चरम गरिबी र ज्याला मजदुरी गरेर परिवार पाल्ने घरको मुलिनै बिरामि परेर राम्रो उपचार नपाउदा शानिबार बिहान ४० बर्षको राजेश श्रेस्ठको उमेरमा निधन भयो। नक्सालमा बस्दै आएका उनि तिन सन्तानका पिता थिए। उनका श्रीमती २७ बर्षिय रिना श्रेस्ठका अनुसार लास उठाउनलाइ पैसा नभएपछि, छिमेकिहरुसग हार गुहार गरि ४,५०० रुपैया जम्मा गरिन। श्रीमानलाइ घाटसम्म पुर्याउन र सहयोग जम्मा गर्न पनि कोरोनाभाइरसको कारणले भएको लकडाउनले हदैसम्मको समस्या पार्यो। बल्लतल्ल घाटसम्म त लगियो तर अन्त्यास्टिको लागि पैसा पुगेन। ४,५०० मा २,००० सब बाहानलाइ दिइसकेको थियो। घाटमा पनि सब जलाउनेको स्तर हुदो रहेछ। सबैभन्दा तल्लो स्तरको ६,००० रुपैयाँ लाग्ने रहेछ भने यता बिधुतिय शब ग्रिहमा ४,००० रुपैया लाग्ने रहेछ।
उनिसग त्यति रकम नभएको कारण केहि पत्रकारहरुको सहयोगले पशुपति बिकास कोषको निर्देशक डा घनश्याम खातिवडा कल गरियो। उहाले हुन्छ भन्ने जवाफ दिए। तर त्यहाका कर्मचारिले मानेनन्। बरु उनिहरुले सोहि कोसका पुर्बपदाधिकारीलाइ कल गर्न सुझाए। यसरि उनिमार्फत बल्लतल्ल श्रेस्ठको दाहससस्कार भयो।
Comments
Post a Comment