मेरो आमा, मेरो पेनकिलर
सक्छुनी आमा, किन सक्दिन र
हिजो पनि लडदा, उठेकै हो
आज र भोलिपनि उठ्न सक्छु
किनभने, तिम्रो आशीर्वाद मसँगै छ।
जब म कहिलेकाहीं यसै हतासिन्छु
आमा भनेर तिमीलाई बोलाउँने गर्छु
मनमा धेरै राहतको अनुभूति हुन्छ
तिमीले कहिंबाट मलाई सुनेझै लाग्छ
नत्र किन सँधै तिम्रो नाम मैले पुकार्दा
तिम्रो नामले पेनकिलरको काम गर्छ?
तिम्रो कति देखिने दुखहरु
मैले नजिकबाट देखेको छु आमा
तिम्रा नदेखिने दुखहरु कति थिए
त्यो तिमी भित्रै गम्सिएका थिए होलान्
खै तिम्रो सुख र खुशीको के कुरा गरौं
देख्ननैपो कहाँ पाईयो र?
तर यति कुरा चाहिँ भन्न सक्छु आमा
सारा पीडाहरु लुकएर भएपनि तिमीबाट
दुनियाँको अगाडी हाँस्न सिकेको छु।
सँधै मेरो आमाले भन्ने गर्थिन्
तिमीले काम यस्तो गर्नु छोरा
कुनैदिन तिमीले तिम्रै अनुहार ऐनमा हेर्दा
आफूले आफैलाई घिन नलागोस्
त्यसैले, मेरो आमाले सोचेको मान्छे बन्न
हरदिन म कोशिस गरिरहेको छु।
✍️Saphal Chamling
📍Copenhagen
🗓️08/02/2024
Comments
Post a Comment