म शहरमा बसेर मेरो प्यारो गाउँलाइ सधै मिस गरिरहन्छु। म मेरो गाउँमा छदा ताराहरु गन्दै निदाउने मान्छे जुनसँगै पुलकित हुने मान्छे खोलासँगै झंकारित हुने मान्छे बर्खाको झरिसँगै रुझ्ने मान्छे आज खै के प्राप्ति गर्नलाइ मेरो कुनै साइनो नलाग्ने यो बिरानो ठाउँमा गुम्सिरहेछु भन्छन् स्याललाइ दशा लाग्यो भने शहर तिर पस्छ रे। गाउमा भालेको डाकसँगै उठ्ने म घर छोडेदेखि म बेटुङ्गो भएको छु कुनबेला बिहानी मुस्कुराउछ कुनबेला दिनले बिदाइ लिन्छ खै केहि थाहा हुन्न लगाम लगाएको घोडा जस्तै एकोहोरो भएको छु खुशिको त के कुरा गर्नु यहा उदासिनताले बितेका छन कयौ ननिदाएका रातहरु। यो शहरको रमझमले नछोएको मान्छे म एकदिन यी शहरका दुखहरुलाइ छाडेर मेरो त्यहि आफ्नो गाउँ फर्कनेछु त्यहि भिर पाखाहरुसँग रमाउनेछु त्यहि खोलाको पानिले शहरका सारा मैलाहरु पखालेर फेरि मेरो खुशि फर्काउनेछु।
Informative & reliable