नेपाली हामी जहा बसेपनि
देशलाइ दुख्दा हाम्रो मन रुन्छ।
हाम्रो मातृभूमि सगरमाथाझै मुस्कुराए
हामीलाइ शान्तिको अनुभुति हुन्छ।
स्वर्गझै लाग्ने प्रकृतिको अनुपम छटा
हिमालमा डाफे र मुनाल नाच्ने।
यहि हो भगवान बुद्दको तपोभुमि
बिश्वलाइ शान्तिको मार्ग देखाउने।
हिमालमा डाफे र मुनाल नाच्ने।
यहि हो भगवान बुद्दको तपोभुमि
बिश्वलाइ शान्तिको मार्ग देखाउने।
बिभिन्न जातिको एउटै फुलबारी हो यो
अनेकतामा एकताको सुत्रमा बाधिएको छ।
इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश
बिर गोर्खालीको बिरता संसारले गाएको छ।
अनेकतामा एकताको सुत्रमा बाधिएको छ।
इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश
बिर गोर्खालीको बिरता संसारले गाएको छ।
पुर्बमा हाम्रो पालाम र साकेला राम्रो
पश्चिमम चुट्का र ख्यालीले मनै लोभ्याउने।
बैरीको सामु खुकुरी हो सान हाम्रो
ढाका टोपीले कहिल्यै झुक्न नदिने।
पश्चिमम चुट्का र ख्यालीले मनै लोभ्याउने।
बैरीको सामु खुकुरी हो सान हाम्रो
ढाका टोपीले कहिल्यै झुक्न नदिने।
Comments
Post a Comment