Skip to main content

Posts

साईनो अनुसारको नमस्कार

 साईनो अनुसारको नमस्कार  प्रकृतीझैं जीवनको पनि विभिन्न रङ्गहरु हुने रहेछ म चाहिँ त्यो भाग्यमानीमा परे सवै रङ्गहरुको मजा लुटिरहेछु।  पानिमा नपसी किनारावाटनै  त्यसको गहिराई थाहा हुन्न साथि हिम्मत गरेर अगाडि बढ्नुहोस् पानीमा डुब्दैमा कहाँ मरिन्छ र मर्नु त साच्चिकै त्यतिबेला मरिन्छ जतिवेला प्रयासै गर्न छाडिन्छ म चाहिँ त्यहि मान्छे हो जो धेरैचोटि मरेर बाँचेको छ।  त्यस्तो जीन्दगी पनि के जीउँनु र  जस्को कहानी सुन्नेलाई यस्तो नहोस् उस्को शरिरभरी काँडा नआओस् म त्यहि व्याक्ति बन्ने बाटोमा हिंड्दै छु जब म एकदिन गन्तव्यमा पुग्ने छु सबैले मेरो खुलेर प्रसंशा गर्नेछन् जो जीन्दगीमा कहिल्यै हारेन भनेर।  मैले हुरीसँग नडराउँन मात्रै हैन बर्षासँग पनि रमाउँन सिकेको छु मेरो एउटै जीवनको सिद्धान्त छ म हरेक अवस्थालाई पहिचान गरेर  साईनो अनुसारको नमस्कार गर्छु।  ✍️Saphal Chamling  📍Copenhagen 🗓️19/02/2024

मेरो आमा, मेतो पेनकिलर

  मेरो आमा, मेरो पेनकिलर  सक्छुनी आमा, किन सक्दिन र हिजो पनि लडदा, उठेकै हो आज र भोलिपनि उठ्न सक्छु किनभने, तिम्रो आशीर्वाद मसँगै छ।  जब म कहिलेकाहीं यसै हतासिन्छु आमा भनेर तिमीलाई बोलाउँने गर्छु मनमा धेरै राहतको अनुभूति हुन्छ तिमीले कहिंबाट मलाई सुनेझै लाग्छ नत्र किन सँधै तिम्रो नाम मैले पुकार्दा  तिम्रो नामले पेनकिलरको काम गर्छ? तिम्रो कति देखिने दुखहरु मैले नजिकबाट देखेको छु आमा तिम्रा नदेखिने दुखहरु कति थिए  त्यो तिमी भित्रै गम्सिएका थिए होलान्  खै तिम्रो सुख र खुशीको के कुरा गरौं देख्ननैपो कहाँ पाईयो र? तर यति कुरा चाहिँ भन्न सक्छु आमा  सारा पीडाहरु लुकएर भएपनि तिमीबाट दुनियाँको अगाडी हाँस्न सिकेको छु।  सँधै मेरो आमाले भन्ने गर्थिन् तिमीले काम यस्तो गर्नु छोरा कुनैदिन तिमीले तिम्रै अनुहार ऐनमा हेर्दा आफूले आफैलाई घिन नलागोस् त्यसैले, मेरो आमाले सोचेको मान्छे बन्न हरदिन म कोशिस गरिरहेको छु।  ✍️Saphal Chamling  📍Copenhagen 🗓️08/02/2024

प्रयास गर्नेको, कहिल्यै हार हुँदैन

प्रयास गर्नेको, कहिल्यै हार हुँदैन भाग्यमा हैन, कर्ममा विश्वास गरौं किनभने, भाग्य त आफ्नै हातले बदल्न सकिन्छ भगवानमा हैन, मानवतामा बाँच्न सिकौं किनभने, मानवता सँधै सबैभन्दा माथि हुन्छ।  संयमता नगुमाउँनुहोस्, धैर्यता राख्नुहोस् भोलि तपाईंको पनि दिन अबस्य आउँने छ बस मेहनत गरेर लक्ष्यमा यसरी लम्कनुहोस्  समय आफै तपाईंको साथ लाग्न बाध्य बन्ने छ। सबैलाई खुशी बाँडौं, प्रेमिल बन्न कोशिस गरौं मायाले मात्रै यो दुनिया जीत्न सकिन्छ सफल हैन, असल मान्छे बन्न कोशिस गरौं असल मात्रै बने, सफल मान्छे आफै बनिन्छ। फगत अनगिन्ति सपानाहरु मात्र देखेर दुख नगरी, जीबनमा केहि प्राप्ति हुँदैन सबैको लागि सफलताको सुत्र एउटै छ प्रयास गर्नेको, कहिल्यै हार हुँदैन।  ✍️Saphal Chamling 📍Copenhagen, Denmark  🗓️07/02/2024

Yep, I Got Promoted Today!

Yep, I Got Promoted Today!  आफ्नो कर्ममा विश्वास गर्छु। कसैको नराम्रो सोच्दिन। सबैजना खुशी भएर बाँच्नुपर्छ भनेर सोच्छु। मैले कसैलाई सत्रु ठानेको पनि छैन। सत्रु बनउँन लायक काम पनि गरेको छैन। मेरो Principle भनेको Do no harm, take no shit हो।  जे होस्, मेरो मेहनत, ट्यालेण्ट्स, ईमान्दारिता र स्किल्सको कदर हुँदा खुशी लागेको छ। मलाई थाहा छ, म एउटा खुट्किलो मात्रै चढेको हो, ६ महिनाको सुरुवातीमा। अझै शीखरको यात्रा तय गर्न टाढै छ। तर मलाई यति थाहा छ, यी चालिसकेको पाईलाहरु शीखर नपुगी कुनै हालतमा थाक्ने छैनन्। आपा-आमा, हजुरहरूप्रति म सँधै कृतज्ञ छु। किनभने, म आज जहाँ छु, तपाईंहरुकै आशिर्वादले छु। तपाईंहरु भौतिक रुपमा साथमा नभएपनि, सँधै राम्रो काम गरेर, हजुरहरुको आत्मलाई शान्ति दिने मेरो अन्तर्मनको चाहना छ।  अन्त्यमा, Sticks n Sushi लाई र मेरो Head Chef दुबैलाई भूँईसोरी धन्यवाद दिन चाहान्छु। I won’t let down guys. यो मेरो खुशीको पललाई अझै खुशी थप्न, आफूले आफैलाई IPhone 15 Pro गीफ्ट गर्ने पनि घोषणा गर्दछु। किनभने, संसारमा सबैभन्दा ठुलो कुरा भनेको Self Happiness रहेछ।  T...

With CONFIDENCE, you WIN before you START

हिजो काम सकेर ट्रेनमा रुम फर्कन्दै गर्दा, एउटा अनौंठो ईन्सिडेण्ट फेस गर्नुपर्यो। एउटाले डाईरेक्ट डाईमण्डको रिङ्ग र पैसा देखाउँदै, ‘Will you marry me?’ भन्दै Proposal गर्यो। Kind of weird फिल भयो। यो मेरो जीबनमा कसैले डाईरेक्ट Marriage Proposal गरेको First Experience थियो। पहिले पनि एकचोटि एकजना केटि मेरो सिटमा आएर बस्यो, तर हाम्रो कुरा भने भएन। हामी दुवैजाना आ-आफ्नो मोबाइलमा चलाउँनमानै ब्यास्त थियौं। जब म मेरो स्टेसनमा निस्कनु पर्यो, उस्ले कुनै फेमेलियर मान्छे जस्तो Bye भनेर बिदा गर्यो।  यस्तो कुराहरुले Something Special फिल त गराउँछनै, अझै आफूलाई Polish गर्न Motivate गर्दो रहेछ। मलाई अरुले के भन्छसँग कुनै सरोकार छैन, किनभने म आफूलाई सँधै Brad Pitt हुँ भनेर ढाडस दिन्छु। सायद, यसैलाई भन्छन् क्यारे Self Confidence भनेर। यसैकारणले हुनसक्छ, मेरो सँधै Moral High हुन्छ र Always Motivated पनि हुन्छु।

My Master Chef Marcos Tamari

 Ele é meu professor de sushi e, claro, ele é uma universidade de sushi com certeza. Tive a grande oportunidade de trabalhar com ele no restaurante de sushi Hiroo em Lisboa. Às vezes, quando tenho confusões em relação ao sushi, pergunto a ele e ele está sempre lá para me ajudar. O nome do meu master chef 👩‍🍳 é Marcos Tamari e ele é do Japão. Ele é uma pessoa muito humilde, gentil e amorosa. Sinto-me sortudo o suficiente para ser abençoado pelo meu chef principal no meu aniversário. Obrigado meu MASTER CHEF! ☺️ He is my professor for sushi & of course, he is a university of sushi for sure. I got a great opportunity to work with him in Hiroo sushi restaurant in Lisbon. Sometimes, when I have confusions regarding sushi, I ask him & he is always there to help me out. My master chef 👩‍🍳 name is Marcos Tamari & he is from Japan. He is a very humble, kind & loving person. I feel lucky enough to be blessed from my master chef on my birthday. Thank you my MASTER CHEF! ☺️...

Announcing My Resignation

  हामीले किरात राई सोसाईटी अफ पोर्चुगलको स्थापना गर्दा, म पनि सस्थापक प्रवक्ता भएर आफ्नो तर्फबाट सक्ने भूमिका निर्वाह गर्ने कोशिस गरे। जस्को मूल्यांकन तपाईहरुले गर्नुनै भएको होला। यधपी, म प्रवक्ताको जीम्वेवारीमा यथावत छु। हाम्रो कार्कालमा सस्था कलिलै भएपनि, नदि छेकेर माछा मार्ने काम गरियो। जुन बिल्कुलै सजिलो भने थिएन। मैले ईङ्गित गर्न खोजेको भनेको, नेपालबाट राजेश पायल राईलाई झिकाएर Valentine Special With Rajesh Payal Rai कार्यक्रम गर्नुथियो। सबैको मेहनतले त्यो कार्यक्रम सोचेभन्दा सफल पनि भएको थियो। उक्त कार्यक्रमको लागि म आफैले ब्यानर, टिकट र परिचय कार्डको डिजाईनिङ गरेको थिए। त्यतिमात्र नभएर, मैलेनै बिभिन्न व्यापारिक एड्भरटिजमेण्टको भीडियोहरु पनि बनाएको थिए। आजको हाम्रो सस्थाको लोगोको डिजाईन पनि मैलेनै गरेको हो। त्यस्तै, सबै पोर्चुगलमा भएका राहरुबिच Keep In Touch गर्ने हेतुले, फेसबुक म्यासेञ्जर ग्रुपपनि मैलेनै क्रियट गरेको हो। त्यसै कार्यक्रममा मेरो जीबनकै पहिलोचोटि, त्यति ठुलो कार्यक्रमको होष्टिङ गर्ने अवसर पनि जुर्यो।  खैर, जे होस्, त्यो कार्यक्रम हाम्रो किरात राई सोसाईटी अफ...