मेरो इतिहास मेटाएर
तिम्रो मात्र नलेखिएको भए
म पनि तिमिसँगै फुलमाला लिएर उभिने थिए
एकताको दिबश मनाउने थिए
मेरो पुर्खालाइ नरसंहार गरि
त्यसैको चित्तमा खुशियालि मनाई
बाचेको पुर्खालाइ दास नबनाएको भए
तिमिसँगै उभिने थिए
एकताको दिबश मनाउने थिए
जीतको उन्मादले मातेर
नाक कानको धार्नि नपुर्याएको भए
अबोध नारीहरुको अस्मिता नलुटीएको भए
तिमिसँगै उभिने थिए
एकताको दिबश मनाउने थिए
युद्द नजितेकोसँगको बाचा
तिम्रा सन्तानले नबिर्सिएको भए
नतोडिएको भए
तिमिसँगै उभिने थिए
एकताको दिबश मनाउने थिए
आफु माथि रहन
आफ्नो भाषा सस्कार आदि
अरुलाइ नलादेको भए
तिम्रो जंगली असभ्य
हाम्रो सभ्य भनेको भए
तिमिसँगै उभिने थिए
एकताको दिबश मनाउने थिए
बहुलतालाइ स्विकार नगरी
एक भाषा एक भेष
जबरजस्ति नलादेको भए
जगेर्ना नगरेनि उपेक्षा नगरेको भए
तिमिसँगै उभिने थिए
एकताको दिबश मनाउने थिए
Comments
Post a Comment