धेरै बर्षहरू बितिसकेछ
तिमिले छाडेर गएको पनि
अबत तिमिले तिम्रा सन्तानहरुलाइ
बिर्सिए जस्तो लाग्छ
किनभने आजभोली तिमि
सपनीमा पनि खासै दर्शन दिन्नौ।
तिमिले छाडेर गएको पनि
अबत तिमिले तिम्रा सन्तानहरुलाइ
बिर्सिए जस्तो लाग्छ
किनभने आजभोली तिमि
सपनीमा पनि खासै दर्शन दिन्नौ।
जब म मस्तिस्कको डुङ्गा चढेर
बिगत तिर सयर गर्छु
तिमि त्यहि गुन्द्रिमा पल्टिरहेको देख्छु
थोरै मात्र तिम्रो खुशि भेट्छु
धेरै त तिम्रा ती गाउँका दुखहरुसँग
अनि तिमी बिरामी हुदाका पिडाहरुसँग
पौठेजोरि खेलिरहेको दृश्यहरु
आँखा अगाडि साक्षात्कार गर्छु।
बिगत तिर सयर गर्छु
तिमि त्यहि गुन्द्रिमा पल्टिरहेको देख्छु
थोरै मात्र तिम्रो खुशि भेट्छु
धेरै त तिम्रा ती गाउँका दुखहरुसँग
अनि तिमी बिरामी हुदाका पिडाहरुसँग
पौठेजोरि खेलिरहेको दृश्यहरु
आँखा अगाडि साक्षात्कार गर्छु।
तिम्रो उपचारको खातिर
धेरै चोटि तिमीलाइ डोकोमा बोकेर
शहरका अस्पतालहरु घुमाइयो
कहालिएका बिजुवाहरु लगाइयो
पण्डित घरमा बोलाएर
ग्रहदशा पनि शान्त पार्न लगाइयो
जानेसुनेसम्मको जडिबुट्टि गरियो
अनि कुलको माङसँग बल मागियो
भएका पैसाहरु सकिए
तिम्रा कति गहनाहरु बेचिए
तर बिडम्बना भनौ या लेखान्त
तिम्रो दर्दलाइ भने दुर गर्न सकिएन।
सम्झन्छु म त्यो अघिल्लो रात
अगेनोको ओरिपरी बसेर
आगो ताप्दै तिमिसँग कुरा गरेको
मैले खोलाको गडेरा पकाउदा
नुन हाल्न बिर्सेको
अनि तिमिले यो त मौवा भो भनेको
नानाले बजारबाट तिमिलाइ
उसिनेको पिडालु लेइदिएको
तिमिले धेरै चिसो भयो भनेर
भोली खान्छु भन्दै राखेको
तर तिम्रो लागि भोलि थिएन रहेछ
त्योनै हाम्रो अन्तिम भेट थिएछ।
अगेनोको ओरिपरी बसेर
आगो ताप्दै तिमिसँग कुरा गरेको
मैले खोलाको गडेरा पकाउदा
नुन हाल्न बिर्सेको
अनि तिमिले यो त मौवा भो भनेको
नानाले बजारबाट तिमिलाइ
उसिनेको पिडालु लेइदिएको
तिमिले धेरै चिसो भयो भनेर
भोली खान्छु भन्दै राखेको
तर तिम्रो लागि भोलि थिएन रहेछ
त्योनै हाम्रो अन्तिम भेट थिएछ।
सधै तिमी आतिने गर्थ्यौ
घर माथि काग कराउदा
केहि अशुभ पो हुन्छ कि भनेर
सायद त्यो दिन त्यो काग पनि
सुकेको डालिमा बसेर करायो होला
तिमिले झिसमिसेमानै छाडेर गयौ
तिम्रो आत्मले मुल ढोका खोलेको सुने
त्यतिबेला तिम्रो बिदाइमा
गोठको ध्यानु गाइ रोएको सुने
अनि पछि थाहा पाए
साच्चिकै हामी टुहुरो भयौ भनेर
आमा शब्दनै हाम्रो लागि
अब अनौठो भयो भनेर।
घर माथि काग कराउदा
केहि अशुभ पो हुन्छ कि भनेर
सायद त्यो दिन त्यो काग पनि
सुकेको डालिमा बसेर करायो होला
तिमिले झिसमिसेमानै छाडेर गयौ
तिम्रो आत्मले मुल ढोका खोलेको सुने
त्यतिबेला तिम्रो बिदाइमा
गोठको ध्यानु गाइ रोएको सुने
अनि पछि थाहा पाए
साच्चिकै हामी टुहुरो भयौ भनेर
आमा शब्दनै हाम्रो लागि
अब अनौठो भयो भनेर।
भगवानले पनि राम्रो मान्छेलाइ
चाडो आफ्नो बनाउदो रहेछ
तिमिमा पनि भगवानको आँखा पर्यो
तिमिले तिम्रो रोगलाइ नजिते पनि
तिम्रा ती असहिय पिडाहरुबाट
सदाको लागि मुक्ति पायौ
हामि त्यसैमा खुशि छौ
साथमा तिम्रो आशिर्बाद छ
अनि तिम्रो यादको प्यास मेट्न
तिम्रा केहि पुराना तस्बिरहरु
अनि तिमिले ओढ्ने रातो खास्टो
जसमा तिम्रो बास्ना आउछ
जुन हमेसा साथमा छ।
चाडो आफ्नो बनाउदो रहेछ
तिमिमा पनि भगवानको आँखा पर्यो
तिमिले तिम्रो रोगलाइ नजिते पनि
तिम्रा ती असहिय पिडाहरुबाट
सदाको लागि मुक्ति पायौ
हामि त्यसैमा खुशि छौ
साथमा तिम्रो आशिर्बाद छ
अनि तिम्रो यादको प्यास मेट्न
तिम्रा केहि पुराना तस्बिरहरु
अनि तिमिले ओढ्ने रातो खास्टो
जसमा तिम्रो बास्ना आउछ
जुन हमेसा साथमा छ।
Comments
Post a Comment