सुदुर पुर्ब कंचनजंगाको काखमा अबस्थित ओलाङचुङगोला जस्तो बिकट गाउ जहा आज पनि गाडिको बाटो पुगेको छैन होला, त्यहि जन्मनु भएका आखाका डा सन्दुक रुइतको जिबनबाट यहि कुरा सिक्न सकिन्छ। उहालाइ God Of Sight को नामले पनि चिनिन्छ। जब उनि सानो हुनुहुन्थ्यो, उहाको गाउमा पढ्नको लागि स्कुलहरु थिएनन्। त्यसैले उनको बुबाले १४ दिनको बाटो हिडाएर उहालाइ पढ्नको लागि दार्जिलिङ लानुभयो। दार्जिलिङ जाने क्रममा बाटोमा कति रातहरु त ओडारमानै बास बस्दै जानुभयो। छुट्टीमा उहाका सबै साथिहरु घर जान्थे, रुइत भने होस्टेलमानै बस्थे। किनभने उहालाइ घर जान पनि टाढा पर्ने र बुबा पनि गरिबिको कारण उहालाइ लिन आइरहन नसक्नुहुने। यसरिनै उहाको वाल्यकाल र शिक्षा बित्यो। पछि उनि पढाइकै शिलशिलामा काठमांडौ आए। उनि र उनको बहिनी याङ्लासँगै होस्टलमा बस्थे। उनको बहिनी असध्यै मिठो गीत गाउथिन रे। होस्टलमानै उनको बहिनी बिरामी परे। ऊनिहरुसँग औसाधि किन्नलाइ पर्याप्त पैसा थिएन। त्यसैले उनिहरुलाइ उपचार गर्न नसकेर आफ्नै आखाको अगाडी बहिनीको मृत्यु देख्नु उहाहरुको लागि ज्यादै दुखनिय कुरा थियो। अस्पतालमा डाक्टरको मुखबाट अब यीनलाइ हामी केहि गर्न सक्दैनौ, घर लगे हुन्छ भनेको सुन्नु मेरो जिबनको सबैभन्दा पिडादायी क्षण थियो। मलाइ त बरु आफु मरेर भएपनि बहिनिलाइ बचाउन चाहान्थे। मैले पछिल्लो पटक बहिनिलीलाइ देख्दा उनि आमाको पसलमा लुगा बेच्दै थिइन। उनि यति धेरै दुब्लाएकी थिइन कि उन्लाइ देख्दैमा मन भेरेर आउथ्यो। क्षय रोगले उनको फुकिढल शरिर भएको थियो भने दुबै आखा पिर्लिक्क बाहिर आएका थिए। उनको शरिर एकदमै कालो भएको थियो, उनी एकदमै थकित देखिन्थिन, बिस्तारै बोल्थिन तैपनि उनि मुस्कुराउन खोज्थिन तर सक्थिनन्। तर मलाइ भित्र लाग्थ्यो अब उनको अन्तिम घडि आएको छ। उनलाइ हेर्दा मलाइ लाग्थ्यो, उनले अब म धेरै बाच्दिन भनेर मृत्युलाइ चुपचाप स्विकारी सकेकी छिन। उनि असाध्यै नाजुक अबस्थामा थिइन। उनी दाजु म असाध्यै गलेको छु भन्थिन, तर मैले उनलाइ गर्नसक्ने केहि थिएन। सन्दुक भोलिपल्ट काठमांण्डौ परिक्षा दिन जानुपर्ने थियो। उनि भने परिक्षा दिन जाने होकि नजाने हो, दोधारमा थिए। यदि परिक्षार दिन नजाने हो भने, अर्को एक बर्स कुर्नुपर्ने थियो। सन्दुकले बहिनिको हात समातेर आफ्नो टाउकोमा राखे। बहिनीले डाजुको आखामा हेरेर भने, दाजु म साके तिमिलाइ कहिल्यै देख्न नपाउला। तिमिले आफ्नो जिबनमा राम्रो काम गरेस। त्यो बहिनिको हेराइमा आशा हिनता र आत्मसमर्पणको उदास भाब थियो। दाजु म जस्ता मानिसको जिबनमा मद्दत गर्न तिमिले केहि गर्नै पर्छ। त्यो सन्दुकको जिबनमा अबिस्मरणिय क्षण बन्यो।
आज उनले १,००,००० भन्दा बढिको आखाको अपरेसन गरेर ज्योति दिएका छन। त्यो पनि अति कम मुल्यमा। सुरुमा रतन्धोको उपचार गर्न एकदमै महङ्गो थियो। गरिबहरुले अफोर्ड गर्न सक्दैनन थिए। एकदमै जटिल पनि थियो। त्यसैले उनि दिन रात त्यसलाइ कसरि सबैको पहुच पुग्ने खालको बनाउने भन्ने कुरामा घोत्लिरहन्थे। त्यसैले उनले उनले सुरुमा ईन्ट्रा अकुलर लेन्सको कन्सेप्ट अगाडि सारे। एकपटक WHO को नेपालबाट सेमिनार हुदा उनले उनको कन्सेप्ट बारे बोले, तर उनलाइ त्यहाका बिद्वानहरुने यो हुनै नसक्ने कुरा भनेर धज्जि उडाए। उनि त्यो कुराले थोरबहुत हतास पनि बने। तर एकदिन उहाले आखा चिम्लेर सोचे, सोच्दखेरि उहाको भित्रि मनले सम्भब छ भनेको सुने। त्यसैले उनि आफ्नो कर्ममा लागिरहे। आज ती हिजो गालीगर्ने WHO उनिसँग सहकार्य गर्न लालयित छ। युरोप अमेरिका जस्ता बिकसित देशका मानिसहरु उनिकहा अर्थात तीलगंगा आखा अस्पतालमा उपचार गर्न मानिसहरु आउछन। तीलगंगाले बनाएको Intra Ocular lens आज बिश्वका बिभिन्न देशहरुमा निर्यात हुन्छ। त्यसैले तपाइको लक्ष्य सहि छ भने, दुनियाले जे भनेपनि निरन्तररुपमा लागिरहनुभयो भने अबस्य तपाइको जीत हुन्छ।
सन्दुक रुइत भन्नुहुन्छ, लक्ष्य ठुलो होस या सानो त्यो एउटै माअन्छेबाट सुरु हुन्छ। उदाहरणको रुपमा उहको अलवा कुलमान घिसिङ, महाबिर पुन, महाथिर बिन महोम्मद, ली क्वान यु र स्टिभ जब्स जस्ता महान ब्यक्तिहरुलाइ लिन सकिन्छ। त्यसैले तपाइहरुले जिबनमा कहिल्यै हारेस नखानुहोस।
Comments
Post a Comment