साईनो अनुसारको नमस्कार
प्रकृतीझैं जीवनको पनि
विभिन्न रङ्गहरु हुने रहेछ
म चाहिँ त्यो भाग्यमानीमा परे
सवै रङ्गहरुको मजा लुटिरहेछु।
पानिमा नपसी किनारावाटनै
त्यसको गहिराई थाहा हुन्न साथि
हिम्मत गरेर अगाडि बढ्नुहोस्
पानीमा डुब्दैमा कहाँ मरिन्छ र
मर्नु त साच्चिकै त्यतिबेला मरिन्छ
जतिवेला प्रयासै गर्न छाडिन्छ
म चाहिँ त्यहि मान्छे हो
जो धेरैचोटि मरेर बाँचेको छ।
त्यस्तो जीन्दगी पनि के जीउँनु र
जस्को कहानी सुन्नेलाई यस्तो नहोस्
उस्को शरिरभरी काँडा नआओस्
म त्यहि व्याक्ति बन्ने बाटोमा हिंड्दै छु
जब म एकदिन गन्तव्यमा पुग्ने छु
सबैले मेरो खुलेर प्रसंशा गर्नेछन्
जो जीन्दगीमा कहिल्यै हारेन भनेर।
मैले हुरीसँग नडराउँन मात्रै हैन
बर्षासँग पनि रमाउँन सिकेको छु
मेरो एउटै जीवनको सिद्धान्त छ
म हरेक अवस्थालाई पहिचान गरेर
साईनो अनुसारको नमस्कार गर्छु।
✍️Saphal Chamling
📍Copenhagen
🗓️19/02/2024
Comments
Post a Comment