म सोच्थें संसार कहा पुगेछ
मंगल ग्रहमा बस्ति बसाउने कुरा गर्छ
बृहस्पतिमा यान पठाइसकेको कुरा गर्छ
तर ती बुद्दिजिबिहरुलाइ लाज लाग्नुपर्ने हो
आज तिनिहरुको अकर्मण्यताको कारण
तिनिहरुकै आखा अगाडी
सारा बिश्व भयभित बन्नुपर्दा
लाखौ मानिसहरु कोरोआभाइरसबाट संक्रमित र मर्नुपर्दा।
जब म सानो थिए
ग्लोबल वार्मिङ शब्दनै थिएन
जताततै पानिका मुहानहरु थिए
हरियलिहरु पनि उतिकै थिए
समयमा सिजन सुरु हुन्थ्यो
मनग्ये उब्जनि हुन्थ्यो
रोगहरु पनि सिमित थिए
आबश्यकताहरु पनि न्युन थिए
कुण्ठाहरु पनि सामान्य थिए
मानिसहरु पनि देबता जस्ता थिए
घरहरु मन्दिर जस्ता थिए
तिर्खा लाग्दा पानि थियो
भोक लाग्दा खाना थियो
थकाइ लाग्दा बिसाउने चौतारा थियो
तर बिस्तारै बिस्तारै
मानबहरु बढ्दै गए
बनजंगल र पशुपंक्षिहरु घट्दै गए
इकोसिस्टममा परिबर्तन हुदै गयो
प्रकृतिमा अनेकन समस्याहरु देखा पर्न थाले
पिउने पानिको हाहाकार हुन थाल्यो
न समयमा वर्षात हुन्छ
न पर्याप्त उब्जनिनै हुन्छ
रोगहरु पनि नानाथरि देखा पर्न थाले
पुर्खाहरुको बहिर्गमन सँगै
नया पुस्ताहरु बिनाशोन्मुख बन्दै गए
अकल्पनिय समस्याहरुसँग प्रताडित बन्दै जानुपर्यो
हिंसाहरु बढ्दै गए
आफु शक्तिशालि बन्न
ठुला ठुला मिसाइलहरु पारिक्षण गरे
एटम बम र हाइड्रोजन बमहरु बनाए
आफु बिकशित देखाउन
भिमकाय उढ्योगहरु खोले
एकले अर्काको अस्तित्वमाथि धावा बोले
मानबता हराउदै गयो
दुख पर्दा भगवानको नाम
अरुबेला आफ्नो अभिष्ट पुरा गर्न उदेलित बने
पृथ्वीले थेग्नै नसक्ने गरि कार्यहरु भए
फलस्वरुप पर्याबरणमा गहिरो असर पर्यो
यसैको परिणाम हो कोरोनाभाइरस
प्रकृतिले मानबलाइ दिएको सजाय।
Comments
Post a Comment