मेरा बिगतहरुलाइ सम्झेर
आँखाहरु भिजाइरहेछु।
हिजो जस्तो लाग्छ
आमाको काखमा खेलेको
बाबाको हात समाइ हिडेको
साथिहरुसँग गोठालो गरेको
पखेरिहरुमा घाँस काटेको
स्कुलमा दुनाइ सिकेको
दशै तिहारमा खुब रमाको
कति रमाइला थिए
ती मेरा प्रीय बिगतहरु।
मेरा खुशि पनि हिजोसँगै
कतै छुटिगएझै लाग्छ
ती कलेजका मेरा साथिहरु
ती घुम्न जादाका पलहरु
ती डेटिङका अन्दाजहरु
या ती संघर्सका शृंखलाहरु
मिठो सपना झै लाग्छ
आज मसँग छ त केबल
भारी जिम्बेवारी छ
न खुलेर हास्न सक्छु
न खुलेर रुननै सक्छु।
समय कति बलवान रहेछ
भूतलाइ क्रमस बिर्सदै
भबिश्यको तारखी गर्नुपर्ने
साउको भन्दा बढि
ब्याजको माया गर्नुपर्ने
आज म घडिसँगै चल्छु
महिनाको तलबसँग खुशि साट्छु
कसैलाइ हसाउनु पाउदा
आफ्नो जीत ठान्छु।
समयको अनबरत रफ्तारसँगै
कतिले मलाइ बिर्से
त कतिलाइ मैले बिर्से
कति सम्झनामा मात्र सिमित भए
बाकि रहेका सबैजना
आफ्नै जीबनमा ब्यास्त भए
म भने कतै बिरानो भए
तर म बिबशताले टाढा भएपनि
ती मेरा प्रीय अतितहरुलाई
हृदयमा सजाएर राखेको छु।
Comments
Post a Comment