अहिलेसम्मको स्थितिमा बिश्वभरिमा ३,५१,७०५ मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएको, १,००,६०२ मानिसहरु उपचार पछि ठिक भएको र २५,३७२ जना मानिसहरुको यहि भाइरसको संक्रमणबाट मृत्यु भैसकेको छ।
पछिल्लो तथ्यांका अनुसार पोर्चुगलका संक्रमितहरुको संख्या २,०६० पुगेको छ।आज मात्रै ४६० जना नया संक्रमितहरु थपिएका छन भने ९ जनाको मृत्यु भएको छ।आज मृत्यु हुनेहरु साहित पोर्चुगलमा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २३ पुगेको छ।संक्रमितहरु मध्ये १४ जनाले स्वास्थ्यालाभ गरेको र अझै ४७ जना मानिसहरु क्रिटिकल कन्डिसनमा राहेका छन। हालसम्म यहा ३ जना नेपालिमा मात्र कोरनाभाइरसको संक्रमण भएको पुस्टि भएको छ। यधपी पोर्चुगिस गभर्मेन्टले केहि दिन अगाडिनै पोर्चुगलमा आपतकालिन अबस्थाको घोषणा गरिसकेको छ।
अर्कोतर्फ नेपालमा पनि एकजनामा कोरनाभाइरसको संक्रमण देखा परेको छ। उक्त कुरा स्वास्थ्या मन्त्रि भनुभक्त ढकालले आज पत्राकार सम्मेलन गरि सार्बजनिक गर्नुभएको हो। उहाका अनुसार संक्रमित ब्याक्ति फ्रान्सबाट फर्किएका बिध्यार्थि १९बर्षका महिला राहेका छन।
Comments
Post a Comment