comment