नमस्ते यहहरु सबैलाई। आज मलाइ तपाइहरु समक्ष केहि कुरा गर्न मन लाग्यो। म एक अध्ययनशिल ब्यक्ति हो भन्ने मलाई लाग्छ। मेरो आफ्नै जिजिबिसाले गर्दा अहिले म मेरो जन्मभुमि भन्दा धेरै टाढा छु। तैपनि म बिभिन्न माध्यमबाट मेरो आफ्नो ब्यक्तिगत रुचिअनुसार पढिनै रहेको छु।
अहिले बिश्व जगतमा कोरनाको कहर छ। यतिबेला सबैको दिमाग सन्तुलनमा छैन। मैले भने यो अबधिलाइ सदुपयोग गर्दै धेरै कुराहरु पढ्ने र बुझ्ने अबसर गरे। बिशेस गरेर पुर्बिय दर्शन, अध्यात्म र योगाको बरेमा बुझ्ने मौका मिल्यो। यसले जिबनलाइ अलिक नजिकबाट बुझ्नलाइ मद्दत गर्यो।
मैले बिशेस गरि पन्चतत्व, पन्च ज्ञानेन्द्रिय, सात चक्र र सात सुरको बारेमा सारंसमा बुझे। त्यसैगरि मैले योगा, प्रणायम र ध्यानले हाम्रो जिबनमा पार्ने महत्वपुर्ण पक्षहरुको बारेमा पनि जाने। यति धेरै कुराहरु जानेपछि मलाइ थाहा भयो, हाम्रो पुर्बिय दर्शन त अहिलेको आधुनिक बिज्ञान भन्दा धेरै अघि रहेछ। अहिलेको आधुनिक बिज्ञानले भन्न नसकेको कुराहरु यसले पहिलेनै भनिसकेको रहेछ। त्यसैले तपाइहरु पनि जिबनलाइ नजिकबाट बुझ्न चाहानुहुन्छ भने, यि कुराहरुलाइ अध्ययन गर्नुहोला।
हाम्रो शरिर भनेको पन्चतत्वले बनेको रहेछ। त्यसैले स्वभबिक हो, हामिलाइ अनेकन रोग र दुखले घेरिरहन्छ नमरिन्जेलसम्म। यदि तपाइहरु यि रोग र दुखाबाट मुक्ति चाहानुहुन्छ भने, नियमित योगा, ध्यान, प्राणायम र ब्ययम गर्नुहोस। त्यस्तै सकेसम्म सकाहारि बन्ने प्रयास गर्नुहोस। साथै असल ब्यक्तिहरुको संगत, असल ज्ञान दीने पुस्तकहरु पढ्ने र असल जिबनयापन अपनाउने प्रयास गर्नुहोस। यति गर्नुभयो भने तपाइको जिबन दावाका साथ भन्न सक्छु अति सुन्दर हुनेछ। हुनत यि सबै परिबर्तनहरु यदि तपाइले नियमित योगा, ध्यान, प्राणायम र ब्ययम गर्नुभयो भने स्वत प्राप्त हुनेछ।
स्वास्थ्य र तनाब रहित जिबनै एक सफल र सुन्दर जिबन हो।
Comments
Post a Comment