Skip to main content

Posts

आमा कबिता

 राष्ट्र कबि माधब प्रसाद घिमिरेको १०२ बर्षको उमेरमा देबहासन भएको यो दुखद घडिमा, उहा र आजभन्दा करिब  २ ३  बर्ष पहिले मेरो स्वर्गबास हुनुभएको मेरो आमामा समर्पित एउटा  कबिता लेख्ने प्रयास गरेको छु। स्विकारिदिनु होला।    आमा तिमिलाइ मैले नसम्झेको दिनै छैन  कहिले सुखमा सम्झे, कहिले दुखमा सम्झे  परदेशमा ननिदाएका रातहरुमा कोल्टे फेर्दा  तिम्रो न्यानो काखको अभाब महसुस गरे।   तिम्रो दुख त आफैले भोग्दा मात्र थाहा हुदो रहेछ  तिमि त सधै आफ्नो पिडा लुकाएर हास्ने गर्थ्यौ  तिम्रो दुख त त्यहि खेत बारिलाइ मात्र थाहा होला तिमि त सधै हाम्रो खुशिमा साथै रमाउने गर्थ्यौ।   दाउरा घाँस गएर बेलुकि घर फर्कन ढिलो हुदा  केहि भयोकि भन्दै सुर्ताउदै खोज्न जान्थौ  मृत्युसँग तिमी ओछ्यानमा जुध्दै...

मेरो आपा - एक महापुरुष

  आज नेपालीले श्रद्दा गर्ने दुई युग पुरुषहरु बिपि कोइराला र मनमोहन अधिकारीले आफ्नो जीवन कालमा कति जनता, देश र आफ्नै शिर निहुराउने कार्यहरु गरे होलान, जुन गौण छन् किनभने चन्द्रमाको उज्यालोमा त्यसको दागले खासै महत्व राख्दैन। तर मेरो आपा यस्यो ब्याक्ति हुनुहुन्छ जसले आफ्नो जीबन कालमा कुनै त्यास्तो काम गर्नुभएन जसले आत्म सम्मानमा आच आओस। त्यसैले मेरो लागि उहानै आदर्श र कालजयी ब्याक्ति हुनुहुन्छ। सबै महापुरुषहरुलाई दुनियाले चिनिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन। बस उहा मेरो र हाम्रो लागि हुनुहुन्छ।  मेरो बाजे (कोपा) को ११ जना छ्होराछोरिहरु मध्ये ८ भाइ चाहि छोराहरु हुनुहुन्छ। जसमा मेरो बाबा जन्तरे हुनुहुन्छ। मैले सुने अनुसार जन्तरे र अन्तरेको २०३० साल मंसिर ३० गते एकै लगनमा चेलि र माइतिको छोरिरहरुसँग मागि बिबाह सम्पन्न भयो। जुन बेलामा मेरो आपा १५ बर्सको र मेरो आमा १४ बर्सको हुनुहुन्थ्यो रे।  मेरो आमाको माइति अर्थात मेरो मावलीमा मेरो आमा एक्लो सन्तानको रुप्पमा हुनुहुन्थेछ त्यति...

म यहाको आदिबासी हु

म भलै पिछाडिएको हौला   तर म यो देशको मुलबासी हु  जसले मलाइ गर्बको अनुभुति गराउछ  यो माटोमा मेरो पुर्खाको सुगन्ध आउछ  त्यहि खुश्बुले सिंचिएर, भाग्यहरु लहलाउछ  यहाका  खेत र बारिहरुले   उहाहरुकै पौरखलाइ झल्काउछ।   मेरो देशलाइ मुटुमा राखेर  मेरो आफ्नै संस्कृतिमा रमाउछु  मेरो इतिहासलाइ शिरोपर गर्दै  हिजोको बिरासतलाइ निरन्तर्ता दिन्छु दबाइएका ती मेरा आवाजहरु  फेरि सबैले सुन्ने गरि बुलुन्द पार्नेछु  खोसिएका ती मेरा नासोहरु, फेरि खोज्नेछु  कहिले नबिर्सने गरि धातुमा कुदेर  भोलिको सन्ततिलाइ हास्तान्तरण गर्नेछु।  कुनै काल खण्डमा, युद्दको जमना थियो   मेरा पुर्खाहरु युद्द कलामा माहिर थिए  त्यसैले...

खोइ कहा छ तिम्ले भन्ने गरेको रामराज्य?

सरकार तिम्रो शैली देख्दा त मस्तिस्कमा ननभेज कुराहरु अनायासै फुर्न थाल्दछन् मानौ, मेरो बैरि सामुन्ने छ र म वार कि पारको लडाइमा छु। यो बुद्धभुमिमा आज भस्मासुरहरुले राज्य गरिरहेछ कुनै समयको प्रस्ताबित शान्ति क्षेत्रबाट हिट्लर र स्टाइलिनको गन्ध आइरहेछ गरिबहरु भोकले गरिरहेका बेला यहा नेरोले बासुरि फुकिरहेछ जघन्य अपराधिहरु यहा सरकारकै संरक्षणमा स-सम्मान जेलबाट मुक्त भइरहेछन् न्याय बेचिएको छ यहा सबै कानुन भन्दा माथि छन दुख त निर्दोलाइ पो छ त यहा सिंह दरबारको कुर्सिहरुलाइ त न घामले छुन्छ न पानिलेनै। म बुझ्न सक्दिन खै म कुन युगमा बाचिरहेछु यहा जनता सरकारबाट अशुरक्षित छ सरकारले त पिछाडिएका बर्गको उत्थान गर्नुपर्ने हो तर बिडम्बना, तिनै निमुखाका बस्तिहरुमा सरकार बाटनै डोजर चलाएर उनिहरुमो बाच्ने अधिकार खोसिन्छ अनि भन्न मन लाग्छ खोइ कहा छ तिम्ले भन्ने गरेको रामराज्य?

Gurupurnima Special

नतमस्तक बनी सधै झुक्दछ मेरो शीर ज्ञानको दिप जगाउने ती महान गुरुहरु प्रती। जीबनका हरेक मोडमा मार्गदर्शन गरेर हौशला दीने ती मन्दिरहरुको गर्दछु सधै आरती। म कहाँ मान्छे बन्थे होला र तिम्रो आशिर्बाद नभइदिएको भए। अन्योलमानै जिबन बित्थ्यो होला आँखा खोलिदिने तिमी नभैदिए। तिम्रो त्यो कुशल कालिगरिमा म पत्थरबाट एउटा सुन्दर मूर्ति बने। तिम्रो सधै त्यो छत्रछायाँ पाएर जिबन र जनतको रहस्यलाई बुझे। जिबनका हर मुस्किलसँग सामना गर्न सिकाउने तमाम ती मेरा गुरुहरुको चरणामा स्पर्स गर्दछु। गुरु पुर्णिमाको यो अबसरलाई उपयोग गरी मेरा कुनै भुल गरेको भए माफि पनि माग्दछु।

I Witnessed Extra Territorial Activity

While I was doing meditation sitting on the veranda, I felt very shiny light coming down from the sky. Immediately after I opened my eyes up & looked up the sky, there was nothing besides moving white clouds. I wonder if that was so-called UFO. I just wish a blessing from God that the mysteries of the universe would unfold in my lifetime. Namaste to everyone.

Different Perspectives Of Yasok

जय बहादुर चेम्जोङ  हाम्रो गाउपालिका कुम्मायक गाउपालिकाको प्रमुख आदर्निय दाइ जय बहादुर चेम्जोङ दाइ ज्यु र एक नम्बर क्षत्रका अध्यक्ष देबेन्द्र लावती ज्युले यस क्षेत्रमा धेरैनै राम्रो काम गरिरहनुभएको छ। जय दाइलाइ चाहि म रार्मोसँग चिन्छु। उहा धेरै सरल मान्छे हुनुहुन्छ। हामीले पिपलबोटे स्कुलमा एउटा सानो प्रोग्राम गर्दा, उहा, त्यो बेलाको स्याबरुम्बा गाबिसको उपाध्य्क्ष र अध्यक्षलाइ अतिथिको रुपमा निमन्त्रणा दिएको थियौ। उहा हाम्रो निमन्त्रणालाइ सहर्स स्विकार गनुभै हाम्रो कार्यक्रममा आइदिनुभएको थियो भने अध्यक्ष ज्यु चहि कुनै जानकारी नदिएरनै अनुपस्थित हुनुहुन्थ्यो। उहा पहिलेदेखिनै धेरै डाउन टु अर्थ टाइपको ब्याक्ति हुनुहुन्थ्यो।  रानिगुफा  सबैलाइ सर्बबिदितै छ, खाल्डेको सिरानमा अबस्थित रानिभिरमा रानिगुफा रहेको छ। लिम्बु भासामा यसलाइ हाङ्मा फुकु भनिन्छ। यो गुफामा परापुर्व कालमा चेक्तेहाङ राजा र चेक्तेहाङमा रानि बस्ने गर्थे रे...