मलाइ आज एउटा कुरा हजुरहरु समक्ष पेस गर्न मनपर्यो। यो ब्यक्तिगत अनुभब भएपनि तपाइहरुले पनि कहि कतै भोग्नुभको पनि हुनसक्छ। यधपी यदि कसैलाइ मेरो यो कुराले ठेस पुग्न गएमा क्षमा याचना माग्दछु।
मेरो प्रारम्भिक शिक्षा खाल्डे स्कुलबाट सुरु भएर, माध्यमिक तहको अध्ययन पिपलबोटे स्कुलबाट पुरा भएको हो। कक्षा १० पढ्दै गर्दा, जिल्ला स्तरिय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगितामा भाग लिने अबसर प्राप्त भयो। त्यसको लागि म लगाएत अन्य दुइजना साथिहरु सहित फिदिम तर्फ प्रस्थान गरेउ। त्यो मेरो फिदिम गएको पहिलो पटक थियो।
जब हामिहरु फिदिम पुगेउ, बाटोहरुमा बोर्डिङ स्कुलका बिध्यार्थिहरु ड्रेसमा पछाडि ब्याग बोकेर फर्कदै गरेका भेटेउ। सायद हामिहरु त्योबेला छुट्टि हुने बेलामा पुगेका थियौ होला। ती बोर्डिङ् स्कुलका बिध्यार्थिहरुलाइ देखेर मलाइ यस्तो लाग्यो आएम नोथिङ। यस्तो पो हो त स्टुडेन्ट भनेको त। त्यो दिन मलाइ फिल भयो म सच्चिकै गरिब रहेछु भनेर। त्यहि कुराले मलाइ पछिसम्म घचघच्याइ रहयो। मोरल डाउन गरायो।
सायद भोलिपल्ट हुनुपर्छ, हाम्रो हाजिरी जवाफ। भाग मात्र लिइयो, तर सान्तवना पुरुस्कारमा चित्त बुझाइयो। त्यसको अर्को दिन फेरि निबन्ध प्रतियोगिता थियो, मैले भाग लिए। जुन फिदिम माबिमा भएको थियो। सरहरुको नजरमा म राम्रइ लेख्ने स्टुडेन्ट थिए। तर मलाइ जित्छु भन्ने चाहि लागेको थिएन। तैपनि मैले आफ्नो बेस्ट दिएको थिए।
त्यसको अर्को दिन अर्थात फाल्गुन १२ गते शिक्षा दिबसको दिन पुरस्कार बितरण कार्यक्रममा, कुनै एस्पेक्टेसन नराखि कार्यक्रममा गइयो। कार्यक्रम निकै भब्य थियो। अगाडि चौरमा त्यहि बोर्डिङ स्कुलका स्टुडेन्टहरु लाइन लागेर बसेका थिए। त्यसरिनै सरकारी स्कुलका स्टुडेन्टहरु पनि साइटमा बसेका थिए। मन्चबाट एक्कासी मेरो नाम पनि बिजेताको रुपमा घोसणा भयो। म अक्क न बक्क परे जसरि मीस वर्ल्डमा बिजेताहरुले गर्छन। अनि म मन्चतिर लागे। पछडि तिनै बोर्डिङ र सरकारी स्कुलका बिध्यार्थिहरु तालि पिटिरहेका थिए। मैले सो बेलाका प्रमुख जिल्ला अधिकारिको हातबाट पुरस्कार थापे, हात मिलाएर। हुनत मैले त्यस्तो पुरस्कारहरु त अगाडि पनि लिसकेको थिए। जसमध्ये यासोक बजारमा भएको हाजिरी जवाफ प्रतियोगितामा बिजेता हुदा धेरै पटक बिभिन्न मन्त्रिका रुपमा काम गरिसक्नु भएका पद्मसुन्दर लावतीबाट पुरस्कार लिएको अबिस्मरणिय लाग्छ। यधपी फिदिमको भने जिल्लस्तरिय थियो।त्यसपछि बोर्डिङ स्कुलका स्टुडेन्टहरुले दुखाएको मन केहि क्षण भएपनि शान्त भयो।
मलाइ लाग्छ अहिलेका सरकारि स्कुलका बिध्यार्थिहरुले पनि मेरो जस्तै तितो अनुभब गरिरहनुभएको हुनसक्छ। यसले बिध्यार्थिहरुमा मनोबैज्ञानिक प्रभाब पर्दछ। सरकारले यस प्रकारको शिक्षा नितिलाइ तत्काल खारेज वा सम्सोधन गर्नुपर्ने म देख्छु। संसारको कुनै पनि देशमा नेपालमा भएको जस्तो शैक्षिक ब्याबस्थ छैन। म युरोपमा छु अहिले। यहा पनि एकदमै थोरै संख्यामा बोर्डिङ स्कुलहरु छन। जसलाइ सितिमिति धनिनै मान्छेहरुले पनि अफोर्ड गर्न सक्दैनन्। यहाका गवर्मेन्ट स्कुलहरुनै एकदमै सोफिस्टिकेटेट छन्। त्यसैले यहा बोर्डिङ स्कुलहरुमा पढाइरहनु पर्ने आबश्यकता छैन। अर्को कुरा मैले के पनि देखे भने यहाका स्कुलहरुले कहिपनि स्कुल ड्रेस चलाएको देखिन।
अन्त्यमा, म सरकारसँग धनि र गरिबले पढ्ने दुइ खाले स्कुलहरु हटाउन आग्रह गर्दछु। यसले सरकारी स्कुलका बिध्यार्थिहरुलाइ हिनताबोध गराउछ।
Comments
Post a Comment