सूर्य उदाउदा चब अस्ताउदा एउटै रंग हुन्छ।सायद प्रकृतिको नियम सबैमा एउटै हुन्छ होला सात अरब जनसंख्या भएको यो संसारमा।बाचुन्जेल अनेकन दुखहरु गर्यो, अकल्पनिय पिडाहरु सहयो अनि नानाथरि सपनाहरु बुन्यो।आखिर मर्नेबेलामा एक्लै खालिहात जानुछ भोलि। मर्ने पनि को कतिबेला भन्ने कसैलाइ थाहा छैन।तर बाचुन्जेल सकारात्मक भएर बाच्नुपर्ने बाध्यता रहेछ।त्यसैले आज म भने तपाइहरुलाइ डुइवटा मलाइ मनपर्ने कुराहरु शेएर गर्न गैरहेकोछु।आशा गर्छु तपाइहरुलाइ पनि मन पर्छ होला।
पहिलो कुरा चाहि यस्तो रहेको छ।हुनत मेरो बाबा अझै पनि हुनुहुन्छ जस्तो लाग्छ किनभने उहाका हरेक कुराहरु मेरो मानस्पटलमा आकाशका ग्रह उपग्रहरुझै अमिट भएर बसेका छन।तर यथार्थ भने उहाले छाडेर जानुभएको पनि सात बर्ष जति भैसकेको छ।एकदिन उहालाइ धरानमा लुगा सिलाउने छिमेकि दाइले भन्नुहुन्थ्यो रे, मेरो त सबै छोरा छोरिहरु अपांग छन्। उहालाइ यो कुरा सुनेर धेरैनै अचम्म लाग्यो रे।र दोहोर्याएर उहाले फेरि त्यो लुगा सिलाउने दाइलाइ सोध्नुभएछ, साच्चिकै त्यस्तै होत भनेर।जवाफमा दाइले मुस्कुरौदै जवाफ दिनुभयो रे, अपांग भनेको केहि काम गर्दैनन् भनेको भनेर।आर्थात् उहाको भनाइको तात्पर्य सबै छोरछोरिहरु बिग्रिए भन्ने हुन्छ।यसको मोरल अर्थ हुन्छ तपाइ सपांग भएर पनि केहि गर्न सक्नुभएन भने, तपाइ अपांग सोसरह हुनुहुन्छ।तर हाम्रो समाजमा कतिपय उदाहरणहरू यस्ता पनि छन्, जहा सपांगहरुले गर्न नसकेका काम अपांगहरुलेगरिरहेका छन। त्यसैले उहाहरु सपांग बर्गमा पर्नुभयो।
त्यसैले सपांग र अपांग शारिरीक बनावटले होइन।, तपाइहरुले गर्ने कर्मले गर्छ।
अर्को कुरा चाहि यस्तो रहेको छ। मान्छेहरु दुनियामा दुइकुराहरुले चिनिन्छन अरे जुन गाउघरतिर बुढाबुढिहरुको मुखबाट अक्सर सुन्न पाइन्छ। एक पुल बनाएर र अर्को भने पुला भत्काएर। चोइस तपाइहरुको अगाडि छ कुन बाटो अख्तियार गर्ने भनेर। यसको उदाहरण रुपमा भगवान बुद्द र वसमा बिन लादेनलाइ लिन सक्नुहुन्छ। दुबैलाइ नचिन्ने यो संसारमा कोहिपनि छैन होला। एकले संसारलाइ सारा दुख कस्टको मोक्षको बाटो देखाए भने अर्कोले संसारलाइ बिनास गर्नतर्फ उद्दत भए। दुबैलाइ संसारले चिनेपनि दुबैलाइ हेर्ने दृष्टिकोणमा भने ब्यापक फरक छ। हामिहरु यो संसारमा दुइदिनका पाहुनाहरू हौ।त्यसैले राम्रोनै गर्न नसकेपनि कमसेकम नराम्रो चाहि नगरौ।
आशा छ, तपाइहरुलाइ पनि मेरो यी डुइ कुराहरुले छोयो होला। तपाइहरु सबैको भलो होस।
Comments
Post a Comment