म प्रेममा सहिद भएको नबराज
मानबता हराएको त्यो मुलुकमा मैले
आत्मसमर्पण गरेको सन्देस पठाइरहेछु।
हजुर म दलितनै थिए
तिम्रो लुगा सिलाइदिने
तिम्रो हरेक शुभ कार्यहरुमा
मंगल धुनले साइत गरिदिने
तिम्ले पुज्ने मन्दिरहरुलाइ
तिम्रो कल्पनाका मुर्तिहरु कुदिदिने
तिम्रो खेतबारिमा मेरो पसिना रोपेर
तिम्रो खुशिहरु फलाइदिने
आफु भोको पेट बसेर
सधै तिम्रो भलाइ ठान्ने
म त्यहि पानि नचल्ने मान्छे थिए।
म कस्तो समाजमा जन्मेको थिएछु
मेरो श्रम र सिप तिमीलाइ चल्ने
तर मेरो जात तिमीलाइ नचल्ने
मैले कसैलाइ मन पराउनु पनि
तिम्रो आज्ञाको तोक लाग्नुपर्ने
खै म कुन कोणबाट थिएर मानब
सधै तिम्रो दायरामा बाचेको थिए।
मैले तिम्रो दसगजालाइ नाघ्न खोज्दा
तिम्रो क्रुरताको सिमा नाघ्यो
मेरो बिभत्स हत्या गर्यो
मसँगै मेरा साथिहरु मारिए
तर यो पहिलो घटना थिएन
म एक प्रतिनिधि पात्र मात्र हु
हिजो पनि भएकानै थिए
भोलीपनि अबस्य हुनेनै छन्।
अरु देशमा कानुनसँग मान्छे डराउछ
मेरो देशमा ठिक उल्टो छ
त्यसैले म मेरो हत्यसँग खुशि छु
किनभने म हरेक दिन मर्नुभन्दा
सधैको लागि मर्नु मलाइ उचित लाग्यो
मेरा हत्याराहरुलाइ म दलितको धन्यबाद।
मानबता हराएको त्यो मुलुकमा मैले
आत्मसमर्पण गरेको सन्देस पठाइरहेछु।
हजुर म दलितनै थिए
तिम्रो लुगा सिलाइदिने
तिम्रो हरेक शुभ कार्यहरुमा
मंगल धुनले साइत गरिदिने
तिम्ले पुज्ने मन्दिरहरुलाइ
तिम्रो कल्पनाका मुर्तिहरु कुदिदिने
तिम्रो खेतबारिमा मेरो पसिना रोपेर
तिम्रो खुशिहरु फलाइदिने
आफु भोको पेट बसेर
सधै तिम्रो भलाइ ठान्ने
म त्यहि पानि नचल्ने मान्छे थिए।
म कस्तो समाजमा जन्मेको थिएछु
मेरो श्रम र सिप तिमीलाइ चल्ने
तर मेरो जात तिमीलाइ नचल्ने
मैले कसैलाइ मन पराउनु पनि
तिम्रो आज्ञाको तोक लाग्नुपर्ने
खै म कुन कोणबाट थिएर मानब
सधै तिम्रो दायरामा बाचेको थिए।
मैले तिम्रो दसगजालाइ नाघ्न खोज्दा
तिम्रो क्रुरताको सिमा नाघ्यो
मेरो बिभत्स हत्या गर्यो
मसँगै मेरा साथिहरु मारिए
तर यो पहिलो घटना थिएन
म एक प्रतिनिधि पात्र मात्र हु
हिजो पनि भएकानै थिए
भोलीपनि अबस्य हुनेनै छन्।
अरु देशमा कानुनसँग मान्छे डराउछ
मेरो देशमा ठिक उल्टो छ
त्यसैले म मेरो हत्यसँग खुशि छु
किनभने म हरेक दिन मर्नुभन्दा
सधैको लागि मर्नु मलाइ उचित लाग्यो
मेरा हत्याराहरुलाइ म दलितको धन्यबाद।
Comments
Post a Comment