रानिभिरको काखमा हासिरहेछ
स्वर्ग जस्तै मेरो सुन्दर गाउँ।
खाल्डे हो नाउ त्यसको
लाग्छ सधै फर्केर जाउ।
स्वर्ग जस्तै मेरो सुन्दर गाउँ।
खाल्डे हो नाउ त्यसको
लाग्छ सधै फर्केर जाउ।
बारिमा मकै धेरै फल्छ
खोलि खेतमा सुनौला धान।
भैसिलाइ गोठमै बाध्ने हो
गाइबस्तु चर्ने चाहि चरन।
खोलि खेतमा सुनौला धान।
भैसिलाइ गोठमै बाध्ने हो
गाइबस्तु चर्ने चाहि चरन।
हिउदमा चारैतिर अलि उजाडिन्छ
वर्षा याममा फेरि फर्किन्छ हरियाली।
दशैं तिहार चाडपर्ब सार्है रमाइलो
घर घरमा छाउछ मिठो खुशियाली।
वर्षा याममा फेरि फर्किन्छ हरियाली।
दशैं तिहार चाडपर्ब सार्है रमाइलो
घर घरमा छाउछ मिठो खुशियाली।
बग्दै झर्छ सावा छरुङ्गा
भाङ्टारमा हुन्छ भेट दुबैको।
अम्बोक बदाम बेच्न पाउदा
निद पर्छ खुब चेनैको।
भाङ्टारमा हुन्छ भेट दुबैको।
अम्बोक बदाम बेच्न पाउदा
निद पर्छ खुब चेनैको।
रानिगुफामा रानी बस्थिन रे
चमेरेगुफामा छ चमेरै चमेरो।
रातमाटेमा रातै माटोको खानि
सुलिबुङमा पाइन्छ सेतो कमेरो।
चमेरेगुफामा छ चमेरै चमेरो।
रातमाटेमा रातै माटोको खानि
सुलिबुङमा पाइन्छ सेतो कमेरो।
गर्मि हुदा डाडा गोठ
चिसो हावा सरर आउने।
उकालीमा धेरै थकाइ लाग्दा
रमिते छदैछ भारि बिसाउने।
चिसो हावा सरर आउने।
उकालीमा धेरै थकाइ लाग्दा
रमिते छदैछ भारि बिसाउने।
पारि बनमा न्याउली रूदा
वारि गिद्दगुँडे न्यास्रो मान्छ।
जब इन्द्रधनुषले साउती मार्छ
गराहरुले आफ्नो सास फेर्छ।
वारि गिद्दगुँडे न्यास्रो मान्छ।
जब इन्द्रधनुषले साउती मार्छ
गराहरुले आफ्नो सास फेर्छ।
त्यहि हो भगवान इन्द्रको ठाउँ
जहा अनगिन्ति खुशिहरु मिल्छ।
जहासुकै बसेपनि आखिर मलाइ
मेरो जन्मभूमी प्यारो लाग्छ।
जहा अनगिन्ति खुशिहरु मिल्छ।
जहासुकै बसेपनि आखिर मलाइ
मेरो जन्मभूमी प्यारो लाग्छ।
✍️ सफल चाम्लिङ
Comments
Post a Comment