बिशेस गरेर हाम्रो समुदायका युबाहरुले लाहुरेमा मात्र आफ्नो करियर देख्ने गर्छन्। उमेरले भ्यायसम्म सबैकुरा त्यागेर भर्ति भिड्छन्। लागिहाले त करियर बन्छ, नलागेको खन्डमा जिबन्लाइ पुन ट्र्याकमा फर्काउन धेरैनै गह्रो हुनेगर्छ। यथार्थ यो पनि होकी लाहुरेमा पनि निश्चित कोटा हुने गर्दछु। अर्थात बर्षमा औसतमा ३०० जना जति मात्र भर्ति लिइन्छ। जसको लागि आकांक्षिहरु बर् सेनी करिब १५,००० हुने गर्दछन्। प्रतिसतमा हेर्ने हो भने, भर्ति हुनलाइ आबेदन दिएकाहरु मध्ये २ % को मात्र सपनाले मुर्तरुप लिने गर्छ। म कुनैबेला लाहुरे भिड्ने भाइहरुलाइ पढाउने गर्थे। यसै शिलशिलामा एकजना होनाहार भाइसँग भेट भयो चाबहिलको बीजिआरटिको ट्रेनिङ सेन्टरमा। उनि नेपालको टप कलेज यूनाइटेड एकेडेमीका उस्का ब्याचका टपर स्टुडेन्ट थिए। हेर्दा पनि ह्यान्डसम, जिउडाल सबै मिलेको र दिमाग पनि त्यस्तै, भाइ सबैकुराको आशिर्बादले भरिपुर्ण थिए। म बिचमा पढाउदा पढाउदै बिदेशिए। पछि थाहा पाए खै के काराणले, त्यस्तो राम्रो भाइ भर्ति हुन असफल भएछन्। मैले त उस्लाइ क्लासमा पनि भन्ने गर्थे, तिमी लाहुरे होइन, तिमी डाक्टर हुनुपर्छ। म यता आएको धेरै पछि फेरि बिचमा ...