Skip to main content

A Tribute To My Two Respected Teachers & All

Hiralal Shah & Janak Chamjong

मलाइ मनपर्ने मान्छेहरु मध्ये पत्रकार बिजयकुमार पाण्डे पनि एक हुन। उनलाइ आर्याघाटमा कसैको मलामि जादा लाग्छ रे जिबन आखिर के रहेछ र। तर जब उनि आर्यघाटबाट गौशाला आइपुग्छन, उनलाइ लाग्छ रे म त कहा मर्छु र। म त बलियो छुनि। यस्तै रहेछ जिबन जन्मेपछि अन्तिम स्वास लिदासम्मको अबधि। 

मेरो दुखका पाटाहरु एकातिर होलान भने सुखका पाटाहरु अर्कोतिर। नेपालका एक बिद्वान कृषिबिज्ञ मदन राइ भन्नुहुन्छ, मैले जिबनमा दुख र सुख दुबैको  पराकास्ट पनि भोगेकोछु। मेरो कुरा गर्दाखेरि मैले उहाको जस्तो न दुखको न सुखको दुबैको पराकास्ट भोग्नुपरेको छैन आजसम्म। जिबन अझै लामो छ, के हुन्छ भोलि त्यो त थाहा छैन। तर म यतिसम्म भन्न सक्छु, मेरा पनि आफ्नै प्रकारको दुख र सुखका अनुभुतिहरु छन् जिबनमा। 

जिबनका इतिवृतान्तहरु कैद गर्नलाइ त हजारौ पानाहरु आबश्यक पर्ला। तर केहि सम्झन लायक मेरा स्कुल जिबनका या भनौ उक्त समयमा मलाइ धेरैनै प्रभाबित पार्नुभएका दुइजना ब्याक्तिहरुको बारेमा केहि लेख्न मन लागेको छ आज। हुनत मैले यो कुरालाइ लेख्छु भनेर दिमाखमा राखेको धेरैनै भयो। आज भने साहित जुरेको छ। अहिले बिश्वनै कोरोनाभाइरसको संक्रामणबाट आक्रान्त छ। सन्क्रमित हुनेहरुको संख्या ३,९२,४४० पुगिसकेको छ। सायद मलाइ पनि लागेको हुनुपर्छ फेरि भोलि लेख्न पाइएला नपाइएला। 
हाम्रो मध्यम बर्गिय परिवार। जिबनका आधारभुत आबश्यकताहरुलाइ पुरा गर्नलाइ त्यति गाह्रो थिएन। त्यसमाथि मेरो बाजेलाइ गाउको मुखियाको उपमा दिइएको थियो। त्यसैले हामिहरु सबैलाइ मुखियाको सन्तानहरु भनेर गाउमा सम्बोधन गरिन्थ्यो। अझ भनौ बाजेलाइ चिन्ने जमातहरु धेरै ठुलोनै थियो त्यो एरियामा। 
बाजेको ११ सन्तानहरु मध्ये म जन्तरेको छोरा। उक्त समयमा बाजेले पनि पढ्न लेख्न जानेको र शिक्षाको महत्व बुझेको कारण प्रायजसो सबै छोराछोरिहरुलाइ स्कुल देखि यूनिभर्सिटि सम्म पढाउनुभएको थियो। तर मेरो बाबा भने सबैभन्दा कम पढ्नुभएको। उहाको १४ बर्समा बिबाहहुदा आमा १३ बर्सको हुनुहुन्थ्यो रे। आमाले पनि धेरै नपढ्नु भएपनि, उहालाइ राम्रोसँग पढ्न लेख्न आउथ्यो 

म कक्षा ४ मा पढ्दाखेरि देखिनै आमा बाबा पालै पालो बिरामि हुनुहुन्थ्यो। उपचारको निमित्त अनेकौ उपायहरु गरियो। अस्पतालहरुको कुरा गर्दाखेरि धरान, दमक र काठमाडौंको बिभिन्न ठाउहरुमा लगियो। धामीझाक्रीहरु त कति हो कति। गाउकै स्थानियहरु लिएर नाम चलेका बिजुवाहरु टाढा टाढाबाट खोजेर ल्याईयो। जडिबुट्टिहरु जाने र सुनेसम्मको सबै खानुभयो। मुख पनि बार्नुभयो। म ६ कक्षामा पढ्दैगर्दाखेरि मेरो आमाले मृत्युलाइ जित्न सक्नुभएन। बाबा भने राम्रोनै हुनुहुन्थ्यो। त्यतिका धेरै बाबा र आमाको पालै पालो उपचार गर्दाखेरि पनि घरको एक टुक्रा जमिन बेच्नु र ऋण परेको थिएन। तर आर्थिक स्थिति भने निकै कमजोर स्थितिमा पुगेको थियो। 

यता मेरो पढाइ भने चलिरहेकै थियो। म सानैदेखि मुडि र जिद्दि स्वाभाबको मान्छे थिए। मलाइ हार्न र अरुभन्दा पछाडि पर्न कहिल्यै नमनपर्ने। त्यसैले मेरोबारेमा पढाइ पनि राम्रइ थियो। मेहनति पनि उतिकै थिए। क्लासमा पनि म जहिल्यै फर्स्ट बेन्चमानै बस्ने गर्थे। बाबाले बिरामि हुनुभन्दा अगाडि जाड, रक्सि र सुर्ति सबै सेबन गर्नुहुन्थ्यो। पछि डक्टरको परामर्शपछि उहाले सबैकुरा त्याग गर्नुभयो। तर सबैकुरा त्याग्नलाइ खैनि तिर लाग्नुभयो। कुनैदिन कपि कलम किन्नलाइ बाबालाइ पैसा माग्थे, बाबाले कहिलेपनि छैन भन्नुभएन। बरु आफुलाइ खैनि खाने पैसा नराखि मेरो खाचो पुरा गर्दिनुहुन्थ्यो। 

स्कुलमा भने म खासै टाइम वेष्ट गर्ने बानि थिएन मेरो। मेरो पढाइ राम्रो, इमान्दार र मेहनति  भएको कारणले मलाइ सबै सरहरुले उतिकै माया गर्नुहुन्थ्यो। तर हामिलाइ म्याथ पढाउनुहुने हिरालाल सरले भने अझ बिशेश माया गर्नुहुन्थ्यो। मेरो प्रोबोलम सल्भ गर्नको लागि उहा कुनैपनि टाइमम अभाइएबल हुनुहुन्थ्यो। त्यसैले म एक र दुइबजे बिचको टिफिन टाइममा अरु खेलिरहेको बेलामा पनि म उहासग पढ्थे। मेरो समस्याहरु लिएर जान्थे। यतिबेलाजस्तो मोबाइलको जमना भएको भए सायद फोन गरेर पनि सोध्थेहोला। 

सरकारि स्कुलमा पढ्नेहरु सबैको अंग्रेजी कमजोरनै हुनेगर्छ। मलाइ अंग्रेजिको वर्ड मिनिङ सबै आउने र पढ्दाखेरि सबैकुरा बुझ्ने भएनि मिलाएर लेख्नलाइ ममा त्यति कन्फिडेन्ट थिएन। स्कुलमा अंग्रेजि पढाउनुहुने सरहरुले पनि खासै राम्रोसँग ग्रामर पढाउनु भएको जस्तो लाग्दैन मलाइ। पछि मैले मेरो छिमेकि अंकल क्याम्पसको छुट्टिमा घर आउनुभएको बेलामा उहाबाट धेरै ग्रामर सिके। उहा अहिले इलाममा एक बोर्डिङ स्कुलको प्रिन्सिपल भएर बस्नुभएको छ। उहाले अझैपनि आफ्नै भाइसरह माया गर्नुहुन्छ। उहाको नाम चाहि अनिश्चित राइ हो। 

पछि स्कुलको उतरार्धतिर भने मैले त्यो बेलामानै अंग्रेजिमा डिग्रि पास गर्नुभएका बिद्वान सर जनक चेम्जोङलाइ भेटे। ५६, ५७ साल तिरको कुरा हुनुपर्छ, यासोकमा भर्खरै क्याम्पसको स्थापना भएको थियो। त्यहि क्याम्पसमा अध्यापन गराउन उहा यासोक आउनुभएको थियो। त्यो जमनामा उहा बुढानिलकण्ठ स्कुल पढ्नुभएको। उहा नाताले पुर्ब गृहमन्त्री पद्मसुन्दर लावतिको भान्जा पनि पर्नुहुन्थ्यो। उहाले चाहानुभएको भए नेपालको सुबिधासम्पन्न क्याम्पसहरु र ठाउहरुमा अध्यापन गराउन सक्नुहुन्थ्यो। तर पनि उहाले दुर्गम ठाउको भर्खरै स्थापित क्याम्पसलाइ रोज्नुभयो। यहिबाट प्रस्ट हुन्छकि उहा कति महान हुनुहुन्छ भनेर। अरुले मानोस या नमानोस म चाहि यासोक क्याम्पस यहासम्म आइपुग्नुमा जनक चेम्जोङ सरको ठुलो हात छ जस्तो लाग्छ। उहाकै पालामा  यासोक क्याम्पस ब्याचलर तहसम्म अपग्रेड भयो। झन्डै एक दशकसम्म त्याहा पढाउनुभै उहा पछिअहिले क्यानडामा सपरिवार जानुभयो। अहिले पनि उहा सपरिवार क्यानडामानै बस्नुहुन्छ। 

त्यो बेलामा मेरो दाइको साथि कुमाार प्रधान दाइले जनक सरलाइ मेरो बारेमा सबैकुरा भन्दिनुभएछ। उहाले मलाइ सहयोग गर्ने इच्छा पनि जाहेर गर्नुभएछ। पछि उहासग ट्युसन पनि पढे। उहापनि मेरो म्याथ टिचर हिरालाल सर जस्तै  मेरो लागि जुनै टाइममा पनि अभाइएबल हुनुहुन्थ्यो। अझै याद आउछ राती चिसोमा खाना खाएर उहासग पढ्न गको एक्लै। त्यो पनि फ्रीमा। 

मेरो स्कुल तहका सबै सरहरुमा म उतिकै सम्मान र कृतज्ञ रहे पनि उअहाहरु दुइजना सरहरु मेरो लागि बिशेश हुनुहुन्छ। हिरालाल शाह सर र जनक चेम्जोङ सर प्रति म सधैजिबनमा ऋणी र आभारि रहिरहनेछु। तपाइहरुले त्यो समयमा लगाउनुभएको गुनलाइ बर्णन गर्नलाइ मैले शब्दहरुको उचित छनौट गर्न सकिन होला। लेखाइहरुमा भाति पुगेन होला। त्यसको लागि माफि पनि चाहान्छु। 

Comments

Popular posts from this blog

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  T...

The Kirat Dynasty

Nepal's very first recorded or discovered history began with the Kiratis, who arrived in the 7th or 8th century BCE from the east to the Kathmandu valley (now the capital of Nepal). Little is known about them, other than their deftness as sheep farmers and great fondness for carrying long knives. The Kirats ruled for about 1225 years (800 BCE-300 CE), their reign had a total of 29 kings during that time. Their first and best-remembered king was Yalambar, who is referenced in the epic Mahabharata. In the chronicle of Bansawali William Kirk Patrick mentions that the Kirat rule existed from about 900 BCE to 300 CE. During this long period altogether 29 Kirat Kings ruled over the country. The 29 Kirat Kings were; 1. Yellung Hang or Yalambar 2. Pari Hang 3. Skandhar Hang 4. Balamba Hang 5. Hriti Hang 6. Humati Hang 7. Jitedasti Hang 8. Galinja Hang 9. Oysgja Hang 10. Suyarma Hang 11. Papa Hang 12. Bunka Hang 13. Swawnanda Hang 14. Sthunko Hang 15. Jinghri Hang ...

मेरो नया कबिता 'यथार्थ'

महापुरुष त हु भन्छौ तिमि  खै के तिमिले त्यस्तो कर्म गर्यौ।  सारा दुनियालाइ मुफ्तमा हसाएर  खै के आफ्नो कद बढायौ।  अहंकार पाल्नु राम्रो होइन  उभिनलाइ धर्ति टेक्नै पर्छ।   जितको स्वाद थाहा पाउन  कैयौ पटक हारेको हुनैपर्छ।  मानिस त्यो भगवान बन्छ  जसले अरुको दुखलाई बोध गर्छ।   बुद्धत्व त्यतिकै प्राप्त हुन्न  त्यसका निम्ति तपस्य गर्नैपर्छ।  तिमीमा अभिमान धेरै भए तिमी अन्त्य अबस्य हुन्छ।   बासको वृक्षले गगनै चुमे पनि  आखिर एकदिन भुइतिर झुक्नैपर्छ।