महापुरुष त हु भन्छौ तिमि
खै के तिमिले त्यस्तो कर्म गर्यौ।
सारा दुनियालाइ मुफ्तमा हसाएर
खै के आफ्नो कद बढायौ।
अहंकार पाल्नु राम्रो होइन
उभिनलाइ धर्ति टेक्नै पर्छ।
जितको स्वाद थाहा पाउन
कैयौ पटक हारेको हुनैपर्छ।
मानिस त्यो भगवान बन्छ
जसले अरुको दुखलाई बोध गर्छ।
बुद्धत्व त्यतिकै प्राप्त हुन्न
त्यसका निम्ति तपस्य गर्नैपर्छ।
तिमीमा अभिमान धेरै भए
तिमी अन्त्य अबस्य हुन्छ।
बासको वृक्षले गगनै चुमे पनि
आखिर एकदिन भुइतिर झुक्नैपर्छ।
Comments
Post a Comment