एउटै त छ मन, कति चोटि जित्छौ
तिमीविनै त मेरो संसार हौ
आकाशमा लाखौं ताराहरु भएपनि
तिमीनै त एक चन्द्रमा छौं।
मान्छे हुँ, ममा पनि कमजोरीहरु छन्
के जिवनमा सेकेण्ड चान्स पाईन्न र?
यदि मलाई गर्ने त्यहि माया छ भने
सवैकुरा यहि जुनिमा पोसिवल हुन्न र?
मैले सम्वन्धलाई निभाउन जानिन होला
तर मेरो नियतमा कुनै खोट थिएन
मैले चालेका केहि कदमहरु गलत हुन सक्छन्
तर मेरो मायामा कुनै प्रश्न गर्ने ठाउँ थिएन।
वरु भन, के गरौं तिम्रै हुनलाई
त्यो पनि म गर्न तयार छु
Comments
Post a Comment