पन्चायत पनि थोर बहुत देखियो, प्रजातन्त्र भोगियो, जनयुद्द भोगियो, पछिल्लो समय लोकतन्त्र र गणतन्त्र भोगिरहिएको छ। यिनै भिभिन्न परिवर्तनहरूसँगै धेरै प्रधानमन्त्रीहरु पनि देखियो। सबै प्रधानमन्त्रीहरुको आ-आफ्नो ठाउमा केहि योगदान त होलान। तर आजसम्म सम्झन लायक प्रधानमन्त्री चाहि मनमोहन अधिकारी मात्र देखियो।
मेरो पृस्ठभुमिको कुरा गर्ने हो भने म कम्यूनिस्ट ब्यकग्राउण्डमा जन्मिएको मान्छे। तर जब ममा राजनैतिक चेतनाको अंकुरण हुदै गयो, कम्यूनिजम प्रति बितृष्णा बढ्दै गयो। हुनत अहिले कम्युनिजम बिश्वभरिनै बडो अफ्ठ्यारो अबस्थामा गज्रिरहेको छ।नेपालमा विधमान कम्यूनिस्ट भनौदा पार्टिहरु पनि सहि मानेमा कम्यूनिस्ट हुदै होइनन। नामका मात्र हुन।
म पनि धेरै राजनिति जानेको मान्छे त होइन। मेरो दृष्टिकोणमा अहिलेको समयमा देशलाइ सफल नेतृत्व दिनसक्ने र देशलाइ समृद्द बनाउन सक्ने क्षमता भएको नेताहरु डा बाबुराम भट्टराइ र गगन थापामा मात्र हुन्।
अहिलेको चर्चामा रहेको टेलिभिजन अन्तर्बार्तामा नबिना लामाको अभिब्याक्ति सुन्दा लाग्यो उनि धेरै प्रधामन्त्री केपि ओलिको अन्धभक्त रहिछिन। हुनत मेरो ब्यक्तिगत बिचार हो, उनिमा भन्दा त ममा पो धेरै राजनैतिक ज्ञान छकि जस्तो भान भयो। मेरो बिचारमा उनिले उनैको पार्टिका नेतृ रामकुमारी झाक्रीबाट धेरै कुरा सिक्न सक्छिन जस्तो लाग्यो।
Comments
Post a Comment